सिसडोल ल्यान्डफिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिसडोल ल्यान्डफिल साइट काठमाण्डौ, ललितपुर, भक्तपुर, ककनी, र बनेपा नगरपालिकाको ठोस फोहोर फाल्ने स्थान हो। यो नेपालको सबैभन्दा ठूलो डम्पिङ साइट हो। यहाँ दैनिक १००० टन ठोस फोहोर फालिन्छ। यो ल्यान्डफिल साइट नुवाकोट जिल्लाको ककनी गाउँ नगरपालिका (पहिलेको औखरपौवा गाउँ विकास समिति) मा अवस्थित छ । [१]

यो ल्यान्डफिल साइटको क्षेत्रफल १५ हेक्टर छ। दुई हेक्टर जमिन फिलिङ (भर्न ) को लागि प्रयोग गरिन्छ; १२ हेक्टर एक बफर (मध्यवर्ती क्षेत्र)को रूपमा प्रयोग गरिन्छ र बाँकी १ हेक्टर अन्य सुविधाहरूको लागि प्रयोग गरिन्छ। ल्यान्डफिल साइट क्रमशः १६६,०८५ र १०९,९१० क्युबिक मिटरको क्षमताका दुई उपत्यकाहरू छन्।[२]

विभिन्न सहरहरूबाट फोहोर पहिले टेकु स्थानान्तरण स्टेसनमा सङ्कलन गरिन्छ।[३] स्टेसनबाट, फोहोर सिसडोल पठाइन्छ। सिसडोलमा लगभग ६०% फोहोर जैविक हुन्छ। पुन: प्रयोज्य फोहोर फिर्ता ल्याइन्छ र पुनर्चक्रण उद्योगहरूमा बेचिन्छ। [४] डम्प अर्ध एरोबिक अवस्थामा भरिएको छ।[५]

वातावरण र सामाजिक चिन्ता[सम्पादन गर्नुहोस्]

नेपाल सरकारले ल्यान्डफिल साइट जुन २००५ मा अस्थायी स्थानको रूपमा स्थानीयहरूबाट दुई बर्षको लागि भाडामा लिएको थियो। यद्यपि, सरकारले लिजको म्याद सकिए पछि पनि जग्गा प्रयोग गर्न जारी राखेको छ। अत्यधिक प्रयोगको कारण, नजिकैको ४०-५० रोपनी जग्गा बेकार भएको छ। यसले समय समयमा स्थानीय र सरकार बिच धेरै झडप निम्त्याएको छ जसको परिणामस्वरूप हड्ताल र डम्पिङ साइटमा स्थानमा सवारी साधन आवागमन बन्द हुने गर्छ ।[६]

सन् २००७ मा , सरकारले एक स्थायी ल्यान्डफिल साइट बनाउनको लागि सिसडोल ल्यान्डफिल साइटबाट दुई किलोमिटर दक्षिण बञ्चरेडाँडा (बन्चरेडाँडा) मा ७९२ रोपनी जग्गा किनेको थियो। [७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Human waste coexistence in Sisdol landfill site and its impacts", OnlineKhabar English News, मूलबाट २०२१-०३-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०३-२९ 
  2. Thapa, Bijay; KC, Ajay (२०११-०१-०१), Solid waste management at landfill sites of Nepal 4, पृ: 164–166, डिओआई:10.17485/ijst/2011/v4i3/29956 
  3. Urban Development Ministry321(Unofficial translation)Solid Waste Management of Kathmandu Metropolitan City Environment Audit Report, 2015, Urban Development Ministry। 
  4. Rasaili, Shahin Sunuwar, "Sisdol: Landfill site holding one-third population's waste", My Republica, मूलबाट २०२१-०३-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०३-२९ 
  5. Environmental Monitoring at Sisdol Landfill Site 
  6. Shrestha, Shankar; Maharjan, Monica; Khatiwada, Nawa Raj; Thapa, Bijay (२०२०-०७-१६), "Leachate Characterization and Management at Sisdol Landfill Site in Nepal", Journal of Development Innovations 4 (1): 119–132, आइएसएसएन 2371-9540, मूलबाट २०२०-१०-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०३-२९ 
  7. Sen, Sandeep (२०१९-०७-०१), "Irate locals obstruct garbage vehicles at Sisdol landfill site", The Himalayan Times, मूलबाट २०२०-११-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०३-२९