नवीन पोलिशेट्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवीन पोलिशेट्टी
२०१९ मा एक प्रेस सम्मेलनमा पोलिशेट्टी
जन्म (1989-12-26) २६ डिसेम्बर १९८९ (उमेर ३४)[१][२]
हैदराबाद, आन्ध्र प्रदेश (अब तेलङ्गाना), भारत[३]
मातृ शिक्षाप्रतिष्ठानएनआइटी भोपाल
पेशा
  • अभिनेता
  • पटकथा लेखक
कार्यकाल२०१२–वर्तमान

नवीन पोलिशेट्टी (जन्म: २६ डिसेम्बर १९८९) एक भारतीय अभिनेता र पटकथा लेखक हुन् जो तेलुगुहिन्दी चलचित्रहरूमा काम गर्छन्। पोलिशेट्टीले एजेन्ट साई श्रीनिवास अथरेया (२०१९) बाट मुख्य भूमिकामा पदार्पण गरेका थिए, जसको लागि उनले जी सिने पुरस्कार तेलुगु – वर्षको सर्वश्रेष्ठ खोज प्राप्त गरेका थिए। उनले पछि छिछोरे (२०१९) बाट हिन्दी चलचित्रमा पदार्पण गरेका थिए। २०२१ मा, उनले हास्य चलचित्र जाति रत्नालु मा अभिनय गरेका थिए, जुन बक्स अफिसमा एक प्रमुख सफल चलचित्रको रूपमा उभिएको थियो।[४]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

नवीन पोलिशेट्टीको जन्म तेलङ्गाना, भारतको हैदराबादमा भएको थियो। उनका बुवा औषधि व्यवसायमा छन् जबकि उनकी आमा एक बैंक कर्मचारी हुन्। उनले मौलाना आजाद राष्ट्रिय प्राविधिक संस्थान (अन्यथा एनआइटी भोपाल) बाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका थिए र पुणेमा एक सफ्टवेयर फर्म मा सामेल भएका थिए। उनी पछि इङ्ल्यान्ड गएका थिए र अभिनयमा पूर्ण समय करियर बनाउनको लागि फर्केका थिए। उनले रङ्गमञ्चमा काम गर्न थालेका थिए र धेरै नाटकहरुमा प्रदर्शन गरेका थिए।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Naveen Polishetty's look from 'Jathi Ratnalu' released - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-१० 
  2. "Naveen Polishetty is on a signing spree! - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-१० 
  3. ३.० ३.१ "Focus Light: Naveen Polishetty - Telugu cinema news", www.idlebrain.com, २०१५-०७-०५, मूलबाट १३ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०७-१५ 
  4. "Jathi Ratnalu Day 7 Collections: Naveen Polishetty Movie Continues To Dominate Highest Grossing Films Of 2021", Sakshi Post, २०२१-०३-१८, अन्तिम पहुँच २०२१-०३-१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]