नाफ्ताली बेनेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नाफ्ताली बेनेट
२०१३ मा बेनेट
इजरायलका प्रधानमन्त्री
पद बहाली
१३ जुन २०२१
राष्ट्रपतिरिउभेन रिभ्लिन
वैकल्पिकयायर लापिड
पूर्वाधिकारीबेन्जामिन नेतन्याहु
मन्त्री
२०१३-२०१५अर्थमन्त्री
धार्मिक सेवा मन्त्री
२०१३-१०१९डायस्पोरा मामिला मन्त्री
२०१५-२०१९शिक्षा मन्त्री
२०१९-२०२०रक्षा मन्त्री
Faction represented in the Knesset
२०१३-२०१८द जेविस होम
२०१८-२०१९न्यु राइट
२०१९यामिना
२०१९-२०२०न्यु राइट
२०२०-हालसम्मयामिना
व्यक्तिगत विवरण
जन्म (1972-03-25) २५ मार्च १९७२ (उमेर ५२)
Haifa, इजरायल
राजनीतिक दलन्यु राइट (२०१८-हालसम्म)
अन्य राजनीतिक
संलग्नता
  • लिकुड (२००५-२००८)
  • द जेविस होम (२०१२-२०१८)
जीवन साथी
Gilat Bennett
(
वि १९९९)
सन्तान(हरू)
निवास(हरू)Ra'anana, इजरायल
मातृ शिक्षाप्रतिष्ठानजेरुसेलम हिब्रु विश्वविद्यालय
पेशा
  • सैन्य व्यक्ति
  • व्यापारी
  • राजनीतिज्ञ
वेबसाइटnaftalibennett.co.il Edit this at Wikidata
सैन्य सेवा
शाखा/सेवाइजरेली डिफेन्स फोर्स
सेवाको वर्षहरू१९९०-१९९६
श्रेणीइजरेली डिफेन्स फोर्स (मेजर)
एकाइ
लडाई/युद्धहरू

नाफ्ताली बेनेट (यहूदी: נַפְתָּלִי בֶּנֶט, आइपिए: [naftaˈli ˈbenet]; जन्म: सन् १९७२ मार्च २५) एक इजरायली राजनीतिज्ञ र इजरायलको वर्तमान प्रधानमन्त्री हुन्। उनले सन् २०१३ देखि सन् २०१९ सम्म प्रवासी मामिला मन्त्री र सन् २०१९ देखि सन् २०२० सम्म रक्षा मन्त्री भएर काम गरेका थिए। उनले सन् २०१८ देखि न्यु राइट पार्टीको नेतृत्व गरिरहेका छन्। यस अघि उनले सन् २०१२ देखि सन् २०१८ सम्म द ज्युज होम पार्टीको नेतृत्व गरेका थिए।[१]

उनले सन् २००६ मा राजनीतिमा प्रवेश गरेका थिए र बेन्जामिन नेतन्याहुका लागि सन् २००८ सम्म प्रमुख अधिकारीको रूपमा काम गरेका थिए। सन् २०११ मा, आइलेट सेक्डसँगै, उनले माइ इजरायल एक्स्ट्रा संसदीय आन्दोलनको सह-स्थापना गरेका थिए।[२] सन् २०१२ मा, बेनेट 'द यहूदी होम पार्टी'को शीर्ष नेताको रूपमा निर्वाचित भएका थिए। सन् २०१३ नेसेटको चुनावमा, बेनेटको नेतृत्वमा पहिलो पटक निर्वाचन लडेको द ज्युज होम पार्टीले १२० मध्ये १२ सिट जितेको थियो।[३] उनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको मातहतमा सन् २०१३ देखि सन् २०१५ सम्म अर्थ तथा धार्मिक सेवा मन्त्री, सन् २०१५ देखि सन् २०१८ सम्म शिक्षा मन्त्री भएर काम गरेका थिए। सन् २०१८ डिसेम्बरमा उनी 'द ज्युज होम'बाट छुट्टिएर 'न्यु राइट पार्टी'को गठन गरेका थिए।[४]

सन् २०२१ जुन २ मा बेनेटले आठ दलको गठबन्धन घोषणा गरेका थिए। उनले यायर ल्यापिडसँग एउटा गठबन्धन सम्झौतामा हस्ताक्षर गरेका थिए जस अनुसार बेनेट सन् २०२३ सम्म प्रधानमन्त्री बन्नेछन् भने लिपिड त्यसपछि सन् २०२५ सम्म प्रधानमन्त्री पद सम्हाल्नेछन्।[५]

जीवनी[सम्पादन गर्नुहोस्]

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

अप्रिल २०११ मा, Ayelet Shaked सँग मिलेर, उनले "माई इजरायल"को सह-स्थापना गरे, जसमा ९४,००० इजरायली सदस्य रहेको दाबी छ। अप्रिल २०१२ मा, उनले Yisraelim ("इजरायली") नामक अभियान (आन्दोलन)को सुरुवात गरे। अभियानको मुख्य लक्ष्यहरू केन्द्र-दायाँ समर्थकहरू बीच यहुदीवादी बढाउने, धार्मिक र धर्मनिरपेक्ष समुदायहरू बीचको संवाद बढाउने, र "इजरायल स्थिरता पहल" लाई प्रवर्द्धन गर्ने समावेश छन्।[६][७]

Minister of Education Naftali Bennett (right) with Minister of Justice Ayelet Shaked (above center), Minister of Culture Miri Regev (left), and Prime Minister Benjamin Netanyahu (below center)
Bennett with U.S. Defense Secretary Mark Esper in February 2020

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Wootliff, Raoul (१० अक्टोबर २०१९), "Yamina party officially splits into New Right, Jewish Home-National Union", The Times of Israel, अन्तिम पहुँच २१ अक्टोबर २०१९ 
  2. "Israel's election: A newly hatched hawk flies high", The Economist, ५ जनवरी २०१३, अन्तिम पहुँच ८ मार्च २०२१ 
  3. Gil Stern; Jeremy Sharon; Lahav Harkov (२४ जनवरी २०१३), "Final election count: Right bloc 61, Center-Left 59 seats", The Jerusalem Post 
  4. Bennett, Shaked quit Jewish Home, announce formation of ‘HaYamin HeHadash’ The Times of Israel, 29 December 2018
  5. Kingsley, Patrick (२०२१-०६-०२), "Live Updates: Netanyahu Faces Ouster as Foes Reach Deal for New Government", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२१-०६-०२ 
  6. Bennett, Naftali, "The Israel Stability Initiative", One State Solution Israel, मूलबाट १३ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०१४  वेब्याक मेसिन अभिलेखिकरण १३ नोभेम्बर २०१४ मिति
  7. Naftali Bennett's stability initiative – Doing what's good for Israel, अन्तिम पहुँच १२ फेब्रुअरी २०१४