गठबन्धन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गठबन्धन भनेको एक समान उद्देश्य र कारणले केहि व्यक्ति वा समूह एक साथ संयुक्त सहयोग दिएर कुनै कार्य गर्नु हो। गठबन्धनहरू अस्थायी वा परिस्थिति अनुसार बन्न सक्छन् । यसको कार्य मुख्यतः एक प्रकारको हुन्छ।

राजनीति र सरकार[सम्पादन गर्नुहोस्]

गठबन्धन सरकार, संसदीय प्रणालीमा, एक भन्दा धेरै पार्टीहरूको गठबन्धनबाट बनेको सरकार हो। पार्टीहरूको गठबन्धनलाई एक चुनावी औजार मानिन्छ। क्याम्ब्रिज शब्दकोशमा "आम रुपमा एक सिमित समयको लागि, कुनै विशेष प्रायोजनको लागि विभिन्न राजनीतिक दल वा समुहको मिलन" लाई गठबन्धनको रुपमा परिभाषित गरिएको छ।

संविधानसभा निर्वाचन,२०७० पछि नेपालमा देखिएका राजनैतिक गठबन्धनहरू[सम्पादन गर्नुहोस्]

नेपालको राजनीतिमा केही स्वार्थका का लागि गठबन्धन बन्ने र केहि समयपछि टुक्रने प्रवृति देखिरहेको छ। आफू विरुद्ध बनेको गठबन्धनलाई अप्राकृतिक गठबन्धन, अनैतिक गठबन्धन भनेर गाली गर्ने अभ्यास पनि देखिन्छ।

२०७० पछि नेपालमा देखिएका राजनैतिक गठबन्धनहरू
बर्ष (बि.सं) पार्टीहरू सरकार नेतृत्व प्रमुख प्रतिपक्ष
२०७० कांग्रेस , नेकपा (एमाले) सुशील कोइराला माओवादी
२०७२ नेकपा (एमाले),नेकपा माओवादी केन्द्र केपी ओली कंग्रेस
२०७३ कांग्रेस, नेकपा माओवादी केन्द्र प्रचण्ड एमाले
२०७४ कांग्रेस, नेकपा माओवादी केन्द्र शेर ब. देउवा एमाले
२०७५ एमाले, माओवादी, जनमोर्चा (बाम गठबन्धन) केपी ओली नेपाली कांग्रेस
२०७५ राजपा, सपा (मधेशी पार्टी) लालबाबु रावत

अर्थशास्त्र[सम्पादन गर्नुहोस्]

अर्थशास्त्रमा गठबन्धन ग्राहकको विश्वास बढाउने उद्देश्यले कयौं ठूला कम्पनी एक अर्काको सहयोग गरेर गठबन्धन बनाउछन्। ।यसबाट ग्राहकको उक्त कम्पनी माथि बिश्वास बढ्छ र त्यही विश्वासबाअत कम्पनीले अधिक लाभ कमाउन सक्छ। उदाहरणको लागि यदि दुई कम्पनीमा एक ग्राहकको विश्वास एक कम्पनीमा र अर्को ग्राहकको विश्वास दोश्रो कम्पनीमा छ भने , दुबै कम्पनी गठबन्धन गरेर दुबै ग्राहकको विश्वास उक्त गठबन्धन प्रति हुन्छ।

उदाहरण:

  1. स्टार अलायन्स

सेना[सम्पादन गर्नुहोस्]

कुनै अभियानको लागि दुई वा दुउई भन्दा धेरै सैन्य बलहरूको गठबन्धन बन्न सक्छ जसमा सबै एउटै कुरा मान्न तयार हुन्छन् ।[१]

उदाहरण:

सामाजिक समूह[सम्पादन गर्नुहोस्]

एक अनुसन्धानबाट पत्ता लाग्यो कि सामाजिक समूह जुन सुकै प्रकारको गठबन्धन अपनाउछ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "BBC NEWS | Middle East | Coalition troops in Iraq", मूलबाट २००८ डिसेम्बर ७-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अक्तूबर २०१५ 
  2. Phys.org, "Genes hold key to how well coalitions work, psychologists say वेब्याक मेसिन अभिलेखिकरण २०१५ अक्टोबर ६ मिति", 10 November 2010