युरोपेली कर्जा सङ्कट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख युरोपेली देशहरूमा विगत १० वर्षमा ब्याज दर वृद्धि

युरोपेली कर्जा सङ्कट (अङ्ग्रेजी: European debt crisis) (प्राय: युरोजोन सङ्कट वा युरोपेली सार्वभौम ऋण सङ्कट पनि भनिन्छ) युरोपेली सङ्घमा सन् २००९ को अन्त्यदेखि सुरु भएको बहुवर्षीय कर्जा सङ्कट हो। कयौं युरोजोन सदस्य राज्यहरू (ग्रिस, पोर्चुगल, आयरल्यान्ड, स्पेनसाइप्रस) आफ्नो सरकारी कर्जा चुकाउन वा वित्त-पोषण गर्न असफल भए र  अन्य युरोजोन सदस्य राष्ट्रहरू (विशेष गरि फ्रान्सजर्मनी), युरोपेली केन्द्रिय बैंक, र अन्तर्राष्ट्रिय मुद्रा कोषले उनीहरूलाई जोगाउन ऋण जमानत दियो।  

सन् २००९ को उत्तरार्धमा ग्रिसमा युरोपेली सङ्कट ग्रिसबाट सुरु भएको थियो र एक पछि अर्को युरोपेली मुलुकहरू यसको चपेटामा आएका थिए। यी देशहरूको बजेट घाटा अनियन्त्रित ढङ्गले बढिरहेको छ। सन् २०१५ जुनमा ग्रिसको टाट पल्टियो र अरू धेरै देशहरू कङ्गाल हुने अवस्थामा छन्। यो सङ्कट ग्रिस, आयरल्यान्ड, इटाली, स्पेन, पोर्चुगल आदिलाई प्रभावित गरेको छ, जसको बजेट घाटा र ऋण ज्यादै बढी छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]