डा. भीमराव आम्बेडकर विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डा. भीमराव आम्बेडकर विश्वविद्यालय
चित्र:Dr B. R. Ambedkar University Logo.png
आदर्श वाक्यतमसो मा ज्योतिर्गमय
प्रकारप्रान्तीय विश्वविद्यालय
स्थापना१९२७ (९७ वर्ष अघि) (१९२७)
कुलपतिआनन्दीबेन पटेल
उप-कुलपतिअशोक मित्तल
स्थान, ,
क्याम्पसनगरीय
सम्बन्धनहरूविश्वविद्यालय अनुदान आयोग
वेबसाइटwww.dbrau.org.in

भूतकालमा आगरा विश्वविद्यालय नामले प्रसिद्ध डा. भीमराव आम्बेडकर विश्वविद्यालय भारतको उत्तर प्रदेशको आगरामा अवस्थित प्रान्तीय विश्वविद्यालय हो । भारतीय बहुज्ञ, विद्वान् तथा भारतीय संविधानका जनक बाबासाहेब आम्बेडकरको नाममा यस विश्वविद्यालयको नाम परिवर्तन गरिएको थियो ।

समाजशास्त्र संस्थान[सम्पादन गर्नुहोस्]

सन् १९५५ मा स्थापित समाजशास्त्र संस्थान विश्वविद्यालय परिसरको पालीवाल क्याम्पसमा अवस्थित छ ।[१]

दाऊदयाल व्यावसायिक शिक्षा संस्थान[सम्पादन गर्नुहोस्]

विश्वविद्यालय अनुदान आयोगसँगको साझेदारीमा स्थापित दाऊदयाल व्यावसायिक शिक्षा संस्थान डा. भीमराव आम्बेडकर विश्वविद्यालयको एक महत्त्वपूर्ण भाग हो जसले आगराका नागरिकलाई व्यवसाय र उद्यमको सम्बन्धमा शिक्षा प्रदान गर्छ ।

अभियान्त्रिकी एवम् प्रविधि संस्थान[सम्पादन गर्नुहोस्]

डा. भीमराव आम्बेडकर विश्वविद्यालय अन्तर्गत सन् १९९८ मा आगराको खन्दारीमा अभियान्त्रिकी एवम् प्रविधि संस्थानको स्थापना गरिएको थियो ।[२]

जीवन विज्ञान विद्यालय[सम्पादन गर्नुहोस्]

जीवन विज्ञान विद्यालय डा. भीमराव आम्बेडकर विश्वविद्यालयको खन्दारी परिसरमा अवस्थित छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Dr B. R. Ambedkar University", डा. भीमराव आम्बेडकर विश्वविद्यालय, मूलबाट ३० सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ सेप्टेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-३० मिति
  2. "Dr. B. R. Ambedkar University", डा. भीमराव आम्बेडकर विश्वविद्यालय, मूलबाट १७ अक्टोबर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ सेप्टेम्बर २०११  वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-१७ मिति

बाह्य कडी[सम्पादन गर्नुहोस्]