पर्वती मन्दिर सत्याग्रह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पर्वती मन्दिर सत्याग्रह (मराठी: पर्वती मंदिर सत्याग्रह) पुणेमा अवस्थित अछुत वर्गका लागि प्रवेश निषेध गरिएको पर्वती मन्दिरमा प्रवेश गर्ने माग गर्दै बाबासाहेब आम्बेडकरद्वारा सन् १९२९ मा आयोजित सत्याग्रह थियो । अमरावती सत्याग्रह पछि यो आम्बेडकरको दोस्रो मन्दिर प्रवेश सत्याग्रह थियो । आम्बेडकरको तर्फबाट एम. एम. जोशी, एन. जी. गोरे, आर. के. खाडिलकर र शिरूभाऊ लिमयेले मन्दिरको ट्रस्टलाई दलित समुदायलाई प्रवेश गर्न दिने माग गरेका थिए । यद्यपि, उक्त ट्रस्टले पर्वती मन्दिर निजी सम्पत्ति भएको कुरा गर्दै आम्बेडकरको निवेदन अस्वीकार गरेका थिए । यस घटना पछि एक सत्याग्रह मण्डलको निर्माण भएको थियो जसमा शिवराम काम्बले (अध्यक्ष), पी. एन. राजभोज (उपाध्यक्ष) र अन्य सदस्यले सहभागिता जनाएका थिए । १३ अक्टोबर १९२९ मा पर्वती मन्दिर सत्याग्रहको सुरुवात भएको थियो । शिवराम काम्बले, एम. एम. जोशी, एन. जी. गोरे, आर. के. खाडिलकर, विनायक भुस्कुटे, पी. एन. राजभोज र स्वामी योगानन्द लगायत हजारौँ पुरुष र महिलाले पर्वती मन्दिर सत्याग्रहमा भाग लिएका थिए ।

थप लेख[सम्पादन गर्नुहोस्]