अल्फाबेट निगम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अल्फाबेट निगम
व्यवसाय प्रकार
सार्वजनिक
आइएसआइएन[१]
उद्योगबहु-उद्योग कम्पनी
स्थापितअक्टोबर २, २०१५; ८ वर्ष पहिले (२०१५-१०-02)
स्थापनाकर्ताहरू
केन्द्रीय कार्यालयगुगल प्लेक्स, ,
सेवा क्षेत्र
विश्वव्यापी
मुख्य व्यक्ति
राजश्व
परिचालन आय
वृद्धि युएस$३४.२३ अर्ब (सन् २०१९)
वृद्धि युएस$३४.३४ अर्ब (सन् २०१९)
कुल सम्पत्तिवृद्धि युएस$२७५.९ अर्ब (सन् २०१९)
कुल इक्विटीवृद्धि युएस$२०१.४ अर्ब (सन् २०१९)
मालिकहरू
कर्मचारी सङ्ख्या
वृद्धि १२७,४८९ (सन् २०२०)
सहायक कम्पनीहरू
वेबसाइटabc.xyz
पद टिप्पणी / स्रोतहरू
[२]

अल्फाबेट निगम (अनुवादित:वर्णमाला) एक अमेरिकी बहुराष्ट्रिय समूह हो जसको प्रधान कार्यालय माउन्टेन भ्यु, क्यालिफोर्नियामा अवस्थित छ। यसलाई २ अक्टोबर २०१५ मा, गुगलको पुनर्संरचनाको माध्यमबाट सिर्जना गरिएको थियो, र यो गुगलको मूल कम्पनी र धेरै गुगलका पूर्व सेवाहरूको नियन्त्रक कम्पनी बन्न पुगेको थियो।[३] गुगलका दुई सह-संस्थापकहरू सेयरधनी, विभागका सदस्य, र अल्फाबेटका कर्मचारीहरूको नियन्त्रकको रूपमा रहेका थिए।[४] अल्फाबेट राजस्वको आधारमा संसारको चौथो ठूलो प्रविधि कम्पनी हो र यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी समेत हो।[५]

अल्फाबेट निगमको स्थापनाको मूल उद्देश भनेको गुगलको इन्टरनेट व्यवसायमा "पारदर्शी र अधिक उत्तरदायी" बनाउनको लागि प्रेरित गर्नु थियो जबकि इन्टरनेट सेवाहरू बाहेकका अन्य व्यवसायहरूमा सञ्चालन गर्ने सामुहिक कम्पनीहरूलाई अधिक स्वायत्तताको अनुमति प्रदान गरिएको थियो। ल्यारी पेजसेर्गेई ब्रिनले सन् २०१९ को डिसेम्बरमा आफ्ना कार्यकारी पदहरूबाट राजीनामाको घोषणा गरेका थिए[६][७] साथै गुगलका प्रमुख कार्यकारी अधिकृतको भूमिका रहेका सुन्दर पिचाईलाई उक्त पदमा नियुक्त गरिएको थियो।[८][९] ल्यारी पेज र सेर्गेई ब्रिन सह-संस्थापक, कर्मचारी, विभागीय सदस्य, र अल्फाबेट निगमको सेयरधनीको रूपमा रहेका छन्।[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Zogbi, Paula (४ डिसेम्बर २०१९)। "Fundadores do Google deixam empresa após 21 anos; Sundar Pichai acumula liderança da Alphabet"InfoMoney। सङ्ग्रह मिति १० डिसेम्बर २०१९ 
  2. "Alphabet Announces Fourth Quarter and Fiscal Year 2019 Results", abc.xyz, Alphabet Inc., फेब्रुअरी ३, २०२०, अन्तिम पहुँच मार्च २, २०२० 
  3. "गुगलमा ठूलो पुनर्संरचना, दुई संस्थापकले कम्पनी छाडे, भारतीय मूलका सुन्दर नयाँ सीइओ"अनलाइन खबर। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  4. "गुगलको संरचनामा के-के परिबर्तन ?"अनलाइन नेपालगन्ज। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  5. "गुगलको अल्फाबेट विश्वकै मूल्यवान कम्पनी"अनलाइन खबर। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  6. "गुगलका संस्थापक ल्यारी पेज र सेर्गेई ब्रिनद्वारा पद त्याग"नयाँ पत्रिका दैनिक। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  7. "गुगलका संस्थापक ल्यारी पेज र सेर्गेई ब्रिनद्धारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा"अन्नपूर्ण। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  8. "Alphabet : Sundar Pichai touche le pactole"Les Echos (फ्रान्सेली भाषा)। २०१९-१२-२१। सङ्ग्रह मिति २०२०-११-१६ 
  9. "सुन्दर पिचाई बने गुगलको मुख्य कम्पनी अल्फाबेटको पनि प्रमुख कार्यकारी"खरिबोट। सङ्ग्रह मिति १० नोभेम्बर २०२० 
  10. Donfro, Jillian (डिसेम्बर ३, २०१९), "Larry Page Steps Down As CEO Of Alphabet", फोर्ब्स, अन्तिम पहुँच डिसेम्बर ३, २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:अल्फाबेट निगम ढाँचा:गुगल