बेन बर्नान्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेन बर्नान्की
Ben Bernanke
फेडरल रिजर्भको १४औं अध्यक्ष
कार्यकाल
२००६ फेब्रुअरी १ – २०१४ जनवरी ३१
राष्ट्रपतिजर्ज डब्लू बुस
बराक ओबामा
सहायकRoger Ferguson
Donald Kohn
जेनेट एलन
पूर्वाधिकारीAlan Greenspan
उतराधिकारीजेनेट एलन
फेडरल रिजर्भको संचालक समितिको सदस्य
कार्यकाल
२००६ फेब्रुअरी १ – २०१४ जनवरी ३१
नामाङ्कन कर्ताजर्ज डब्लू बुस
पूर्वाधिकारीAlan Greenspan
उतराधिकारीStanley Fischer
कार्यकाल
२००२ जुलाई ३१ – २००५ जुन २१
नामाङ्कन कर्ताजर्ज डब्लू बुस
पूर्वाधिकारीमाइक केली
उतराधिकारीKevin Warsh

बेन स्यालोम बर्नान्की [१] ( /bərˈnæŋki/ bər-NANG-kee ; जन्म: १९५३ डिसेम्बर १३ ) ब्रोकिङ्स संस्था (Brookings Institution) मा एक अमेरिकी अर्थशास्त्री हुन् [२] उनले २००६ देखि २०१४ सम्म फेडरल रिजर्वको अध्यक्षको रुपमा दुई कार्यकाल काम गरे। [३] अध्यक्षको रूपमा उनको कार्यकालको दौरान, बर्नान्कीलाई २००७-२००८ को वित्तीय सङ्कटमा फेडरल रिजर्वको प्रतिक्रियाको लागि चिनिन्छ र त्यसको लागि उनी उनी सन् २००९ मा टाइम (वर्ष व्यक्ति (पर्सन अफ द इयर) मनोनित भए। [३] फेडरल रिजर्भको अध्यक्ष बन्नु भन्दा पहिले, बर्नान्की प्रिन्स्टन विश्वविद्यालयमा एक प्राध्यापक प्रोफेसर थिए र सन् १९९६ देखि २००२ सेप्टेम्बर सम्म अर्थशास्त्र विभागको प्रमुख थिए र उनी सार्वजनिक सेवाबाट निवृत भए। [३]

अमेरिकी फेडरल रिजर्वको अध्यक्ष[सम्पादन गर्नुहोस्]

Bernanke testifying before the House Financial Services Committee responding to a question on February 10, 2009.

२००६ फेब्रुअरी १ मा, बर्नान्कीले फेडरल रिजर्भको सञ्चालक समितिको सदस्यको १४ वर्षे कार्यकाल र अध्यक्षको चार वर्षे कार्यकाल (२००५को उत्तारार्धमा राष्ट्रपति बुसद्वारा मनोनित भएपछी) सुरु गरे।[४] उनको अध्यक्ष्यताको कार्य स्वरुप, उनले वित्तीय स्थिरता निरीक्षण बोर्ड (Financial Stability Oversight Board) गठन गरे जसले संकटग्रस्त सम्पत्ति राहत कार्यक्रम Troubled Asset Relief Program सुपरिवेक्षण गर्छ। उनले संघीय खुला बजार समिति (Federal Open Market Committee) को अध्यक्ष भएर काम गरे। यो समिति प्रणालीको मुख्य मौद्रिक नीति निर्माण गर्ने अंग हो।

अध्यक्षको रुपमा उनको चार महिना मिडियासंग सम्पर्कमा कठिनाइले चिनिन्छ। बर्नान्की फेडरल रिजर्भ नीत अझै पारदर्शी र ग्रिनस्प्यानको भन्दा पनि स्पष्ट वक्ताका पक्षधर थिए। उनले स्टक बजारलाई प्रभावित गर्ने जस्ता मुद्रास्फीति उद्देश्यको समर्थन गर्ने आफ्नो बिचार फिर्‍ता लिनु परेको थियो। [५] Maria Bartiromo disclosed on CNBC comments from their private conversation at the White House Correspondents' Association Dinner.[६] She reported that Bernanke said investors had misinterpreted his comments as indicating that he was "dovish" on inflation. He was sharply criticized for making public statements about Fed direction, which he said was a "lapse in judgment."

२००७-२००८ को वित्तीय सङ्कट[सम्पादन गर्नुहोस्]

Bernanke (left) in September 2008 as President Bush speaks about the economy

ठूलो आर्थिक शिथिलता गहिरिएसंगै, बर्नान्कीले केही अपराम्परागत उपायहरूको प्रयोग गरे। उनको मार्गदर्शनमा, फेडरल रिजर्भले कोष ब्याज दर ५.२५% बाट ०.०% मा एक वर्ष भन्दा कम अवधीमा झार्यो । जब यसलाई तरलता सङ्कट कम गर्न अपर्याप्त ठानियो, फेडरल रिजर्भ ले मात्रात्मक सहजता (quantitative easing) प्रारम्भ गर्यो , २००८ नोबेम्बर देखि २०१० जुन सम्म $१.३ त्रिलियन सिर्जना गर्यो र सिर्जना गरिएको पैसा बैंक र सरकारबाट वित्तीय सम्पत्ति खरिद गर्न उपयोग गरियो।

दोस्रो कार्यकाल[सम्पादन गर्नुहोस्]

Bernanke answers questions in 2013 at FOMC press conference

२००९ अगस्ट २५ मा, राष्ट्रपति ओबामाले बर्नान्कीलाई फेडरल रिजर्भको अध्यक्षको दोस्रो कार्यकालको लागि मनोनयन गर्ने घोषणा गरे। [७] बेन बर्नान्कीसंगै उभिएर मार्था भिनेयार्डको छोटो वक्तव्यमा, ओबामाले बर्नान्कीको पृष्ठभूमि, स्वभाव, मनोवृति, साहस र सिर्जनशीलताले २००८ मा अर्को महामन्दी हुन बाट जोगाउन मद्दत गरेको बताएका थिए। [८] २००९ डिसेम्बर ३ मा जब सिनेट बैंकिङ कमिटिमा उनको मनोनयनमा सुनुवाई सुरु भयो, दुवै पार्टीका धेरै सिनेटरहरूले दोस्रो कार्यकालको लागि समर्थन नगर्ने सङ्केत गरेका थिए। [९][१०][११][१२][१३][१४]

यद्यपि, २०१० जनवरी २८ मा, बर्नान्कीले अध्यक्षको रुपमा दोस्रो कार्यकालको लागि सिनेटको विश्वास पाए। उनको पक्षमा पूर्ण सिनेटको ७०-३० भोट आएको थियो ,[१५] जुन बहालवाला पदको लागि सबैभन्दा साँघुरो अन्तर थियो। [१६] सिनेटले यो विवाद अन्त्य गर्न ७७-२३ ले मत दियो, बर्नान्कीले ६० भन्दा धेरै लोकप्रिय मत पाए [१७] दोस्रो पटकको मतदानमा उनको बिरोध ३० मत आयो; जुन ११ डेमोक्रेट, १८ रिपब्लिकन र १ स्वतन्त्र मत आएको थियो।[१७]

फेडरल रिजर्भको अध्यक्षमा बर्नान्कीको उत्तराधिकारीको रुपमा जेनेट एलन अध्यक्ष भए, उनी यो पदमा पुग्ने पहिलो महिला थिइन्। एलनको मनोनयन २०१३ अक्टोबर ९ मा राष्ट्रपति बाराक ओबामा द्वारा भएको थियो र २०१४ जनवरी ६ मा अमेरिकी सिनेटले उनको मनोनयन प्रमाणित गर्यो ।[१८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bernanke's first name is Ben, not Benjamin, and "Ben Shalom" is not abbreviated. (See: "Big Ben", Slate, October 24, 2005; see also "Presidential Nomination: Ben Shalom Bernanke", George W. Bush White House, January 2009)
  2. "Federal Reserve Chairman Ben Bernanke to Join Economic Studies at Brookings", Brookings, फेब्रुअरी ३, २०१४, अन्तिम पहुँच फेब्रुअरी ३, २०१४ 
  3. ३.० ३.१ ३.२ Amadeo, Kimberly, "The Great Depression Expert Who Prevented the Second Great Depression", The Balance, अन्तिम पहुँच जुलाई २९, २०२० 
  4. "Ben S. Bernanke", Board of Governors of the Federal Reserve System, मूलबाट जनवरी २४, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३०, २०१०  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १७, २०१४ मिति
  5. Lowenstein, Roger (जनवरी २०, २००८), "The Education of Ben Bernanke", The New York Times Magazine 
  6. Henderson, Nell (मे २४, २००६), "Fed Chief Calls His Remarks A Mistake", The Washington Post, अन्तिम पहुँच जनवरी ३०, २०१० 
  7. Andrews, Edmund L. (अगस्ट २४, २००९), "Obama to Nominate Bernanke to 2nd Term at Fed", The New York Times, अन्तिम पहुँच जुलाई २४, २०१७ 
  8. Hilsenrath, Jon; Williamson, Elizabeth; Weisman, Jonathan (अगस्ट २६, २००९), "Calm in Crisis Won Fed Job", The Wall Street Journal, मूलबाट फेब्रुअरी ४, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३०, २०१० 
  9. "McCain To Oppose Bernanke Reconfirmation", The Huffington Post, जनवरी २४, २०१०, मूलबाट जुन ७, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०११ 
  10. Sloan, Steven, "Senate Vote on Bernanke Confirmation Set for Thursday", Investment Dealers' Digest, मूलबाट फेब्रुअरी ४, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३०, २०१० 
  11. Irwin, Neil; Montgomery, Lori (जनवरी २३, २०१०), "Populist backlash puts Federal Reserve Chairman Ben Bernanke under siege", The Washington Post, अन्तिम पहुँच जनवरी ३०, २०१० 
  12. Chan, Sewell (जनवरी २२, २०१०), "2 Key Senators Oppose a Second Term for Bernanke", The New York Times, पृ: A१, मूलबाट जनवरी २५, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २२, २०१० 
  13. "Release: Sanders Puts Hold on Bernanke", डिसेम्बर २, २००९, मूलबाट फेब्रुअरी ३, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २४, २०१० 
  14. "Senate Dems Not Sure They Can Get Enough Votes to Reconfirm Bernanke", ABC News, जनवरी २१, २०१०, मूलबाट जनवरी २५, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २४, २०१० 
  15. "U.S. Senate Roll Call Vote", U.S. Senate, जनवरी २८, २०१०, मूलबाट फेब्रुअरी ३, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २८, २०१० 
  16. Irwin, Neil (जनवरी २८, २०१०), "Senate confirms Bernanke for second term as Federal Reserve chairman", The New York Times, अन्तिम पहुँच जनवरी २८, २०१० 
  17. १७.० १७.१ Chan, Sewell (जनवरी २८, २०१०), "Bernanke wins a second term, but it's a tepid victory", Houston Chronicle, अन्तिम पहुँच जनवरी २९, २०१० [dead link]
  18. "Janet Yellen Confirmed as Fed Chair", Legal Times, जनवरी ६, २०१४।