सङ्कटकाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सङ्कटकाल (सङ्कट~काल) राष्ट्रमा वा कुनै स्थान विशेषमा कुनै आपद्विपद्, आतङ्क आदि भएको वा हुने कुरा जनाउँदा राष्ट्रतर्फबाट घोषित गरिने समयावधि हो। सरकारले यस्तो परिस्थितिको घोषणा प्राकृतिक प्रकोप, सामाजिक अव्यवस्था, उथलपुथल, सशस्त्र द्वन्द, गृहयुद्ध, स्वास्थ्य महामारी वा विश्वमारी वा अन्य जैविकसुरक्षा जोखिमको समयमा गर्न सक्छ।

उदाहरण[सम्पादन गर्नुहोस्]

२०२१ मा सकृय[सम्पादन गर्नुहोस्]

  • ७ जनवरी २०२१ मा, जापानी प्रधानमन्त्री योसिहिदे सुगाले कोभिड-१९ को कारणले जापानको विभिन्न स्थानमा दोश्रो संकटकालको घोषणा गरे।[१]
  • १२ जनवरी २०२१ मा, कोभिड-१९ को महामारी रोक्न राजाद्वारा मलेसियामा राष्ट्रिय संकटकालको घोषणा गरियो।[२]
  • १४ जनवरी २०२१ मा, न्यु मेक्सिको का गभर्नर माइकल लुजान ग्रिसामले राष्ट्रपति निर्वाचित जो बाइडनको सपथ ग्रहण समारोहको तयारीको लागि संकटकालको घोषणा गरे।[३]
  • १५ जनवरी २०२१ मा, मेरील्याण्ड का गभर्नर ल्यारी होगन ले राष्ट्रपति निर्वाचित जो बाइडनको सपथ ग्रहण समारोहको तयारीको लागि संकटकालको घोषणा गरे।.[४]
  • १ फेब्रुअरी २०२१ मा, म्यानमारमा सेनाको 'कु' पछि जनरल मिन आङ ह्लाइङ र त्यहाँका सर्वोच्च नेता ले एक वर्षको लागि संकटकालको घोषणा गरे।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

en:state of emergency