जीत गाङ्गुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जीत गाङ्गुली
চন্দ্রজিৎ গাঙ্গুলী
२०१३ मा आशिकी २को सङ्गीत समारोहमा जीत गाङ्गुली (बायाँ)
व्यक्तिगत विवरण
वास्तविक नामचन्द्रजीत गाङ्गुली
जन्म (1977-05-24) २४ मे १९७७ (उमेर ४६)
मुम्बई, महाराष्ट्र, भारत[१]
उत्पत्तिबरानगर, कोलकाता
पेशा
सक्रिय वर्षसन् २००१–वर्तमान
लेबलसोनी म्युजिक, टी-सीरीज, सारेगामा

जीत गाङ्गुली (जन्म चन्द्रजीत गाङ्गुली, बङ्गाली : চন্দ্রজিৎ গাঙ্গুলী २४ मे १९७७),[२][३] एक भारतीय सङ्गीतकारगायक हुन्। उनले धेरै हिन्दीबङ्गाली चलचित्रहरूमा सङ्गीत दिएका छन्। उनी मुख्य रूपले आशिकी २ मा सङ्गीतको कारण लोकप्रिय बनेका थिए। यसका साथै उनले तेरे लिए, मेरे यार की शादी है, मिस्टर एक्स जस्ता चलचित्रहरूमा सङ्गीत दिएका थिए।[४].[५]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

गाङ्गुलीले साङ्गीतिक यात्रा तीन वर्षको उमेरमा सुरु गरेका थिए। उनी बरानगर रामकृष्ण मिशन आश्रम उच्च विद्यालयका विद्यार्थी थिए,[१] जहाँबाट उनले आफ्नो विद्यालय शिक्षा पुरा गरेका थिए। पछि उनले कलकत्ता विश्वविद्यालयबाट स्नातक हासिल गरेका थिए। उनी आफ्नो पिता काली गाङ्गुली र उनको फुपु शिबानी रायचौधरीको मार्गदर्शनमा भारतीय शास्त्रीय सङ्गीतमा प्रशिक्षित छन्। उनले ज्याज गितार वादक कार्लटन किट्टोसँग पश्चिमी शास्त्रीय सङ्गीत, ज्याज र रकको अध्ययन गरेका थिए।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

गाङ्गुलीको विवाह चन्द्रानी गाङ्गुलीसँग भएको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "जीत गंगुली की जीवनी" 
  2. २.० २.१ "जीत गांगुली हाइट, वजन, आयु, जीवनी, विकी, पत्नी, परिवार, प्रोफ़ाइल" 
  3. "Composer Jeet Ganguly made a comeback in Bollywood", Ibnlive, अन्तिम पहुँच १० मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-२४ मिति
  4. "Composer Jeet Ganguly made a comeback in Bollywood", Ibnlive, अन्तिम पहुँच १० मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०१-२४ मिति
  5. "Music Composer Jeet Ganguly", Bollywood Hungama, अन्तिम पहुँच १० मार्च २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]