दलित सङ्गीत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दलित सङ्गीत वा बहुजन सङ्गीत भन्नाले दलित, बहुजनशूद्र जस्ता पिछडिएका जातिहरूद्वारा रचित, निर्मित वा प्रेरित साङ्गीतिक शैलीलाई बुझाउँछ ।[१] यस शैली अन्तर्गत दलित रक, दलित पप, भीम र्यापका साथै रविदासी धर्म अन्तर्गत पर्ने चमार पप, भीम पालना, भीम गीत र पञ्जाबी आम्बेडकरवादी सङ्गीत पनि पर्छन् ।[२][३][४][५][६][७][८]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

दलित समुदायमा सङ्गीतको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ । संस्कृतिको प्रवर्धनका साथै मनोरञ्जन तथा विरोधका लागि दलित समुदायमा सङ्गीतको प्रयोग गरिन्छ । महाराष्ट्रमा आम्बेडकरवाद तथा जातीय विभेदको विरोधका विषयलाई आधार बनाई दलित शायरहरूले सङ्गीतको रचना गर्ने गर्छन् ।[९][१०][११]

नेपालमा दलित सङ्गीतकारलाई नौमती बाजा सङ्गीतकार पनि भनिन्छ ।[१२] सन् १९७८ मा स्थापित बामसेफको प्रवर्धनका लागि कांशीरामले पञ्जाबमा चमार पप आन्दोलनको सुरुवात गरेका थिए ।[१३] तमिलनाडुमा सङ्गीतको माध्यमले दलित समुदायका मानिसले आफैँलाई व्यक्त गर्न परईको प्रयोग गर्छन् ।[१४]

सम्बन्धित लेख[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Dalit Musicians Are Playing A New Tune", हाइपरएलार्जिक (अमेरिकी अङ्ग्रेजीमा), १२ डिसेम्बर २०१९, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  2. चन्द्र वाज, ऊर्मी, "From Dnyaneshwari to Dalit rock: The evolution of Maharashtra’s revolutionary music", स्क्रोल डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  3. "Bhim rap to Dalit pop: How the music of protest is thriving", द टाइम्स अफ इन्डिया, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  4. गायकवाड, राही (२० अगस्ट २०१६), "An equal music", द हिन्दु (भारतीय अङ्ग्रेजीमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  5. "Ginni Mahi, queen of Chamar pop, is more than a Dalit icon", दलियो डट इन, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  6. "Dalit Women as Active Participants in Ambedkarite Movement", न्यूजक्लिक (अङ्ग्रेजीमा), ९ जनवरी २०२०, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  7. "These Arrows Don’t Miss Their Mark", आउटलुक इन्डिया पत्रिका, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  8. सहाय, शृङ्खला (३० जनवरी २०२०), "Ginni Mahi’s fresh take on Punjabi music", द हिन्दु (भारतीय अङ्ग्रेजीमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  9. "Why Songs Are Sabotaged: Dalits and their Music", न्यूजक्लिक (अङ्ग्रेजीमा), ३० अक्टोबर २०१९, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  10. "Dalit shahirs of Maharashtra: Bhimrao Kardak's jalsa against caste", फर्स्टपोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  11. मैत्रेय, योगेश, "In the verses of Dalit shahirs, you can hear the history of India’s anti-caste movement", स्क्रोल डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  12. "‘They Like Our Music, Not Us’: Nepali Dalits Unite to Fight Prejudice", द वायर, अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  13. आन्ड्रे, अलेट्टा; कुमार, अभिमन्यु, "Chartbustin’ Chamars", द हिन्दी बिजनेस लाइन (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ फेब्रुअरी २०२० 
  14. "Resistance and identity through music", नेसनल हेरल्ड (अङ्ग्रेजीमा), अन्तिम पहुँच ५ फेब्रुअरी २०२०