लुक ह्वाट यु मेड मी डु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"लुक ह्वाट यु मेड मी डु"
टेलर स्विफ्टको एकल
सार्वजनिक२४ अगस्ट २०१७ (2017-08-24)
ढाँचा
  • सिडि एकल
  • डिजिटल डाउनलोड
स्टुडियोएमएक्सएम स्टुडियो
(स्टकहोम), स्विडेन)
किसिम
लम्बाई:३१
लेबलबिग मेसिन
गीतकार(हरू)
  • टेलर स्विफ्ट
  • ज्याक एन्टोनअफ
  • फ्रिड फिअरब्रास
  • रिचार्ड फिअरब्रास
  • रब मन्जोली
रेकर्ड निर्माता(हरू)
  • ज्याक एन्टोनअफ[१]
  • टेलर स्विफ्ट
टेलर स्विफ्ट एकल कालक्रम
"आइ डन्ट वान लिभ फरेभर"
(२०१६)
"लुक ह्वाट यु मेड मी डु"
(२०१७)
"...रेडि फर इट?"
(२०१७)
साङ्गीतिक भिडियो
"लुक ह्वाट यु मेड मी डु" युट्युबमा हेर्नुहोस्

"लुक ह्वाट यु मेड मी डु" अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टको गीत हो जुन उनको छैटौँ स्टुडियो एल्बम रेपुटेसनका लागि रेकर्ड गराइएको थियो। यो गीत रेपुटेसन एल्बमको पहिलो र प्रमुख एकलको रूपमा २४ अगस्ट २०१७ मा बिग मेसिनद्वारा सार्वजनिक गरिएको थियो। स्विफ्टले यो गीत रेकर्ड निर्माता ज्याक एन्टोनअफसँग सहकार्य गर्दै लेखेकी हुन्। लुक ह्वाट यु मेड मी डु गीत एक इलेक्ट्रोक्लास र पप सङ्गीतको वरियतामा पर्छ।[२] यस गीतका लागि बेलायती राइट सेड फ्रिड साङ्गीतिक समूहका सदस्य फ्रिड फिअरब्रास, रिचार्ड फिअरब्रास र रब मोन्जोलीले रेपुटेसनका लागि यस गीत लगायत अन्य गीतहरू पनि लेखेका छन्।

गीत सार्वजनिक भएसँगै यसले विभिन्न कीर्तिमान तोडेको थियो जसमा स्पोटिफाईमा एक दिनमा सबैभन्दा धेरै पटक बजाइएको गीतको कीर्तिमान र युट्युबमा सार्वजनिक भएकै २४ घण्टामै सबैभन्दा धेरै हेरिएको–सुनिएको गीतको कीर्तिमान समावेश छन्। व्यावसायिक रूपमा "लुक ह्वाट यु मेड मी डु"ले अस्ट्रेलिया, क्यानाडा, क्रोएसिया, चेक गणतन्त्र, युनान, आयरल्यान्ड, इजरायल, जापान, लेबनान, मलेसिया, न्युजिल्यान्ड, फिलिपिन्स, स्लोभाकिया, संयुक्त अधिराज्यसंयुक्त राज्य अमेरिकाको चार्टहरूमा शीर्ष स्थानमा आउन सफल भएको थियो। यस गीतले अस्ट्रेलिया, क्यानडा, इटाली, स्विडेन, र संयुक्त राज्यमा प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो। भने गीतले ब्राजिलमा डाइमन्ड प्रमाणपत्र प्राप्त गरेको थियो।

यस गीतले सङ्गीत आलोचकहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो। यस गीतको आधिकारिक सङ्गीत भिडियो जोसेफ केनद्वारा निर्देशित गरिएको थियो जसले पहिले १९८९ एल्बमका केही गीतहरूमा पनि निर्देशन दिएका थिए। गीत युट्युबमा सार्वजनिक भएसँगै यस गीतले २४ घण्टा भित्र युट्युबमा सबैभन्दा धेरै पटक हेरिपटक र सुनिएको गीतको कीर्तिमान बनाउन सफल भएको थियो।[३] उक्त कीर्तिमानलाई सन् २०१८ मा बिटिएसको "आइडल" नामक गीतले र अरियाना ग्रान्डेको "थ्याङ्क यु नेक्स्ट" गीतले उछिनेका थिए।

सार्वजनिक[सम्पादन गर्नुहोस्]

२३ अगस्ट २०१७ मा स्विफ्टले आफ्नो आउँदै एल्बम रेपुटेसनको पहिलो गीत अर्को रात सार्वजनिक गर्ने घोषणा गरेकी थिएन्।[४] यस गीतलाई स्ट्रिमिङ सेवा स्पोटिफाईमा २४ अगस्टका दिन सार्वजनिक गरिएको थियो भने यसलाई २४ घण्टामा स्पोटिफाईमा ८ मिलियन पटक बजाइएको थियो जसले गर्दा गीतले स्पोटिफाईमा एक नयाँ कीर्तिमान कायम गरेको थियो।[५] यस गीतले कायम गरेको कीर्तिमान सन् २०१८ मा ड्रेकको गड्स प्लान नामक गीतले तोड्दै २४ घण्टामा सबैभन्दा धेरै पटक बजाइएको गीतमा कीर्तिमान राखेको थियो।[६] "लुक ह्वाट यु मेड मी डु"लाई अर्को दिन बिग मेसिन रेकर्ड्सद्वारा आइट्युन्समा डिजिटल डाउनलोडका लागि र इटाटेली कन्टेम्पोररी हिट रेडियोमा सार्वजनिक गरिएको थियो।[७] यस गीतलाई पछि २६ अगस्ट २०१७ का दिन संयुक्त अधिराज्यमा पनि निस्कासन गरिएको थियो।[८] २७ अक्टोबर २०१७ मा गीतलाई जर्मनीमा सिडी एकलको रूपमा सार्वजनिक गरिएको थियो। [९]

यस गीतको सार र बोल समावेश गरिएको एक भिडियो २५ अगस्ट २०१७ का दिन स्विफ्टको आधिकारिक भिभो खाता सार्वजनिक गरिएको थियो जुन सउल बेसको एक चलचित्रको आधारमा निर्माण गरिएको थियो।[१०][११] उक्त भिडियोमा जोसेफ केनको निर्देशन रहेको छ। यस भिडियोलाई भिभो र स्विफ्टको आधिकारिक युट्युब खातामा सार्वजनिक गरेपछि यसले २४ घण्टामा १९ मिलियन अवलोकन पाएको थियो जसलाई पछि कोल्डप्लेको "समथिङ जस्ट लाइक दिस"ले तोडेको थियो।[१२] अक्टोबर २०१८ का अनुसार युट्युबमा राखिएको यस भिडियोलाई दर्शकहरूले १०० मिलियन भन्दा बढि पटक हेरेका छन्।

बनावट[सम्पादन गर्नुहोस्]

ज्याक एन्टोनअफ "लुक ह्वाट यु मेड मी डु" गीतका उप-गीतकार थिए

"लुक ह्वाट यु मेड मी डु" गीत ३ मिनेट ३१ सेकेन्डको लामो छ भने यो गीत इलेक्ट्रो पप र इलेक्ट्रो क्लास पप सङ्गीतको वरियतामा पर्छ। यस गीतका केही टुक्काहरूमा शत्रुलाई आरोप लगाएको छ।[१३] यस गीतलाई १२८ बिट प्रति मिनेटको गतिमा रेकर्ड गराइएको छ। यस गीतमा बेलायती साङ्गीतिक समूहका सदस्यहरू रिचार्ड फियरब्रास, फ्रिड फियरब्रास र रब मन्जोलीले गीतकारको रूपमा काम गरेका छन्।[१४] फ्रिड फियरब्रासका अनुसार उनलाई र उनको भाइलाई गीत सार्वजनिक हुनु भन्दा १ हप्ता अगाडि डाकिएको थियो तर उनीहरूले सहमत भएतापनि उनीहरूले कलाकार चाहिँ खेजिसकेका थिएनन्। फियरब्रास दाजुभाइले पछि स्विफ्टसँग कार्य गर्ने निदो गरेका थिए। फियरब्रास दाजुभाइका अनुसार उनीहरूले "लुक ह्वाट यु मेड मि गीत"को एकदम मजा लिएका थिए।[१५][१६]

चार्ट प्रस्तुति[सम्पादन गर्नुहोस्]

संयुक्त राज्य अमेरिकामा "लुक ह्वाट यु मेड मी डु" तीन दिनको शक्तिशाली अनलाइन एयरप्लेका कारण बिलबोर्ड हट १००मा ७७औँ स्थानका साथ चार्ट प्रवेश गरेको थियो। यस गीतले सार्वजनिक भएको पहिलो हप्ता २००,००० प्रतिलिपीहरू बिक्री गरेको थियो भने गीत सबैभन्दा छोटोे समयमा सबैभन्दा धेरै प्रतिलिपी बिक्री गर्ने गीत पनि बनेको थियो।[१७] गीत एक हप्ता पनि ७७औँ स्थानबाट सिधै शीर्ष स्थानमा आएको थियो जुन स्विफ्टका गीतहरूमा चार्टमा सबैभन्दा लामो छलाङ लगाउने गीत बनेको थियो। तात्कालिक समयमा गीतले लुइस फोन्सी र ड्याडी याङ्कीको गीत "देस्पासितो"लाई १६ हप्ते बिलबोर्डक शीर्ष स्थानबाट हटाएको थियो।[१८] यस गीतलाई नेसन्स स्ट्रिमिङ सङ चार्टमा सार्वजनिक भएको पहिलो हप्ता ८४.४ मिलियन पटक बजाइएको थियो जसले गर्दा गीतले एक महिला कलाकारको गीतहरूको मध्यको सबैभन्दा धेरै बजाइएको गीत बनेको थियो।[१९] यस गीत सन् २०१७ को सबैभन्दा धेरै सुनिएको गीत पनि बन्न सफल भएको थियो। गीत बिलबोर्ड चार्टमा लगातार तीन हप्ता शीर्षमा रहेपछि यस गीतलाई अमेरिकी हिप हप कलाकार तथा र्‍यापर कार्डि बीको "बोडाक एल्लो" नामक गीतले पछि परेको थियो भने गीत १ स्थान तल झर्दै दोस्रो स्थानमा आएको थियो।[२०] पहिलो हप्ता ३५३,००० प्रतिलिपी बिक्री गरेपछि गीत बिलबोर्ड डिजिटल डाउनलोड सङ चार्टमा पनि शीर्ष स्थानमा आएको थियो। यो गीत देशको पहिलो नम्बर १ बनेको थियो भने त्यहाँ भन्दा पहिला सन् २०१६ हल्जिद चेनस्मोकर्सको "क्लोजर" र सिया र सिन पलको "चिप थ्रील" परेको थियो। त्यस लगायत गीत एडेलको "हेल" पछि एक महिला कलाकारको गीतको रूपमा बिलबोर्ड चार्टको शीर्षमा आउने पहिलो गीत बनेको थियो।[२१] गीत दोश्रो हप्ता पनि बिलबोर्ड चार्ट र स्ट्रिमिङ चार्टको शीर्ष स्थानमा रहिरहेको थियो भने तात्कालिक समयमा गीतका ११४,००० थप प्रतिलिपीहरू बिक्री भएका थिए भने गीतलाई स्ट्रिमिङ माध्यममा ६१.२ मिलियन पटक बजाइएको थियो। गीत डिजिटल चार्टमा एक स्थान तल झर्दै दोश्रो स्थानमा आएको थियो भने स्विफ्टकै रेपुटेसनको अर्को एकल गीत "...रेडि फर इट?"ले १३५,००० प्रतिलिपीहरू बिक्री गर्दै चार्टको शीर्ष स्थानमा आएको थियो जसका कारण एकै कलाकारको पहिलो हप्ता दुईवटा गीतहरूले १००,००० प्रतिलिपीहरू बिक्री गरेका कारण स्विफ्ट पहिलो महिलो कलाकार बनेकी थिइन्। रेपुटेसका दुई गीत बिलबोर्ड शीर्ष ५ मा आएपछि यस्तो सन् २०१५ पछि पहिलो पटक भएको थियो जहाँ स्विफ्टको १९८९ एल्बमका सेक इट अफब्ल्याङ्क स्पेस बिलबोर्डको शीर्ष ५ मा आएको थियो।[२२] लुक ह्वाट यु मेड मी डु"ले बिलबोर्ड मुख्यधारा प्रवाह सङ्गीत तालिकामा पनि शीर्ष स्थानमा आएको थियो जुन चार्टको शीर्ष स्थानमा आउने स्विफ्टको ८ओँ गीत थियो। तथापि मुख्यधारा प्रवाह सङ्गीत तालिकामा शीर्ष स्थानमा पुग्न एक हप्ता पछि यो गीत ७औँ स्थानमा झरेको थियो जुन चार्टको इतिहासकै सबैभन्दा ठूलो गिरावट थियो।

गीतले संयुक्त अधिराज्यमा सार्वजनिक भएको एक हप्ता नपुग्दै २०,००० प्रतिलिपी बिक्री गरेको थियो र गीतलाई २.४ मिलियन पटक बजाइएको थियो।[२३] १ सेप्टेम्बर २०१७ का दिन गीत संयुक्त अधिराज्यको शीर्ष स्थानमा आउन सफल भएको थियो भने गीतले तात्कालिक समयमा ३०,००० प्रतिलिपीहरू बिक्री गरेको थियो।[२४] दुई हप्ता आधिकारिक चार्ट कम्पनीको शीर्ष स्थानमा रहेपछि गीतलाई श्याम स्मिथको "टु गुड एट गुडबाइज"ले पछि पारेको थियोे।[२५]

१ सेप्टेम्बर २०१७ का दिन गीतले गणतन्त्र आयरल्यान्डको आधिकारिक चार्टमा पनि शीर्ष स्थानमा आएको थियो भने यस गीत आइरीस एकल चार्टमा शीर्ष स्थानमा आउने स्विफ्टको पहिलो गीत बनेको थियो। यस गीतले स्विफ्टका अन्य दुई गीत लभ स्टोरी र सेक इट अफ लाई पार गरेको थियो भने उक्त गीतहरू चार्टका तेस्रो स्थान सम्म मात्र पुगेका थिए।

२ सेप्टेम्बर २०१७ का दिन "लुक ह्वाट यु मेड मी डु" गीतले अस्ट्रेलियाको आधिकारिक चार्ट कम्पनी एरिया चार्टमा शीर्ष स्थानमा आएको थियो जुन उनको एरिया चार्टको शीर्ष स्थानमा आउने ५औँ गीत थियो।[२६] गीत अर्को हप्ता पनि एरिया चार्टको शीर्ष स्थानमा रहेको थियो भने त्यसको अर्को हप्ता गीतलाई श्याम स्मिथको "टु गुड एट गुडबाइज"ले पछि पारेको थियो।[२७] गीतले अस्ट्रेलिया को आधिकारिक चार्ट कम्पनीबाट प्लेटिनम रेकर्डको प्रमाणपत्र प्राप्त गरेको थियो।[२८] गीत क्यानडाको आधिकारिक चार्टको शीर्ष स्थानमा आएपछि यसले क्यानडेली रेकर्ड कम्पनीबाट म्युजिक क्यानडाबाट पनि प्लेटिनम प्रमाणपत्र प्राप्त गरेको थियो।[२९][३०]

न्युजिल्यान्डको आधिकारिक चार्ट कम्पनीमा पनि गीत १ सेप्टेम्बर २०१७ का दिन शीर्ष स्थानमा आएको थियो जुन स्विफ्टको गीतहरू मध्य चार्टमा शीर्ष स्थानमा आउने चौँथो गीत थियो।

गीत सार्वजनिक भएको पहिलो हप्ता फिलिपिन्सको आधिकारिक चार्ट कम्पनी फिलिपिन्स हट १०० मा गीत ७औँ स्थानमा आउँदै चार्ट प्रवेश गरेको थियो भने अर्को हप्ता गीत चार्टको शीर्ष स्थानमा आएको थियो जहाँ यस गीतले जस्टिन बिबर, लुइस फोन्सी र ड्याडि याङ्कीको "देस्पासितो"को दश हप्ते शीर्ष स्थानबाट हटाएको थियोे। यस गीत अर्को हप्ता एक स्थान तल झरेको थियो भने पछि पुन गीतले ११ हप्ता सम्म शीर्ष स्थानमा स्थान बनाउन सफल भएको थियो।

सङ्गीत भिडियो[सम्पादन गर्नुहोस्]

उत्पादन र सार्वजनिक[सम्पादन गर्नुहोस्]

यस गीतको भिडियोका लागि तयारी सन् २०१७ जनवरीमा सुरु गरिएको थियो भने भिडियोको छायाङ्कन मे महिना देखि गरिएको थियो।[३१][३२] यस भिडियोका लागि टाइस डेरियोले स्विफ्ट र अन्य नर्तकहरूलाई नाच सिकाएका थिए जसले स्विफ्टको पहिलोको गीत सेक इट अफमा पनि नाच सिकाउने काम गरेका थिए। यस भिडियोमा स्विफ्टलाई केही छ्यणका लागि किच्कन्डि जस्तो बनाइएको थियो जसमा श्रृङ्गारको काम बिल कर्सोले गरेका थिए। यस भिडियो सार्वजनिक हुनुभन्दा अगाडि गुड मर्निङ अमेरिकामा २० सेकेन्डको एक छोटो भिडियो प्रसारण गरिएको थियोे।[३३]

यस गीतको आधिकारिक सङ्गीत भिडियो सन् २०१७ को एमटिभी म्युजिक भिडियो अवार्डका दिन २७ अगस्ट २०१७ मा पहिलोपटक सार्वजनिक गरिएको थियो।[३४] यस भिडिलाई स्विफ्टको आधिकारिक युट्युब खातामा सार्वजनिक गरेपछि यस भिडियोलाई पहिलो २४ घण्टामा ४३.२ मिलियन पटक हेरिएको थियो जसले गर्दा यसले युट्युबमा पहिलो २४ घण्टामा सर्बाधिक हेरिएको भिडियोमा एक नयाँ कीर्तीमान कायम गरेको थियो। यस भिडियोको कीर्तिमानलाई सन् २०१८ अगस्टमा साङ्गीतिक समूह बिटिएसको "आइडल" नामक गीतले उछिनेको थियो।[३५][३६][३७] भिडियो सार्वजनिक भएको पहिलो दिन यसलाई प्रति मिनेट ३०,००० का दरले हेरिएको थियो भने एक घण्टामा ३ मिलियन पटक हेरिएको थियो। सन् २०१९ जनवरीका अनुसार यस भिडियोलाई युट्युबमा १ बिलियन पटक हेरिएको छ भने यो भिडियो युट्युबमा सर्बाधिक हेरिएको भिडियोहरूको सूचीमा ९०औँ स्थानमा पर्न आएको छ। यस भिडियोले युट्युबमा ८.१ मिलियन जनाले मन पराएका छन् जसले गर्दा यस भिडियो युट्युबमा सबैभन्दा धेरै मनपराइएका भिडियोहरू मध्ये २७औँ स्थानमा रहेको छ।[३८]

यस भिडियोमा प्रचुर मात्रामा हिराहरूको प्रयोग गरिएको छ जसको कुल मुल्य १० मिलियन अमेरिकी डलरको रहेको छ।[३९] रेलिङ स्टोनका अनुसार यस भिडियोलाई पाँचौ उत्कृष्ट भिडियोको दर्जामा राखिएको छ भने यस भिडियोलाई बिलबोर्डले उत्कृष्ट भिडियोको छैटौँ स्थानमा दर्जा दिएको छ।

सार[सम्पादन गर्नुहोस्]

भिडियोमा स्विफ्ट

"लुक ह्वाट यु मेड मी डु" गीतको भिडियोको सुरुमा एक स्विफ्टलाई देखाइन्छ भने उनी एक किच्कन्डिको रूपमा एक चिहानबाट बाहिर आएको देख्न सकिन्छ भने उक्त चिहानमाको माथिल्लो भागमा "यहाँ टेलर स्पिफ्टको रेपुटेसन रहेको छ" (Here Lies Taylor Swift's reputation) लेखिएको देखिन्छ। त्यसपछि अर्को दृश्यमा एक स्नाक कक्ष देख्न सकिन्छ भने त्यसको वरिपरि हिराहरूले सजाइएको देखिन्छ। उक्त कक्षमा स्विफ्ट चिया पिउने एक कप लाएर बसिरहेकी हन्छिन् भने उनको हातका औँलामा एक सर्पले घेरेको देखिन्छ। त्यसपछि स्विफ्टले आँफुले चलाएको कारलाई एक खम्बामा ठोक्काउँछिन जसले गर्दा कारका सबै काँचहरू फुट्छन् भने त्यहाँ उनलाई विभिन्न मानिसहरूले घेर्दै उनको तस्वीर खिच्छन्। त्यसैगरि अर्को दृश्यमा स्विफ्ट एक ठूलो पिन्जडा भित्र पिङ खेलेको देख्न सकिन्छ भने अर्का तिर धेरै मानिसहरू बिरालोको टाउको जस्तो मुकुन्द लगाएको देखिन्छ र त्यसपछि स्विफ्टले एक मोटरसाइकल चलाउने टोलीको नेतृत्व गरेको देख्न सकिन्छ।[४०] त्यसपछि स्विफ्ट एक हल भित्र छिर्छिन् भने त्यहाँ धेरै पुरुष र महिलाहरू देखा पर्छन् जहाँ उनले नृत्य गर्छिन्।[४१][४२][४३]

प्रत्यक्ष प्रस्तुति[सम्पादन गर्नुहोस्]

स्विफ्टले पहिलोपटक "लुक ह्वाट यु मेड मी डु"को प्रत्यक्ष प्रस्तुति १ डिसेम्बर २०१७ मा क्यालिफोर्नियामा आयोजित जङ्गल बेल २०१७ कार्यक्रममा दिएकी थिइन्।[४४] त्यस कार्यक्रमको दुई दिन पछि स्विफ्ट मञ्चमा फर्किँदै क्यालिफोर्नियाको सान होसे आयोजित एक कार्यक्रममा पनि प्रस्तुति दिएकी थिइन्।[४५] त्यस कार्यक्रमको एक हप्ता पछि स्विफ्टले तीन फरकफरक स्थानमा पनि उक्त गीतको प्रस्तुति दिएकी थिइन्। यस गीतलाई स्विफ्टले आँफ्नो रेपुटेसन विश्व भ्रमणका बेलामा पनि विभिन्न देशहरूमा आयोजित कार्यक्रममा पनि प्रस्तुत गरेकी थिइन्।[४६][४७][४८]

पुरस्कार[सम्पादन गर्नुहोस्]

वर्ष संस्था पुरस्कार नतिजा सन्दर्भ
२०१७
एमटिभी युरोप सङ्गीत पुरस्कार उत्कृष्ट सङ्गीत भिडिओ मनोनित [४९]
एजआरजे सङ्गीत पुरस्कार वर्षको उत्कृष्ट सङ्गीत भिडिओ मनोनित [५०]
ब्रेकटुड पुरस्कार वर्ष भिडिओ मनोनित [५१]
२०१८
एनएमइ पुरस्कार उत्कृष्ट सङ्गीत भिडिओ मनोनित [५२]
आइहर्ट रेडियो सङ्गीत पुरस्कार वर्ष भिडिओ मनोनित [५३]
उत्कृष्ट शब्द मनोनित
निकलोडिएन किड्स च्वाइस पुरस्कार मनपर्ने गीत मनोनित [५४]
एमवाइएक्स सङ्गीत पुरस्कार उत्कृष्ट अन्तर्राष्ट्रिय भिडिओ मनोनित [५५]
रेडियो डिज्नी सङ्गीत पुरस्कार वर्ष गीत मनोनित [५६]
बेस्ट सङ टु लिप-सिङ टु मनोनित
टिन च्वाइस पुरस्कार महिला कलाकारको छनोट गीत मनोनित [५७]
एमटिभी भिडियो म्युजिक पुरस्कार सर्वश्रेष्ठ कला दिशा मनोनित [५८]
उत्कृष्ट सम्पादन मनोनित
सर्वश्रेष्ठ दृश्य प्रभावहरू मनोनित

कर्मचारीहरू[सम्पादन गर्नुहोस्]

  • टेलर स्विफ्ट – स्वर, लेखक र पृष्ठभूमि स्वर
  • ज्याक एन्टोनअफ – सह- गीतकार, निर्माता, प्रोगामिङ, सामग्री व्यवस्थापन
  • फ्रिड फिअरबेस –
  • लरा सिक – समायोजक
  • फिलिप ए. पिटरसन – सेलुलोस
  • एभन स्मिथ – सेक्सोफोन
  • सर्बन गिनि – समायोजन
  • जोन हेन्स – समायोजनमा सहयोग
  • रेन्डि मिरिल – मास्टरिङ

सङ्गीत तालिका[सम्पादन गर्नुहोस्]

सङ्गीत तालिका (सन् २०१७–१८) शीर्ष
स्थान
अर्जेन्टिना अर्जेन्टिना एङ्लो (मोनिटर ल्याटिनो)[५९]
 अस्ट्रेलिया (एरिया तालिका)[६०]
 अस्ट्रिया (Ö३ अस्ट्रिया शीर्ष ४०)[६१]
बेल्जियम बेल्जियम (अल्ट्राटप ५० भ्लान्दरेन)[६२]
बेल्जियम बेल्जियम (अल्ट्राटप ५०)[६३] ३९
 क्यानडा (क्यानडेली हट १००)[६४]
 क्यानडा (क्यानडा एसी) बिलबोर्ड[६५] ३३
 क्यानडा (क्यानडा सिएचआर/शीर्ष ४०)[६६] १०
 क्यानडा (क्यानडा हट एसी)[६७] १०
 चिली (चिली टप २०)[६८]
 कोस्टारिका (मोनितोर लातिनो)[६९]
 क्रोएसिया (क्रोएसियाली रेडियो टेलिभिजन)[७०]
चेक गणतन्त्र चेक गणतन्त्र (रेडियो शीर्ष १००)[७१] ३९
चेक गणतन्त्र चेक गणतन्त्र (एकल डिजिटल शीर्ष १०० सङ्गीत)[७२]
डेनमार्क डेनमार्क (ट्र्याक लिसन)[७३] १२
 एल साल्भादोर (मोनिटर ल्याटिनो)[७४]
युरोपेली सङ्घ युरो डिजिटल सङ (बिलबोर्ड)[७५]
 फिनल्यान्ड (आधिकारिक फिनल्यान्डेेेेली साङ्गितिक तालिका कम्पनी)[७६]
 फ्रान्स (एसएनइपी)[७७] २६
 जर्मनी (आधिकारिक जर्मन चार्ट)[७८]
ग्रिस ग्रिस (बिलबोर्ड)[७९]
होन्डुरस होन्डुरस (मोनिटर ल्याटिनो)[८०] १५
 हङ्गेरी (सिङ्गल टप ४०)[८१]
Republic of Ireland आयरल्यान्ड (आइआरएमए)[८२]
इजरायल इजरायल (मिडिया फरेस्ट)[८३]
 इटाली (एफआइएमआई)[८४] १०
 जापान (जापान हट १००)[८५]
लात्भिया लात्भिया (लाभिजास टप ४०)[८६]
 लेबनान (लेबनानी टप २०)[८७]
लक्जेम्बर्ग लक्जेम्बर्ग (लक्जेम्बर्ग डिजिटल सङ)[८८]
मलेसिया मलेसिया (आरआइएम)[८९]
 मेक्सिको (मेक्सिको एयरप्ले)[९०] १०
नेदरल्यान्ड नेदरल्यान्ड (एकल शीर्ष १०० गीत)[९१]
नेदरल्यान्ड नेदरल्यान्ड्स (एकल शीर्ष १०० गीत)[९२] १३
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[९३]
 नर्वे (भिजि-लिस्ता)[९४]
 फिलिपिन्स (फिलिपिन्स हट १००)[९५]
 पोर्तगाल (एएफपी)[९६]
रुस रुसी एयरप्ले (टप हिट)[९७] ४६
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक साङ्गीतिक तालिका कम्पनी)[९८]
स्लोभेनिया स्लोभाकिया (एकल डिजिटल टप गीत)[९९]
 स्लोभेनिया (स्लोटप ५०)[१००] २६
 दक्षिण कोरिया (गावन चार्ट)[१०१]
 स्पेन (प्रो म्युजिक)[१०२] १२
स्विडेन स्वीडेन (टप लिस्टा)[१०३]
स्विट्जरल्यान्ड स्कटल्यान्ड (स्विस ह्याटफ्रिड)[१०४]
संयुक्त अधिराज्ययुके एकल चार्ट (आधिकारिक चार्ट कम्पनी)[१०५]
 उरुग्वे (मोनिटर ल्याटिनो)[१०६] १४
 संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[१०७]
 संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[१०८] १९
 संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[१०९]
 संयुक्त राज्य अमेरिका डान्स क्लब गीत (बिलबोर्ड)[११०]
 संयुक्त राज्य अमेरिका डान्स मिक्स सो एयरप्ले (बिलबोर्ड)[१११]
 संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड)[११२]
 संयुक्त राज्य अमेरिका रिदमिक (बिलबोर्ड)[११३] २०
 भेनेजुएला (मोनिटर ल्याटिनो)[११४]

प्रमाणपत्र र बिक्री[सम्पादन गर्नुहोस्]

देश (कम्पनी) प्रमाणपत्र बिक्री
 जर्मनी (बिभिएमआइ) गोल्ड
२००,०००
 अस्ट्रेलिया (एरिया) ३× प्लेटिनम
२१०,०००
बेल्जियम बेल्जियम (बिइए) गोल्ड
[११५]
१५,०००
 ब्राजिल (प्रो-म्युजिक ब्राजिल) डायमन्ड
[११६]
१६०,०००
 क्यानडा (म्युजिक क्यानडा) २× प्लेटिनम
[११७]
२४०,०००
 स्पेन (प्रो म्युजिक) गोल्ड
[११८]
२०,०००
 संयुक्त राज्य अमेरिका (आरआइएए) ४× प्लेटिनम
[११९]
४,४०५,०००
इटाली इटाली (एफआइएमआइ) प्लेटिनम
[१२०]
५०,०००
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट) गोल्ड
[१२१]
१५,०००
 संयुक्त अधिराज्य (बिपिआइ) गोल्ड
[१२२]
७४१,०००

सार्वजनिक इतिहास[सम्पादन गर्नुहोस्]

क्षेत्र मिति ढाँचा लेबल सन्दर्भ
विश्व व्यापी २४ अगस्ट २०१७ स्ट्रिमिङ मिडिया बिग मेसिन
२५ अगस्ट २०१७ डिजिटल डाउनलोड
इटाली इटाली कन्टेम्पोररी हिट रेडियो युनिभर्सल म्युजिक [१२३]
 संयुक्त अधिराज्य २६ अगस्ट २०१७ भर्जिन इएमआइ [१२४]
 संयुक्त राज्य अमेरिका २९ अगस्ट २०१७ बिग मेसिन [१२५]
 जर्मनी २७ अक्टोबर २०१७ सिडि एकल युनिभर्सल म्युजिक

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. बेटन, केरी (अगस्ट २५, २०१७), "टेलर स्विफ्ट - लुक ह्वाट यु मेड मी डु", द न्यू योकर्स, अन्तिम पहुँच अगस्ट २५, २०१७ 
  2. म्याकइनटायर, ह्युग (अगस्ट २५, २०१७), "टेलर स्विफ्ट -"लुक ह्वाट यु मेड मी डु"मा नयाँ रूपमा", फोर्ब्स, अन्तिम पहुँच अगस्ट २५, २०१७ 
  3. म्यागइनटाएर, ह्युग (अगस्ट २९, २०१७), "टेलर स्विफ्टको "लुक ह्वाट यु मेड मी डु" गीतले नयाँ कीर्तिमान कायम गर्‍यो", फोर्ब्स, अन्तिम पहुँच जनवरी १७, २०१८ 
  4. लिन्च, जो (अगस्ट २३, २०१७), "टेलर स्विफ्टले उनको नयाँ एल्बमको पहिलो गीत सार्वजनिक गर्ने घोषण गरिन्", बिलबोर्ड पत्रिका, अन्तिम पहुँच अगस्ट २३, २०१७ 
  5. अस्वाड, जेम (अगस्ट २४, २०१७), "टेलर स्विफ्ट - लुक ह्वाट यु मेड मि डस", भेराइटि पत्रिका, अन्तिम पहुँच अगस्ट २९, २०१७ 
  6. रोजेन, किस्टोफर (अगस्ट २६, २०१७), "टेलर स्विफ्टको गीतले युट्युबमा कीर्तिमान कामय गर्‍यो", इन्टरटेन्मेन्ट विक्ली, अन्तिम पहुँच अगस्ट २९, २०१७ 
  7. "ड्रेकको गड्स प्लानले रच्यो नयाँ कीर्तिमान", बिलबोर्ड, जनवरी २४, २०१८, अन्तिम पहुँच मे १८, २०१८ 
  8. "लुक ह्वाट यु मेड कि डु – टेलर स्विफ्टको एकल", आइट्युन्स स्टोर, संयुक्त राज्य, अन्तिम पहुँच अगस्ट २५, २०१७ 
  9. स्विफ्ट, टेलर (अक्टोबर २७, २०१७), "लुक ह्वाट यु मेड मि डु" (जर्मनेलीमा), अमेजन, अन्तिम पहुँच अक्टोबर १४, २०१७ 
  10. जोनस्टोन, मौरा (अगस्ट २४, २०१७), "टेलर स्विफ्ट - लुक ह्वाट यु मेड मी डु", द गार्जियन्स, अन्तिम पहुँच अगस्ट २५, २०१७ 
  11. ह्वाइटटेकर, अलेक्जेन्डर (अगस्ट २५, २०१७), "टेलर स्विफ्ट - लुक ह्वाट यु मेड मी डु", इटस्टाइल, अन्तिम पहुँच अगस्ट २५, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २५, २०१७ मिति
  12. क्नोप, जेडि (अगस्ट २६, २०१७), "लुक ह्वाट यु मेड मी डुले बनायो २४ घण्टामा कीर्तिमान", भेराइटी पत्रिका, अन्तिम पहुँच अगस्ट २६, २०१७ 
  13. "स्विफ्टले लुक ह्वाट यु मेड मी डु गीत सार्वजनिक गरिन्", रेलिङ स्टोन, अगस्ट २५, २०१७, अन्तिम पहुँच अगस्ट २५, २०१७ 
  14. "टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु", म्युजिक नोट, अन्तिम पहुँच अगस्ट २७, २०१७ 
  15. लकेट, डि (अगस्ट २५, २०१७), "लुक ह्वाट यु मेड क डु", भल्चर पत्रिका, अन्तिम पहुँच अगस्ट २५, २०१७ 
  16. "टेलर स्विफ्टको लुक ह्वाट यु मेड मी डु", डेल्ली न्युज, New York, अगस्ट २४, २०१७, मूलबाट अगस्ट २५, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २४, २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  17. ट्रस्ट, ग्रे (अगस्ट २८, २०१७), "बिलबोर्ड हट १०० चार्टमा लुक ह्वाट यु मेड मी डु", बिलबोर्ड, अन्तिम पहुँच अगस्ट २८, २०१७ 
  18. कल्टफिल्ड, किथ (अगस्ट २६, २०१७), "टेलर स्विफ्ट - लुक ह्वाट यु मेड मी डु", बिलबोर्ड (पत्रिका)बिलबोर्ड, अन्तिम पहुँच अगस्ट २९, २०१७ 
  19. ट्रस्ट, ग्रे (सेप्टेम्बर ५, २०१७), "लुक ह्वाट यु मेड मी डु", बिलबोर्ड, अन्तिम पहुँच सेप्टेम्बर ५, २०१७ 
  20. ट्रस्ट, ग्रे (सेप्टेम्बर ११, २०१७), "लुक ह्वाट यु मेड मी डु शीर्ष स्थानबाट तल झर्‍यो", बिलबोर्ड, अन्तिम पहुँच सेप्टेम्बर १३, २०१७ 
  21. ट्रस्ट, ग्रे (अक्टोबर १६, २०१७), "पप सङ चार्टमा लुक ह्वाट यु मेड मी डु शीर्ष स्थानमा", बिलबर्ड, अन्तिम पहुँच अक्टोबर १७, २०१७ 
  22. रेज, डेन (नोभेम्बर ९, २०१७), "बिलबोर्ड रेडियो चार्ट", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर ९, २०१७ 
  23. ह्वाइट, ज्याक (अगस्ट २९, २०१७), "स्विफ्टको गीत युके एकल चार्टमा", आधिकारिक चार्ट कम्पनी, अन्तिम पहुँच अगस्ट २९, २०१७ 
  24. ह्वाइट, ज्याक (सेप्टेम्बर १, २०१७), "युके एकल चार्टमा लुक ह्वाट यु मेड मी डु", आधिकारिक चार्ट कम्पनी, अन्तिम पहुँच सेप्टेम्बर १, २०१७ 
  25. ह्वाइट, ज्याक (सेप्टेम्बर १५, २०१७), "युके एकल चार्टमा टु गुड एट गुडबाइज", आधिकारिक चार्ट कम्पनी, अन्तिम पहुँच सेप्टेम्बर १५, २०१७ 
  26. "टेलर स्विफ्टको पाँचौ गीत एरिया चार्टको शीर्ष स्थानमा", अस्ट्रेलिया रेकर्ड उद्योग सङ्घ, सेप्टेम्बर २, २०१७, अन्तिम पहुँच सेप्टेम्बर २, २०१७ 
  27. "लुक ह्वाट यु मेड मी डु दोस्रो हप्ता पनि एरिया चार्टको शीर्ष स्थानमा", अस्ट्रेलिया रेकर्ड उद्योग सङ्घ, अन्तिम पहुँच सेप्टेम्बर १६, २०१७ 
  28. "एरिया चार्ट", द म्युजिक, सेप्टेम्बर १६, २०१७, अन्तिम पहुँच सेप्टेम्बर १६, २०१७ 
  29. "एरिया चार्ट तालिका", अस्ट्रेलिया रेकर्ड उद्योग सङ्घ, सेप्टेम्बर १८, २०१७, अन्तिम पहुँच सेप्टेम्बर १६, २०१७ 
  30. "टप १०० चार्ट", बिलबोर्ड, सेप्टेम्बर १६, २०१७, अन्तिम पहुँच सेप्टेम्बर १६, २०१७ 
  31. मर्फि, डिजरी (अगस्ट ३०, २०१७), "लुक ह्वाट यु मेड मी डु", इन्टरटेन्मेन्ट टुनाइट, अन्तिम पहुँच अगस्ट २५, २०१७ 
  32. मर्फि, डिजरी (अगस्ट ३०, २०१७), "टेलर स्विफ्ट - लुक ह्वाट यु मेड मी डु", इन्टरटेन्मेन्ट टुनाइट, अन्तिम पहुँच अगस्ट ३०, २०१७ 
  33. "टेलर स्विफ्टको नयाँ भिडियोको जानकारी", इन्टरटेन्मेन्ट विक्ली, अगस्ट २५, २०१७, अन्तिम पहुँच अगस्ट ३१, २०१७ 
  34. "लुक ह्वाट यु मेड मी डु भिडियो हेर्नुहोस्", पिचफोर्क, अगस्ट २७, २०१७, अन्तिम पहुँच अगस्ट २७, २०१७ 
  35. "लुक ह्वाट यु मेड मी डुको कीर्तिमान", भेराइटि पत्रिका, अगस्ट २९, २०१७, अन्तिम पहुँच अगस्ट २९, २०१७ 
  36. लुइज, रेन्डि (अगस्ट २९, २०१७), "लुक ह्वाट यु मेड मी डु", लस एन्जल्स टाइम्स, अन्तिम पहुँच अगस्ट २८, २०१७ 
  37. म्याकइनटायर, ह्युग (अगस्ट ३१, २०१७), "लुक ह्वाट यु मेड मी डु ले पायो चार दिनमा १०० मिलियन अवलोकन", फोब्स, अन्तिम पहुँच अगस्ट ३१, २०१७ 
  38. "लुक ह्वाट यु मेड मी डुको कीर्तिमान", बिलबोर्ड, अगस्ट २९, २०१७, अन्तिम पहुँच अगस्ट ३०, २०१७ 
  39. गोर्डन, जुली (अगस्ट २९, २०१७), "भिडियोमा $१० मिलियन मूल्य वरावरका हिरा प्रयोग गरियो", पेज सिक्स, अन्तिम पहुँच अगस्ट ३०, २०१७ 
  40. ह्वाइटहेड, म्याट (अगस्ट २८, २०१७), "टेदर स्विफ्टको लुक ह्वाट यु मेड मी डु भिडियोका रहेका रहस्यहरू", हफ्पोस्ट, अन्तिम पहुँच अगस्ट ३१, २०१७ 
  41. "लुक ह्वाट यु मेड मी डु भिडियो", रोलिङ स्टोन, अगस्ट २७, २०१७, अन्तिम पहुँच अगस्ट ३१, २०१७ 
  42. "टेलर स्विफ्टको नयाँ भिडियोका लागि प्रतिक्रिया", द वासिङ्टन पोस्ट, अगस्ट २८, २०१७, अन्तिम पहुँच अगस्ट २८, २०१७ 
  43. जोनस, मार्कस (अगस्ट २८, २०१७), "लुक ह्वाट यु मेड मी डु गीतको भिडियो", बजफिड, अन्तिम पहुँच अगस्ट ३१, २०१७ 
  44. पिटर्स, मिसेल, "जङ्गल बेल २०१७ मा टेलर स्विफ्ट र एड सिरन प्रस्तुति दिने", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर २, २०१७ 
  45. हेरिङटन, जिम (डिसेम्बर ३, २०१७), "टेलर स्विफ्टो विभिन्न प्रत्यक्ष प्रस्तुति", द मर्करी न्युज, अन्तिम पहुँच डिसेम्बर ५, २०१७ 
  46. केलिन (डिसेम्बर ८, २०१७), "टेलर स्विफ्ट र ब्याक स्ट्रिट ब्वाइज", सिकागो ट्रिब्युन, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  47. वेदरबाइ, टेलर (डिसेम्बर ९, २०१७), "जङ्गल बल एनवाइसीमा विभिन्न कलाकारहरूले प्रत्य‍क्ष प्रस्तुति दिने", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  48. "टेलर स्विफ्टको गीत प्रस्तुति", क्यापिटल रेडियो, डिसेम्बर १०, २०१७, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  49. "सन् २०१७ का एमटिभी म्युजिक भिडियो पुरस्कारका मनोनयनहरू", अक्टोबर ६, २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २, २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर ६, २०१७ मिति
  50. "२०१७ एनआरजे म्युजिक भिडियो अवार्ड" (फ्रान्सेलीमा), एनआरजे सङ्गीत पुरस्कार, अक्टोबर १, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २, २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  51. "A Fazenda: Marcos Harter, Emilly Araújo e Vivian Amorim estão concorrendo no BreakTudo Awards 2017", पोर्टन ७१०, अन्तिम पहुँच २०१६-१०-११ 
  52. डेली, रिहान (जनवरी १७, २०१८), "एनएमइ पुरस्कारका मनोनयनहरूको सूची", एनएमइ, जनवरी २४, २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ११, २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  53. एनिफटोस, रिनिया (जनवरी १०, २०१८), "आइहर्ट रेडियो सङ्गीत पुरस्कारका मनोनयनहरू", बिलबोर्ड, अन्तिम पहुँच जनवरी १७, २०१८ 
  54. हिअरिङ, ब्रुस (मार्च २५, २०१८), "निकलोडिएन किड्स च्वाइस अवार्डका मनोनयन र विजेताहरू", डेडलाइन (अङ्ग्रेजीमा), अन्तिम पहुँच मार्च २५, २०१८ 
  55. "एमवाइएक्स सङ्गीत पुरस्कारका विजेता र मनोनयनहरू", एमवाइएक्स, अगस्ट १०, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ६, २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  56. डिस्क, टिभी न्युज, "२०१८ रेडियो डिज्नी पुरस्कार", ब्रोडवे World, अन्तिम पहुँच मे २५, २०१८ 
  57. केहन, जेस (जुन १३, २०१८), "टिन च्वाइस पुरस्कार", इ! न्युज, अन्तिम पहुँच जुन १३, २०१८ 
  58. https://pitchfork.com/news/mtv-vmas-2018-see-the-full-list-of-nominees-here/
  59. "टप २० एङ्लो अर्जेन्टिना – ९ अक्टोबर, २०१७" (स्पेनीमा), मोनितोर लातिनो, अक्टोबर ९, २०१७, अन्तिम पहुँच अक्टोबर १६, २०१७ 
  60. "Australian-charts.com – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- २ सेप्टेम्बर २०१७.
  61. "Austriancharts.at – टेलर स्विफ्ट – लसक ह्वाट यु मेड मी डु" (जर्मनेेेलीमा). Ö३ अस्ट्रिया शीर्ष ४० अन्तिम पहुँच मिति- ६ सेप्टेम्बर २०१७.
  62. "Ultratop.be – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु" (नेदरल्यान्डेेेेेलीमा) अल्ट्राटप ५० अन्तिम पहुँच मिति- सेप्टेम्बर ८, २०१७.
  63. "Ultratop.be – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु" (फ्रान्सेलीमा) (अल्ट्राटप ५०) अन्तिम पहुँच मिति- सेप्टेम्बर ८, २०१७.
  64. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=793 "टेलर स्विफ्ट – चार्ट इतिहास" क्यानडेली हट १०० टेलर स्विफ्ट. अन्तिम पहुँच मिति सेप्टेम्बर ६, २०१७.
  65. ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1237&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Canada AC for टेलर स्विफ्ट. अन्तिम पहुँच मितिसेप्टेम्बर १९, २०१७.
  66. "Taylor Swift – चार्ट इतिहास" बिलबोर्ड क्यानडा Taylor Swift. अन्तिम पहुँच मिति सेप्टेम्बर १९, २०१७.
  67. ढाँचा:BillboardEncode/ट&f%5B1%5D=itm_field_chart_id%3A1242&f%5B2%5D=ss_bb_type%3Achart_item&type=2&artist=ढाँचा:BillboardEncode/ट "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड क्यानडा हट एसी टेलर स्विफ्ट. अन्तिम पहुँच मिति सेप्टेम्बर २६, २०१७.
  68. "चिली टप २०" (अङ्ग्रेजीमा), टप ४० चार्ट, अन्तिम पहुँच सेप्टेम्बर १६, २०१७ 
  69. "कोस्टारिका" (स्पोनीमा), मोनितोर लातिनो, नोभेम्बर ७, २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मे १०, २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  70. "क्रोएसियाली एआरसी टप १००", एचआरटि, मूलबाट नोभेम्बर २, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर २९, २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) = Freezepage अभिलेखिकरण २०१७-११-०२ मिति
  71. "ČNS IFPI" (in Czech). Hitparáda – Radio Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 201739 into search. अन्तिम पहुँच मिति- अक्टोबर २, २०१७.
  72. "ČNS IFPI" (चेकमा). Hitparáda – Digital Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 201735 into search. अन्तिम पहुँच मिति- सेप्टेम्बर ५, २०१७.
  73. "Danishcharts.com – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु" ट्र्याक लिसन अन्तिम पहुँच मिति- सेप्टेम्बर ६, २०१७.
  74. "एल साल्भादोर" (स्पेनीमा), मोनितोर लातिनो, मे १०, २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मे १०, २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  75. "बिलबोर्ड – युरो डिजिटल सङ", बिलबोर्ड, अन्तिम पहुँच सेप्टेम्बर ६, २०१७ 
  76. "टेलर स्विफ्ट: लुक ह्वाट यु मेड मी डु" (फिनल्यान्डेेेली भाषामा) Musiikkituottajat – आइएफपीआइ फिनल्यान्ड. अन्तिम पहुँच मितिसेप्टेम्बर ४, २०१७.
  77. "ले टोप दे ला : उत्कृष्ट एकल" (फ्रान्सेलीमा), एसएनइपी, अन्तिम पहुँच सेप्टेम्बर ४, २०१७ 
  78. "Offiziellecharts.de – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु" जिएफके इन्टरटेनमेन्ट तालिका अन्तिम पहुँच मिति सेप्टेम्बर ८, २०१७.
  79. "बिलबोर्ड – ग्रिस डिजिटल सङ", बिलबोर्ड, अन्तिम पहुँच सेप्टेम्बर २, २०१७ 
  80. "हन्डुरस" (स्पेनीमा), मोनितोर लातिनो, मे ९, २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मे ९, २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  81. "Archívum – Slágerlisták – MAHASZ" (हङ्गेरीयाली भाषामा) हङ्गेरीयाली रेकर्ड कम्पनी सङ्घ, Magyar Hanglemezkiadók Szövetsége अन्तिम पहुँच सेप्टेम्बर ९, २०१७.
  82. "आरआइएमए – आइरिस चार्ट", आइरिस रेकर्ड म्युजिक सङ्घ, अन्तिम पहुँच सेप्टेम्बर २, २०१७ 
  83. "Taylor Swift – लुक ह्वाट यु मेड मी डु मिडिया फरेस्ट". इजरायल टप चार्ट (मिडिया फरेस्ट) अन्तिम पहुँच मिति सेप्टेम्बर १६, २०१७.
  84. "Italiancharts.com – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु" शीर्ष डिजिटल डाउनलोड अन्तिम पहुँच मिति सेप्टेम्बर २, २०१७.
  85. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=848 "टेलर स्विफ्ट – चार्ट इतिहास" जापानी हट १०० टेलर स्विफ्ट. अन्तिम पहुँच मिति सेप्टेम्बर ६, २०१७.
  86. "Latvijas Top 40", लात्भिजास रेडियो, अक्टोबर ९, २०१७, मूलबाट अक्टोबर १०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ९, २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  87. "लेबनान टप २० – टेलर स्विफ्ट", लेबनान आधिकारिक टप २०, अन्तिम पहुँच सेप्टेम्बर २५, २०१७ 
  88. "बिलबोर्ड – लक्जेम्बर्ग डिजिटल सङ", बिलबोर्ड, अन्तिम पहुँच सेप्टेम्बर २, २०१७ 
  89. "लुक ह्वाट यु मेड मी डु", मलेसिया रेकर्ड उद्योग सङ्घ, अन्तिम पहुँच सेप्टेम्बर २७, २०१७ 
  90. "मेक्सिको एयरप्ले: ७ अक्टोबर २०१७", बिलबोर्ड, अन्तिम पहुँच मे १६, २०१८, (नामलेखन बाँकी (help))  |subscription= प्यारामिटर ग्रहण गरेन (सहायता)
  91. "Nederlandse Top 40 – week 37, 2017" (नेदरल्यान्डेेेेेलीमा) नेदरल्यान्डेेेेली शीर्ष १०० गीत Retrieved सेप्टेम्बर १५, २०१७.
  92. "Dutchcharts.nl – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु" (नेदरल्यान्डेेेेेलीमा) एकल शीर्ष १०० गीत अन्तिम पहुँच मिति सेप्टेम्बर ८, २०१७.
  93. "Charts.org.nz – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु" शीर्ष ४० एकल अन्तिम पहुँच मिति सेप्टेम्बर १, २०१७.
  94. "Norwegiancharts.com – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु". भिजि-लिस्ता अन्तिम पहुँच मिति सेप्टेम्बर ९, २०१७.
  95. "बिलबोर्ड हट १००", बिलबोर्ड फिलिपिन्स, सेप्टेम्बर १८, २०१७, अन्तिम पहुँच सेप्टेम्बर १८, २०१७ 
  96. "Portuguesecharts.com – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु" (एएफपी डिजिटल हट १०० गीत) अन्तिम पहुँच मिति सेप्टेम्बर ७, २०१७.
  97. "आधिकारिक रुसी एयरप्ले चार्ट" (रुसीमा), टप हिट, अन्तिम पहुँच अक्टोबर २०, २०१७ 
  98. "Archive Chart: 20170901" स्कटिस सिङ्गल टप ४० अन्तिम पहुँच मिति सेप्टेम्बर १, २०१७.
  99. "SNS IFPI" (स्टोभाकमा) ह्याटफ्रेड – एकल डिजिटल शीर्ष गीत Note: insert 201735 into search. अन्तिम पहुँच मिति सेप्टेम्बर ५, २०१७.
  100. "स्लोटप ४०: स्लोभेटिया आधिकारिक चार्ट कम्पनी" (स्लोभेनीमा), स्लोटप ५०, अन्तिम पहुँच ३० अगस्ट २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-३१ मिति
  101. "गावन डाउनलोड चार्ट – प्रकाशित मिती: २०१७.२७.०८ – २०१७.०२.०९", गावन चार्ट, अन्तिम पहुँच सेप्टेम्बर २५, २०१७ 
  102. "Spanishcharts.com – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु" स्पेनी टप १०० अन्तिम पहुँच मिति सेप्टेम्बर १४, २०१७.
  103. "Swedishcharts.com – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु". Singles Top 100. अन्तिम पहुँच मिति सेप्टेम्बर ८, २०१७.
  104. "Swisscharts.com – टेलर स्विफ्ट – लुक ह्वाट यु मेड मी डु" स्विस् एकल तालिका अन्तिम पहुँच मितिसेप्टेम्बर ४, २०१७.
  105. "Archive Chart: 20170901" बेलायती एकल तालिका अन्तिम पहुँच मिति सेप्टेम्बर २, २०१७.
  106. "उरुग्वे" (स्पेनीमा), मोनितोर लातिनो, नोभेम्बर १३, २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मे १४, २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  107. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=379 "टेलर स्विफ्ट – चार्ट इतिहास" बिलबोर्ड हट १०० for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति अगस्ट २९, २०१७.
  108. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=341 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Adult Contemporary for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति सेप्टेम्बर ६, २०१७.
  109. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=343 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Adult Pop Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति सेप्टेम्बर २६, २०१७.
  110. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=359 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Hot Dance Club Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति अक्टोबर १७, २०१७.
  111. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=348 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Dance/Mix Show Airplay for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति अक्टोबर २८, २०१७.
  112. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=381 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Pop Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति अक्टोबर १७, २०१७.
  113. टेलर स्विफ्ट/ढाँचा:BillboardEncode/ट/chart?f=378 "टेलर स्विफ्ट – चार्ट इतिहास" Billboard Rhythmic Songs for टेलर स्विफ्ट. अन्तिम पहुँच मिति सेप्टेम्बर २६, २०१७.
  114. "टप २० एङ्लो भेनेजोएला" (स्पेनीमा), मोनितोर लातिनो, सेप्टेम्बर २५, २०१७, अन्तिम पहुँच सेप्टेम्बर २५, २०१७ 
  115. "अल्ट्राटप – गोल्ड र प्लेटिनम – २०१७ एकल" (अङ्ग्रेजीमा), बेल्जियम इन्टरटेन्मेन्ट सङ्घ, २९ अक्टोबर २०१७। 
  116. "टेलर स्विफ्ट - लुक ह्वाट यु मेड मी डु", पप लाइन, ४ अप्रिल २०१८। 
  117. "गोल्ड/प्लेटिना - म्युजिम क्यानडा - लुक ह्वाट यु मेड मी डु" (अङ्ग्रेजीमा), म्युजिक क्यानडा, २९ अक्टोबर २०१७। 
  118. "लुक ह्वाट यु मेड मी डु - एल पोर्टल डे म्युजिक" (स्पेनीमा), एल पोर्टल डे म्युजिक, १७ अक्टोबर २०१७।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१० मिति
  119. "गोल्ड र प्लेटिनम – आरआइएए – लुक ह्वाट यु मेड मी डु" (अङ्ग्रेजीमा), अमेरिकी रेकर्ड उद्योग सङ्घ, २४ जुलाई २०१८। 
  120. "एफआइएमआइ - प्रमाणपत्र" (इटालीनोमा), इटाली रेकर्ड उद्योग सङ्घ, २ डिसेम्बर २०१७। 
  121. "एनजेट टप ४० एकल चार्ट" (अङ्ग्रेजीमा), रेकर्डेड म्युजिक एनजेट, २२ सेप्टेम्बर २०१७। 
  122. "अवार्ड - बिपिआइ" (अङ्ग्रेजीमा), बिटिस्ट पोनोग्राफिक सङ्घ, २ डिसेम्बर २०१७। 
  123. "'लुक ह्वाट यु मेड मी डु' – टेलर स्विफ्ट" (इटालीनोमा), रेडियो एअरप्ले, मूलबाट अगस्ट २७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २५, २०१७ 
  124. "बीबीसी – रेडियो १", बीबीसी, मूलबाट अगस्ट २७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २५, २०१७ 
  125. "टप ४० रिलिज", अल एक्सेस म्युजिक ग्रुप, मूलबाट अगस्ट २९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २९, २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]