कर्नाटक राज्योत्सव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कर्नाटक राज्योत्सव
सांस्कृतिक कार्यक्रम
वैकल्पिक नामकन्नड राज्योत्सव, कर्नाटक स्थापना दिवस
अनुयायीभारत तथा विदेशमा रहेका कन्नडेलीहरू[१]
प्रकारराज्य
महत्त्वदक्षिण भारतका कन्नड भाषी क्षेत्रहरूलाई कर्नाटकको रूपमा एकीकरण
उत्सवकन्नड झण्डा, जुलुस, सांस्कृतिक कार्यक्रम, राज्योत्सव सम्मान[२]
मिति१ नोभेम्बर

कर्नाटक राज्योत्सव वा कन्नड राज्योत्सव वा कन्नड दिवस, जसलाई कर्नाटक गठन दिवस वा कर्नाटक दिवस पनि भनिन्छ, प्रत्येक वर्ष १ नोभेम्बरमा मनाइन्छ। सन् १९५६ मा जब दक्षिण भारतका सबै कन्नड भाषाहरू बोल्ने क्षेत्रहरू कर्नाटक राज्यको गठनको लागि समायोजन गरिएको थियो।[३]

राज्योत्सव मनाउने दिनलाई कर्नाटक राज्यमा सरकारी विदाको रूपमा सूचीबद्ध गरिएको छ [४] र कन्नडेलीहरूद्वारा विश्वभरि मनाइन्छ। कर्नाटक सरकारले राज्योत्सव पुरस्कारका लागि सम्मान सूचीको घोषणा र प्रस्तुतिकरणको साथ चिह्न लगाएको छ। यो उत्सव कर्नाटक सरकारको राज्यपाल र मुख्यमन्त्रीद्वारा कर्नाटकको आधिकारिक झण्डा फहराएर[५] विभिन्न सामुदायिक उत्सवहरू गरेर मनाउने गरिन्छ। [६]

इतिहास[सम्पादन गर्नुहोस्]

अलरू वेङ्कट राव पहिलो व्यक्ति थिए जसले सन् १९०५ को सुरुमा कर्नाटक एकीकरण आन्दोलनमा राज्यको एकीकरण गर्ने सपना देखेका थिए। [५] सन् १९५० मा, भारत गणतन्त्र भएको थियो र विशेष प्रदेशमा बोल्ने भाषाको आधारमा देशमा विभिन्न प्रान्तहरू गठन गरियो र यसले दक्षिण भारतमा विभिन्न ठाउँहरू सहित मैसूर राज्यलाई जन्म दियो जुन पहिले राजाहरूले शासन गरेका थिए। [४] सन् १९५६ नोभेम्बर १ मा, मैसूर राज्यका पूर्वी राज्य र मैसूर राज्यको अधिकांश क्षेत्रलाई बम्बेमद्रास रियासतको कन्नड भाषी इलाकामा गाभियो र हैदराबादको रियासत पनि एकीकृत कन्नड निर्माण गर्नका लागि गाभिएको थियो। उत्तर कर्नाटक, मालनाड (क्यानारा) र पुरानो मैसूर नयाँ गठित मैसूर राज्यको तीन क्षेत्रहरू थिए।[स्रोत नखुलेको]

भर्खरै एकीकृत राज्यले सुरुमा 'मैसूर' नाम राख्यो जुन पहिलेको रियासतको नाम थियो जसले नयाँ एकाइको मूल गठन गर्‍यो[७] तर उत्तर कर्नाटकका जनताले मैसूर नाम राख्नु भनेनन् किनभने यो पहिलेको रियासत र नयाँ राज्यको दक्षिणी क्षेत्रसँग सम्बन्धित थियो। यस तर्कको सन्दर्भमा, सन् १९७३ नोभेम्बर १ मा राज्यको नाम परिवर्तन गरि "कर्नाटक" राखियो। यो महत्वपूर्ण निर्णय लिदा देवराज अर्स राज्यका मुख्यमन्त्री थिए। [८] कर्नाटकको एकीकरणको लागि श्रेय दिएका अन्य व्यक्तिहरूमा के. शिवराम करन्त, कुभेम्पु, मस्ती वेङ्कटेस अय्यङ्गर, एएन कृष्ण राव र बिएम श्रीकान्तैया जस्ता साहित्यकारहरू पर्छन् । [५]

कर्नाटक राज्योत्सवको उत्सव[सम्पादन गर्नुहोस्]

कन्नड झण्डा, कन्नड संस्कृतिको प्रतीकको रूपमा प्रयोग

राज्योत्सव दिवस कर्नाटक राज्य भरमा ठूलो खुशी र उल्लासका साथ मनाइन्छ। राज्यको विभिन्न रणनीतिक स्थानहरूमा रातो र पहेँलो कन्नड झण्डा फहराएपछि र कन्नड गान ('जय भारतठा जननिय तनुजाते') बजाउँदा सम्पूर्ण राज्यले यो दिन उत्सवको रूपमा हेर्दछन्। [९] राज्योत्सवको झण्डा राजनीतिक दलका कार्यालयहरू र धेरै इलाकामा फहराइन्छ साथै विभिन्न क्षेत्रका कन्नड युवाहरूले सवारी साधनमा जुलुस निकाल्छन्। [१०] यस राज्योत्सवमा हिन्दु, मुस्लिम [११] र इसाईहरूले पनि मनाउँछन्। [१२] [१३]

सरकारी जुलुस[सम्पादन गर्नुहोस्]

राज्य सरकारले यस दिन राज्योत्सव पुरस्कारहरू वितरण गर्ने गर्छ, जसले कर्नाटकको विकासमा स्तरीय र महत्वपूर्ण योगदानका लागि जिम्मेवार व्यक्तिहरुलाई सम्मान गरिन्छ। [४] राज्यका मुख्यमन्त्रीले सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्छन् जुन सामान्यतया बेङ्गलोरको कान्तिरभा रङ्गशालामा गरिन्छ। [१०] पुरस्कार विभिन्न राष्ट्रिय खेलहरूमा पदक जित्ने विद्यार्थीहरूलाई प्रदान गरिन्छ। [१४]

सजाएको गाडीमा देवी भुवनेश्वरीको फोटो झुण्डाएर बहुरङ्गी जुलुससहित उत्सव मनाइन्छ। [१५] नाटक, परम्परागत नृत्य र शास्त्रीय कर्नाटक सङ्गीतका क्षेत्रहरूका लोक कलाकारहरूको प्रदर्शनबाट रङ्गीन जुलुस पनि समुयुकृत गरिन्छ। [४]

निजी प्रतिष्ठानहरू[सम्पादन गर्नुहोस्]

अटो रिक्शा र अन्य सवारीहरू पहेँलो र रातो विषयवस्तुद्वारा सजाइएको छ जुन कन्नड झण्डालाई जनाउँछ

नोभेम्बर १ का दिन सार्वजनिक बिदा हुने भएकोले, यो हप्ताको निम्न दिनहरूमा व्यावसायिक प्रतिष्ठानहरूमा मनाइन्छ। बेङ्गलोर सहर भरि लगभग सबै कार्यालय र व्यापार प्रतिष्ठानमा कन्नड झण्डा देखिने गरी झण्डोतलन र प्रदर्शित गरिन्छ। [१०] धेरै आइटी कम्पनीहरूको मुख्य केन्द्र भएको हुनाले, [१६] बेङ्गलोरका प्रमुख व्यापारिक फर्महरू जस्तै टिसिएस, आइबिएम, थमसन रायटर, विप्रो, रबर्ट बोस, एसएपी ल्याब, [१७] एक्सेन्चर, अल्काटेल-लुसेन्ट [१८]इन्फोसिसका[१९] कर्मचारीहरूलाई सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गर्न प्रोत्साहित गर्ने गर्छन्। आइटी भीडले कार्यस्थलमा कन्नड प्रारूप भएको जर्सी लगाएर उनीहरू उत्सवप्रति समर्थन देखाउँछन्।[२०]शैक्षिक संस्थाहरूले पनि विद्यालयहरूमा झण्डा फहराउने र नादगिठेको प्रस्तुतीकरण गरि त्यस्ता कार्यक्रमहरू आयोजना गर्दछन्। [२१] [२२]

गैर-निवासी कन्नडेली[सम्पादन गर्नुहोस्]

कर्नाटक बाहेक, भारतको महत्वपूर्ण कन्नडेली जनसङ्ख्या भएको स्थानहरू जस्तै मुम्बई, नयाँ दिल्ली, [२३] गुरुग्राम [२४]चेन्नईमा यो उत्सव मनाइन्छ।[२५] भारत बाहेक विदेशमा रहेका कन्नड सङ्गठनहरूले संयुक्त राज्य अमेरिका, [२६] ब्रिटेन, सिङ्गापुर, [२७] दुबई, [२८] कतार, [२९] मस्कट, [३०] दक्षिण कोरिया, [३१] अस्ट्रेलिया, [३२] न्युजिल्यान्ड, [३३] स्कटल्यान्ड, [३४] आयरल्यान्ड, [३५] नेदरल्यान्ड [३६]जर्मनीमा समेत यो उत्सव मनाउने गर्छन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dubai: Karnataka Sangha Celebrates Karnataka Rajyotsava daijiworld.com
  2. Rajyotsava award list soars to 90 The Times of India 31 October 2008
  3. "Kannadigas celebrate Karnataka Rajyotsava on Nov 1" news.oneindia.in
  4. ४.० ४.१ ४.२ ४.३ Festivals of India – Rajyotsava Day www.festivalsofindia.in
  5. ५.० ५.१ ५.२ Karnataka Governor greets people ahead of 'Rajyotsava Day' IBN Live
  6. ‘Sacrifice of Kannadigas should be remembered' The Hindu
  7. Karnataka – A brief profile » Kannada Rajyotsava
  8. Bourah, Maitreyee (2 November 2010) In the dark about Rajyotsava in Bangalore DNA
  9. Rajyotsava celebrations delayed The Times of India, 1 November 2007
  10. १०.० १०.१ १०.२ The Hindu – Bangalore celebrates State's 55th birthday
  11. Muslim youth celebrate Kannada Rajyotsava in Tumkur वेब्याक मेसिन अभिलेखिकरण ३ डिसेम्बर २०१३ मिति
  12. Bangalore: Rajyotsava Celebrations at St Francis Xavier Cathedral www.daijiworld.com
  13. Christians celebrate Rajyotsava The Hindu 3 November 2005
  14. 53rd Kannada Rajyotsava celebrations The Hindu 2 November 2008
  15. Minister Ramdas hoists Kannada flag on Karnataka Rajyotsava The Hindu
  16. Information Technology in Karnataka www.karnataka.com
  17. SAP Labsನಲ್ಲಿ ನಾಡ ಹಬ್ಬ वेब्याक मेसिन अभिलेखिकरण २५ अप्रिल २०१२ मिति
  18. ಅಲ್ಕಟೆಲ್ ಲ್ಯೂಸೆಂಟ್ ನಲ್ಲಿ ನಾಡಹಬ್ಬ kannada.oneindia.in
  19. Rajyotsava at Infosys The Hindu 29 November 2008
  20. On Rajyotsava, say ‘Kannada Baruthe’ वेब्याक मेसिन अभिलेखिकरण २८ अक्टोबर २०११ मिति
  21. Karnataka Rajyotsava at Gopalan International School schools.papyrusclubs.com
  22. Mohan Kumar, BN (2 November 2010) 55th Kannada Rajyotsava celebrations DNA
  23. Karnataka Rajyotsava celebrated in New Delhi Yahoo! 1 November 2010
  24. ಗುರ್‌ಗಾಂವ್‌ನಲ್ಲಿ ಕರ್ನಾಟಕ ರಾಜ್ಯೋತ್ಸವ ಆಚರಣೆ (in Kannada) kannada.oneindia.in
  25. Rajyotsava celebrations conducted in Chennai www.naavi.org
  26. ಸಿಯಾಟಲ್ ನಲ್ಲಿ ದೀಪಾವಳಿ ಮತ್ತು ರಾಜ್ಯೋತ್ಸವ (in Kannada) kannada.oneindia.in
  27. ಸಿಂಗಪುರದಲ್ಲಿ ಕನ್ನಡ ರಾಜ್ಯೋತ್ಸವದ ಸಿಂಗಾರ (in Kannada) kannada.oneindia.in
  28. "Kannada Koota UAE to Celebrate Kannada Rajyotsava on Nov 13" www.daijiworld.com
  29. Doha: Karnataka Sangha Qatar to Celebrate Rajyotsava Day www.daijiworld.com
  30. Gurukiran enthrals audience at Rajyotsava celebrations in Muscat www.coastaldigest.com
  31. ಕೊರಿಯ ಕನ್ನಡ ಕೂಟದ ಕನ್ನಡ ಕರೆಯೋಲೆ (in Kannada) kannada.oneindia.in
  32. ಅಡಿಲೇಡ್ ಕನ್ನಡಿಗರ ಸಂಭ್ರಮದ ರಾಜ್ಯೋತ್ಸವ (in Kannada) kannada.oneindia.in
  33. ರಾಜ್ಯೋತ್ಸವ : ನ್ಯೂಜಿಲೆಂಡ್ ಕನ್ನಡಿಗರಿಂದ ರಕ್ತದಾನ (in Kannada) kannada.oneindia.in
  34. ಸ್ಕಾಟ್ಲಂಡ್ ಕರ್ನಾಟಕ ಸಂಘದ ಕನ್ನಡ ಡಿಂಡಿಮ (in Kannada) kannada.oneindia.in
  35. ಐರಿಶ್ ಕನ್ನಡಿಗರ ಹಬ್ಬ 2010 (in Kannada) kannada.oneindia.in
  36. [१]