मङ्गल पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मङ्गल पाण्डे
जन्म(१८२७-०७-१९)१९ जुलाई १८२७
नगवा, बलिया जिल्ला, हस्तान्तरित र अधिनस्थ प्रदेश, कम्पनी राज
मृत्यु८ अप्रिल १८५७(1857-04-08) (उमेर २९)
बैरकपुर, कलकत्ता, बङ्गाल प्रान्त, कम्पनी राज
नागरिकताकम्पनी राज
पेशाबैरकपुर छाउनीमा बङ्गाल रेजिमेन्टको ३४औँ दस्तामा सिपाही
चिनारीको कारणभारतीय स्वतन्त्रता सेनानी

मङ्गल पाण्डे एक भारतीय स्वतन्त्रता सेनानी थिए जसले सन् १८५७ मा भारतको पहिलो स्वाधीनता सङ्ग्राममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी इस्ट इन्डिया कम्पनीको ३४औँ बङ्गाल रेजिमेन्टका एक सिपाही थिए।[१] तत्कालीन अङ्ग्रेजी शासनले उनलाई बागी घोषित गरेको थियो[२] भने सामान्य आम भारतीयले उनलाई भारतको स्वतन्त्रता सङ्ग्रामका नायकको रूपमा सम्मान गर्ने गर्दछ। भारतको स्वाधीनता सङ्ग्राममा उनको महत्वपूर्ण भूमिकालाई लिएर भारत सरकारद्वारा उनको सम्मानमा सन् १९८४ मा एक हुलाक टिकट जारी गरेको थियो।

जीवनी[सम्पादन गर्नुहोस्]

पाण्डेको जन्म सन् १८२७ जुलाई १९ मा उत्तर प्रदेशको फैजाबाद जिल्लाको दुगवा रहीमपुर गाउँमा भएको थियो। उनी एक भूमिहार ब्राह्मण थिए।[३] यद्यपि केही इतिहासकारहरूले पाण्डेको जन्म स्थल फैजाबाद जिल्लाको सुरहुरपुर गाउँमा भएको मान्ने गरेका छन्।[४]उनको बुवाको नाम दिवाकर पाण्डे थियो। धन सम्पति र पर्याप्त मात्रामा जग्गा जमिन हुने ब्राह्मणलाई भूमिहार भन्ने गरिन्छ। भूमिहार ब्राह्मण भएता पनि पाण्डेले सन् १८४९ मा २२ वर्षको उमेरमा ब्रिटिस इस्ट इन्डिया कम्पनीको सेनामा सामेल भएका थिए।

सन् १८५७ को विद्रोह[सम्पादन गर्नुहोस्]

उनी कोलकाता नजिकै बैरकपुरको सैनिक छाउनीमा ३४औँ बङ्गाल मूल सैनिक दस्ताका एक सिपाही थिए। भारतको स्वतत्रताको पहिलो लडाइ अर्थात सन् १८५७ को विद्रोहको शुरुवात उनकै विद्रोहबाट भएको थियो। सन् १८५७ मार्च २९ को दिन उनले अङ्ग्रेज अधिकारीहरूमाथि आक्रमण गरेका थिए। उनले आफ्ना अन्य साथीहरूलाई समेत यस कार्य अभियानमा उनलाई सघाउन आह्वान गरेका थिए। तर उनीहरूले पाण्डेको साथ दिएनन् जसकारण उनी पक्राउ परेका थिए। उनलाई सैनिक नीति नियम तोडेकोले मुद्दा लगाएर सन् १८५७ अप्रिल ६ को दिन मृत्युदण्डको सजाय सुनाइएको थियो। सन् १८५७ अप्रिल १८ को दिन उनलाई फांसी सजाय दिने निधो गरिएको भएता पनि यस निर्णयको प्रतिक्रिया विकराल रूप लिन नसकोस् भनि रणनीति अनुसार ब्रिटिस सरकारले मङ्गल पाण्डेलाई दस दिन पूर्व नै सन् १८५७ अप्रिल ८ को दिन फांसी दिएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. David, p. 69
  2. Wagner, p. 82
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named brit
  4. Mangal Pandey: True Story of an Indian Revolutionary, 2005, Rupa & Co. Mumbai

वाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]