विकिपिडिया:विकिमिडिया फाउन्डेसन निर्वाचन २०२१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिमिडिया फाउन्डेसन एक गैरनाफामुलक संस्था हो। यसले विभिन्न विकिमिडिया परियोजनाहरूको सञ्चालन तथा रेखदेख गर्दछ। यसले विकिमिडिया परियोजनाहरूको वृद्धि विकासको लागि प्राविधिक समर्थन, स्वयंसेवक र सम्बद्ध व्यक्तिहरूलाई संसाधनहरू प्रदान गर्दछ।

विकिमिडिया फाउन्डेसनका ट्रस्टीहरूको एक समूह हुन्छ जसले अन्तिम कर्पोरेट अधिकारको रूपमा र यसको कामको निरीक्षण गर्दछ। बोर्डले फाउन्डेसनका लागि एक वर्षमा विभिन्न प्रोजेक्टहरू, क्षेत्रहरू र समुदायहरूको लागि समर्थनका बारे निर्णय लिन महत्वपूर्ण मानिने फाउन्डेसनको वार्षिक योजनाको पनि निरीक्षण गर्दछ।

२०२१ सामुदायिक सीटहरूको लागि बोर्ड निर्वाचन[सम्पादन गर्नुहोस्]

२००८ देखि बोर्डमा दसजना ट्रस्टीहरू थिए। यो सङ्ख्या हालसालै बढेर १६ जना भएको छ। आठ सीटहरू समुदाय तथा सम्बद्ध प्रक्रियाहरू मार्फत चयन गरिएका छन्, जसमध्ये संस्थापक सीटबाट एकजना जिम्मी वेल्स हुन् र बाँकी सात सीटहरूमा बोर्डद्वारा नियुक्ति गरिन्छ। यस निर्वाचनबाट चार जना ट्रस्टीहरू चयन हुनेछन् र बाँकी चार जना २०२२ मा चयन हुनेछन्।

विकिमिडिया फाउन्डेसनको १५ बर्षको इतिहासमा अहिलेसम्म दक्षिण एसिया क्षेत्रबाट कोही कसैले पनि बोर्डमा सेवा गर्ने मौका पाएका छैनन्। यसबाट विकिमिडिया फाउन्डेसनको उच्च-स्तरीय कार्यकारी संरचनाहरूमा हाम्रो जस्तो समुदाय र क्षेत्रबाट प्रतिनिधित्वमा प्रत्यक्ष प्रभाव पारेको छ।

कृपया तल निर्वाचनको समय सीमा हेर्नुहोस् र यसमा कसरी सहभागी हुन सक्नुहुन्छ भन्ने कुरा निर्धारण गर्नुहोस्।

  • जुन ६-२९: उम्मेदवारीको लागि आह्वान
  • जुलाई २: पुष्टि भएका उम्मेदवारहरूको घोषणा
  • जुलाई ७ - अगस्ट ३: उम्मेदवार प्रचार अभियान
  • अगस्ट ४-१७: समुदायद्वारा मतदान
  • अगस्ट २५: मत परिणामको घोषणा

मतदान सम्बन्धी जानकारी[सम्पादन गर्नुहोस्]

तपाईँले विकिमिडिया विकीमा दर्ता भएको कुनै एक खाताबाट मतदान गर्न सक्नुहुन्छ। तपाईले जतिवटा खाताहरू भएता पनि तपाईले जम्मा एक पटक मात्र मतदान गर्न सक्नुहुन्छ। मतदानको लागि योग्य हुन निम्न मापदण्डहरू पुरा भएको हुनु पर्छ:

  • एक भन्दा बढी परियोजनाहरूमा निषेध गरिएको हुनुहुँदैन;
  • बोट हुनुहुँदैन;
  • ५ जुलाई २०२१ सम्म सबै विकीमा कम्तीमा ३०० सम्पादन गरेको हुनुपर्नेछ;
  • ५ जनवरी २०२१ देखि ५ जुलाई २०२१ सम्मको अवधिमा कम्तीमा पनि २० सम्पादन गरेको हुनुपर्नेछ।


योग्यता मापन उपकरणको माध्यमबाट तपाईँले आफ्नो योग्याता जाँच गर्न सक्नुहुन्छ।

नोट: यदि तपाईँ अहिलेसम्ममा योग्य हुनुहुन्न भने ५ जुलाई आउन अझै समय बाँकी छ, आजैबाट विकिमिडिया परियोजनाहरूमा योगदान गर्न सुरु गरेर आफुलाई योग्य बनाउनुहोस्।

उम्मेदवारहरू[सम्पादन गर्नुहोस्]

हालका सबै उम्मेदवारहरू यहाँ हेर्न सक्नुहुन्छ।

यदि तपाईँसँग कुनै प्रश्नहरू छन् भने कृपया निर्वाचन स्वयंसेवक वा सुविधाकर्तालाई सम्पर्क गर्नुहोस् वा वार्तालाप पृष्ठमा लेख्नुहोस्।