अनुसन्धान प्रस्ताव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक रिसर्च रिपोर्ट

अनुसन्धानको प्रयोजनको लागि तैयार गरिएको पत्र लाई अनुसन्धान प्रस्ताव भनिन्छ । यसमा बिभिन्न बुंदा मा अनुसन्धान को परिचय, प्रस्ताब को बयान,अध्ययन को स्थान तरिका बिधि आदिको बिस्तृत जानकारी हुन्छ। सामान्यतया अध्ययन को क्षेत्रमा यसको प्रयोग हुन्छ । प्रस्तावहरू मा सामान्यता प्रस्तावित अनुसन्धानको सम्भावित प्रभावको मूल्याङकन गरिन्छ। अनुसन्धान मा मुख्य निम्न बुँदाहरू को सम्बोधन गरिन्छ [१]

  • कस्ता अनुसन्धान प्रश्न (हरू) लाई सम्बोधन गरिनेछ, र उनीहरूलाई कसरी सम्बोधन गरिनेछ ।
  • अनुसन्धानको लागि कति समय र लागत आवश्यक हुन्छ ?
  • के विषयमा अनुसन्धान गरिएको छ ?
  • कसरी अनुसन्धानको नतीजा मूल्यांकन गरिनेछ ?
  • अनुसन्धान ले प्रायोजक, संगठन वा अन्य पक्षहरु लाई कुन रुप मा सहयोग हुन्छ  ?

शैक्षिक अनुसन्धान[सम्पादन गर्नुहोस्]

अनुसन्धान प्रस्तावहरू निम्न बिषय मा, निम्न तरिका ले, निम्न समय स्थान मा गरिने छ भनि सम्पुर्ण रुपमा तैयार गरिएको दस्तावेज हो । जुन अनुसन्धान गर्नु पुर्व तैयार गरिन्छ। पूरा प्रस्ताव पेश गर्नु अघि पूर्वावलोकनको लागि आशय पत्र वा संक्षिप्त सार प्रस्तुत गरिन्छ। [२]

शैक्षिक अनुसन्धान प्रस्तावहरू सामान्यतया थेसिस, शोध पत्र लेखनको प्रारम्भिक आवश्यकताहरूको अंशको रूपमा लेखिन्छन्। [३] तिनीहरू सामान्यतया अनुसन्धान पत्र ला लागी एउटा निश्चित ढाँचा अनुसरण गर्छन। त्यसमा परिचय, साहित्य समीक्षा, अनुसन्धान पद्धति र लक्ष्यहरूको छलफल, र निष्कर्ष हरु हुन्छन।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]
  1. Yousaf, Saeed T. P., "Keypoints of a Research Proposal", Scholarshipfellow.com.com, अन्तिम पहुँच ७ जनवरी २०१८ 
  2. "Writing a Research Proposal", University of Illinois at Urbana-Champaign, अन्तिम पहुँच २१ जुन २०१६ 
  3. "How to Write Academic Research Proposal", A Jonson Hillviews Magazine Editor, अन्तिम पहुँच २० डिसेम्बर २०१८