तिएनआनमेन चोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

थ्यानआनमन चोक (/ˈtjɛnənmən/;[१] 天安门, Pinyin: Tiān'ānmén; Wade–Giles: Tʻien1-an1-mên2) चीनको बेइजिङ्गको सिटि सेन्टरको एक चोक हो । यसको नाम थ्यानआनमन ("स्वर्गीय शान्ति को द्वार") बात राखिएको थियो। यसको उत्तरमा फरबिडन सिटी छ। चोकमा पिपल्स हिरोको स्मारक. ग्रेट हाल अफ पिपल, चीनको राष्ट्रिय संग्राहलय र माओ त्से तुङ्को समाधी छ । माओ त्से तुङ्ले १ अक्टोबर १९४९ मा यसै चोकबाट जनवादी गणतन्त्र चीनको घोषणा गरेका थिए , यस घटनाको वार्षिकोत्सव अझै पनि त्यहाँ मनाइन्छ। [२] थ्यानआनमन चोकको आकार ७६५ x २८२ मिटर (२१५,७३० मीटर वा ५३,३१ एकड ) छ। [३] यो चिनियाँ इतिहासको धेरै महत्वपूर्ण घटनाहरूको स्थल भएकाले यसको ठूलो सांस्कृतिक महत्व छ।

चीनबाहिर, चोकलाई सन् १९८९ को प्रदर्शनको कारण परिचित छ। यो प्रदर्शन सैन्य दमनबाट समाप्त भयो, यसलाई थ्यानआनमन चोक नरसंहार वा जून चौथो नरसंहार पनि भनिन्छ। [४] [५] [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ढाँचा:Lexico
  2. The Columbia Encyclopedia, 6th ed
  3. "Tiananmen Square incident", Britannica, अन्तिम पहुँच ११ फेब्रुअरी २०२१ 
  4. Miles, James (२ जुन २००९), "Tiananmen killings: Were the media right?", BBC News, अन्तिम पहुँच ३ नोभेम्बर २०१० 
  5. Wong, Jan (1997) Red China Blues, Random House, p. 278, आइएसबिएन ०३८५४८२३२९.
  6. "Tiananmen Square protest death toll 'was 10,000'", BBC News, २३ डिसेम्बर २०१७, अन्तिम पहुँच ३ जुन २०१९