आक्सेल वित्सेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आक्सेल वित्सेल
सन् २०१८ को फिफा विश्वकपमा वित्सेल
व्यक्तिगत जानकारी
पुरा नाम आक्सेल लोरेन्त आन्जेल लम्बार्त वित्सेल[१]
जन्म मिति (1989-01-12) १२ जनवरी १९८९ (उमेर ३५)[२]
जन्म स्थान लिएज, बेल्जियम
उचाइ १.८६ मी [३]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
बोरूसिया डर्टमन्ड
सङ्ख्या २८
युवा करियर
सन् १९९५–१९९७ आरआरसी भोतेम
सन् १९९७–१९९९ सेआसे भिजे
सन् १९९९–२००६ स्ताँन्दर लियेज
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००६–२०११ स्ताँन्दर लियेज १४८ (३३)
सन् २०११–२०१२ आसएल बेन्फिका ३२ (१)
सन् २०१२–२०१६ जिनित साङ्क्त पितेरबुर्ग १२२ (१६)
सन् २०१७–२०१८ तिन्जिन तेनहाई ३६ (५)
सन् २०१८– बोरूसिया डर्टमन्ड ६४ (८)
अन्तर्राष्ट्रिय करियर
सन् २००४ १५ वर्ष मुनिको राष्ट्रिय टोली (०)
सन् २००५ १६ वर्ष मुनिको राष्ट्रिय टोली (०)
सन् २००५–२००६ १७ वर्ष मुनिको राष्ट्रिय टोली १९ (०)
सन् २००६–२००७ १८ वर्ष मुनिको राष्ट्रिय टोली (०)
सन् २००६ १९ वर्ष मुनिको राष्ट्रिय टोली (०)
सन् २००७–२००९ २१ वर्ष मुनिको राष्ट्रिय टोली १० (०)
सन् २००८– बेल्जियम १०७ (१०)
सम्मान
पुरुष फुटबल
 बेल्जियमको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
Third place २०१८ रूस
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:५६, ३ अक्टोबर २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ८ सेप्टेम्बर २०२०

आक्सेल लोरेन्त आन्जेल लम्बार्त वित्सेल (जन्म: १२ जनवरी १९८८) एक बेल्जिमी व्यावसायिक फुटबल खेलाडी हुन्। उनी जर्मनेली फुटबल क्लब बोरूसिया डर्टमन्डको लागि व्यावसायिक फुटबल खेल्छन्। बेल्जियम राष्ट्रिय फुटबल टोलीका लागि सुरुवातमा दाँया मध्यपङ्क्तिबाट खेल्न सुरु गरेका वित्सेलले आक्रामक मध्यपङ्क्तिको जिम्मेवारी पनि सम्हालेका थिए। [४]

वित्सेलले सन् २००६ मा स्ताँन्दर लियेज नामक एक स्थानीय फुटबल क्लब मार्फत व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए भने उक्त क्लबसँगको ५ वर्षे आवद्धमा उनले कुल १८३ उपस्थितिहरूमा ४२ गोल गरेका थिए।[५] यी उपस्थितिहरू अन्तर्गत उनले ५ घरेलु प्रतियोगिताहरूमा पनि भाग दिएका थिए।[६] सन् २००८ मा उनले बेल्जियम सुनौलो जुत्ता पनि जित्न सफल भएका थिए।[७][८] स्थानीय क्लबमा ५ वर्ष फुटबल खेलिसकेपछि उनी पुर्तुगाली क्लब बेन्फिकामा आवद्ध भएका थिए जहाँ उनले सन् २०११-१२ सम्ममा कुल ३२ उपस्थितिहरूमा जम्मा १ गोल गरेका थिए। सन् २०१२ मा उनलाई जिनित फुटबल क्लबले उनलाई ४ करोड युरोमा आफ्नो क्लबमा आवद्ध गराएको थियो भने उनले सन् २०१२ देखि सन् २०१६ सम्म उक्त क्लबका लमगि कुल १२२ उपस्थितिहरूमा जम्मा १६ गोल गर्न सफल भएका थिए। वित्सेलले उक्त क्लबमा छँदा ४ पटक सम्मानित भएका थिए भने उनी सन् २०१७ मा चिनियाँ क्लब तिन्जिन तेनहाईमा सरुवा भएका थिए जहाँ उनले १ वर्षे आवद्धमा ३६ उपस्थितिहरूमा कुल ५ गोल गर्न सफल भएका थिए। सन् २०१८ को अगस्ट महिनामा उनी जर्मनी क्लब बोरूसिया डर्टमन्डमा आवद्ध भएका थिए।[९].

वित्सेलले सन् २००४ मा बेल्जियम १५ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल यात्राको सुरुवात गरेका थिए भने त्यस समय उनी मात्र १५ वर्षका थिए। उनले उक्त टोलीका लागि १ उपस्थिति जनाएपछि उनको बेल्जियमको वरिष्ठ टोलीहरूमा पदोन्नति भएको थियो। सन् २००८ मा उनको बेल्जियम राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो भने सन् २०१८ को अन्त्य तिर उनले राष्ट्रका लागि १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेलहरूमा भाग लिएका थिए। उनले सन् २०१४ ब्राजिलमा आयोजित फिफा विश्वकप, सन् २०१६ फ्रान्समा आयोजित युएफा युरोकप र सन् २०१८ रूसमा आयोजित फिफा विश्वकप जस्ता अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा राष्ट्रको प्रतिनिधित्व गरिसकेका छन् भने सन् २०१८ को फिफा विश्वकपमा राष्ट्रिय टोली तेस्रो स्थान हासिल गरेको थियो।[१०]

क्लब खेलजीवन[सम्पादन गर्नुहोस्]

बेन्फिका[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा वित्सेल बेन्फिकाका लागि खेल्दै

सन् २०११ जुलाई १३ का दिन वित्सेलले पुर्तुगाली क्लब बेन्फिकासँग पाँच वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[११] सन् २०११ अगस्ट २४ का दिन आयोजित च्याम्पियन्स लिगको सुरुवात चरणको खेलमा वित्सेलले बेन्फिकाको तर्फबाट त्वेन्ते फुटबल क्लबका विरुद्ध २ गोल गर्न सफल भएका थिए भने उक्त खेल बेन्फिकाले ३-१ को गल अन्तरले हात पारेको थियो।[१२] सन् २०१२ जनवरी ९ का दिन आयोजित तासा दे लिगा नामक एक फुटबल प्रतियोगितामा वित्सेलले भितोरिया फुटबल क्लबका विरुद्ध सुरुवाती गोल गरेका थिए भने उक्त खेल बेन्फिकाले ४-१ गोल अन्तरले जित्न सफल भएको थियो।[१३] बेन्फिकासँगको १ वर्षे बसाइँमा वित्सेलले कुल ३२ उपस्थितिहरू जनाएका थिए।[१४]

जिनित साङ्क्त पितेरबुर्ग[सम्पादन गर्नुहोस्]

सन् २०१२ सेप्टेम्बर ३ का दिन वित्सेलले जिनित साङ्क्त पितेरबुर्ग नामक एक रूसी फुटबल क्लबसँग ४० मिनियन युरोको लागतमा ५ वर्षे आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[१५][१६] सन् १०१२ सेप्टेम्बर १४ का दिन वित्सेलले रूसी प्रिमियर लिगमा उक्त क्लबमा लागि पहिलो खेल आखमात फुटबल क्लबको विरुद्धमा खेलेका थिए तर उक्त खेलमा जिनित २-० गोल अन्तरले पराजित भएको थियो। उनले ३० नोभेम्बरका दिन क्लबका लागि पहिलो दुई गोल गर्न सफल भएका थिए भने उक्त खेल स्पर्ताक मोस्कोभा विरुद्ध लोज्निकी रङ्गशालामा आयोजना गरिएको थियो।[१७] यस खेलमा जिनितले मोस्कोभालाई ४-२ गोल अन्तरले पराजित गर्न सफल भएको थियो। सन् २०१३ मार्च ३० का दिन जिनितले तेरेक गोज्नीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो भने वित्सेलले उक्त खेलमा टोलीका लागि पहिलो अग्रता दिलाएका थिए। [१८]

सन् २०१४ मा वित्सेल जिनितका लागि खेल्दै

सन् २०१४-१५ संस्करणको युएफा च्याम्पियन्स लिगमा जिनितले आधिकारिक रूपमा बेन्फिकाको विरुद्ध पहिलो खेल खेलेको थियो जसलाई सन् २०१४ सेप्टेम्बर १६ का दिन आयोजना गरिएको थियो।[१९] यस खेलमा वित्सेलले जिनितकम लागि दोस्रो गोल गर्दै टोलीको अग्रतालाई बढाउन मद्दत गरेका थिए भने उक्त खेल जिनितले २-० गोल अन्तरले जित्न सफल भएको थियो। समूह चरणको खेलमा तेस्रो स्थान सुरक्षित गरेको जिनितले १६ को चरणको खेलमा पहिलो खेल इटालेली क्लब तोरिनुको विरुद्ध खेलेको थियो जसलाई सन् २०१५ मार्च १२ का दिन आयोजना गरिएको थियो।[२०] यस खेलमा वित्सेलको १ गोलका साथ क्लबले तोरिनुलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो।[२१] २६ अप्रिलका दिन पेत्रोभेस्की रङ्गशालामा आयोजित आर्सिलाउ तुला फुटबल क्लब विरुद्धको खेलमा वित्सेलले जिनितका तर्फबाट खेलको १७औँ मिनेटमा गोल गरेका थिए जुन गोल खेलको निर्णायक गोल बनेको थियो। [२२] सन् २०१५ मे १७ का दिन वित्सेलले उफा फुटबल क्लबको विरुद्ध आयोजित खेल अन्तर्गत खेलको सम्पूर्ण ९० मिनेटसम्म मैदानमा रहेका थिए भने उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो।

सन् २०१५ जुलाई १२ का दिन आयोजित रूसी सुपर कपको खेलमा लोकोमोतिफ मोस्कोभा विरुद्ध खेल १-१ को बराबरीमा टुङ्गिएपछि पेनाल्टी मार्फत जिनितले मोस्कोभालाई ४-२ गोल अन्तरले पराजित गर्न सफल भएको जहाँ वित्सेलले पेनाल्टी मार्फत एक गोल गरेका थिए।[२३]

तिन्जिन तेनहाई[सम्पादन गर्नुहोस्]

सन् २०१७ जनवरी ३ का दिन जिनितले वित्सेल आधिकारिक रूपमा चिनियाँ फुटबल क्लब तिन्जिन तेनहाईमा आवद्ध भएको घोषणा गरेको थियो।[२४] सन् २०१७ मार्च ४ का दिन वित्सेलले तिन्जिनका लागि पहिलो आधिकारिक खेल ग्वानझाउ फुटबल क्लबका विरुद्धमा खेलेका थिए भने उक्त खेलमा तिन्जिनले २-० गोल अन्तरले हार बेहोरेको थियो। उक्त खेलको १ दिन पश्चात् आयोजित चिनियाँ सुपर लिग नामक फुटबलको एक सर्वोच्च लिगमन उनले क्लबका लागि साङ्हाई सेन्हुको विरुद्धमा पहिलो गोल गरेका थिए भने उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो।[२५][२६] उक्त क्लबसँगको १ वर्षे बसाइँमा वित्सेलले क्लबका लागि कुल ३६ उपस्थितिहरूमा जम्मा ५ गोल गर्न सफल भएका थिए भने सन् २०१८ मा उनी जर्मनेली फुटबल क्लब बोरुसिया डर्टमन्डमा आवद्ध भएका थिए।

बोरूसिया डर्टमन्ड[सम्पादन गर्नुहोस्]

सन् २०१९ अगस्ट ६ का दिन उनले जर्मनेली क्लब बोरुसिया डर्टमन्डसँगको ४ वर्षे (सन् २०२२ जुन ३० का दिन समाप्त हुने गरी) सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।[२७][२८] उक्त क्लबका लागि खेलेको पहिलो खेलमा उनले खेलको निर्धारित समय सकिन केही समय रहँदा ग्वायेथा फथको विरुद्ध गोल गर्न सफल भएका थिए जसकारण उनको गोलले खेललाई १-१ को बराबरीमा ल्याएको थियो। खेलको निर्धारित समयमा दुवै टोलीबाट समान गोल भएका कारण अतिरिक्त समय थप गरिएको थियो जहाँ डर्टमन्डका मार्को रोइसको गोलसँगै डर्टमन्डले खेल जित्न सफल भएको थियो।[२९] सन् २०१८ अगस्ट २६ का दिन वित्सेलले बुन्डेसलिगा अन्तर्गतको पहिलो खेलमा सर्वोच्च जर्मनेली फुटबल लिग बुन्डेसलिगामा पर्दापण गरेका थिए जहाँ उनले लाइपजिकको पहिलो गोल गरेका थिए भने उक्त खेल डर्टमन्डले ४-१ गोल अन्तरले जित्न सफल भएको थियो।[३०]

अन्तर्राष्ट्रिय खेलजीवन[सम्पादन गर्नुहोस्]

बेल्जियम वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति हुनु अगाडि वित्सेलले १५, १६, १७, १८, १९ वर्ष मुनिका राष्ट्रिय टोलीहरूको प्रतिनिधित्व गरेका थिए। सन् २००७ मा नेदरल्यान्डमा आयोजित युएफा युरोपेली अन्डर २१ फुटबल च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले २१ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगिताहरूमा भाग लिएका थिए भने उक्त प्रतियोगितामा राष्ट्रिय टोलीले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।[३१] सन् २००८ मा वित्सेलले बेल्जियम राष्ट्रिय टोलीमा पदोन्नति भएपश्चात् उनले सन् २००९ मार्च २६ का दिन मोरक्को विरुद्धको एक मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल जीवन तय गरेका थिए।[३२] उक्त खेलमा राष्ट्रिय टोली मोरक्कोसँग १-४ गोल अन्तरले पराजित भएपनि उनले उक्त प्रतिस्पर्धामा पहिलो अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका थिए। [३३]

सन् २०१८ को फिफा विश्वकपमा वित्सेल राष्ट्रिय टोलीको तर्फबाट खेल खेल्दै

उक्त मैत्रीपूर्ण खेलमा गोल गरेको तीन वर्ष पश्चात् उनले सन् २०१२ युएफा युरोको छनोट खेलमा समूह चरणको खेलमा अस्ट्रियाको विरुद्ध खेलको ६०औँ मिनेटमा गोल गर्न सफल भएका थिए जहाँ उनी खेलको दोस्रो हाफमा मैदान उत्रिएका थिए।[३४] सन् २०१४ मे १३ का दिन सन् २०१४ ब्राजिलमा आयोजना हुन लागेको फिफा विश्वकपका लागि २३ खेलाडीको राष्ट्रिय टोलीमा उनी पनि समावेश भएका थिए। उनले अल्जेरियाको विरुद्ध आयोजित बेल्जियमको पहिलो खेलमा उपस्थिति जनाएका थिए भने उक्त खेल राष्ट्रिय टोलीले २-१ गोल अन्तरले जित्न सफल भएको थियो।[३५] सन् २०१६, फ्रान्समा आयोजना हुन लागेको सन् २०१६ युएफा युरोका लागि राष्ट्रिय टोलीको गठनको समयमा उनी पनि राष्ट्रिय टोलीमा समावेश भएका थिए।[३६] उनले उक्त प्रतियोगिताको समूह मा आयरल्यान्डका विरुद्ध पहिलो गोल गर्न सफल भएका थिए। सन् १०१८, रूसमा आयोजना हुन लागेको सन् २०१८ फिफा विश्वकपका लागि राष्ट्रिय टोलीको गठनको समयमा उनी पनि राष्ट्रिय टोलीमा समावेश भएका थिए।[३७] उनले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल दुई गोल गर्न सफल भएका थिए।[३८]

खेलजीवन तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन् २०१६ मा वित्सेल जिनितको तर्फबाट युरोपा लिग खेल्दै
अद्यावधिक ३ अक्टोबर २०२०[३९]
क्लब संस्करण लिग कप लिग कप महादेशीय अन्य जम्मा
विभाग उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
स्ताँन्दर लियेज २००६–०७ बेल्जियम प्रो लिग १६ १७
२००७–०८ ३३ ३६
२००८–०९ ३५ १० ४६
२००९–१० २७ १२ ४१ ११
२०१०–११ ३७ १० ४३ १२
जम्मा १४८ ३३ २६ १८३ ४२
बेन्फिका २०११–१२ प्रिमियरा लिगा २९ १४ ४९
२०१२–१३
जम्मा ३२ १४ ५२
जिनित साङ्क्त पितेरबुर्ग २०१२–१३ रूसी फुटबल प्रिमियर लिग १९ ३१
२०१३–१४ ३० ११ ४३
२०१४–१५ २८ १३ ४२
२०१५–१६ २९ ४१
२०१६–१७ १६ २३
जम्मा १२२ १६ १० ४६ १८० २२
तिन्जिन तेन्हाई २०१७ चिनियाँ सुपर लिग २७ २९
२०१८ १८
जम्मा ३६ ४७
बोरूसिया डर्टमन्ड २०१८–१९ बुन्डेसलिगा ३३ ४३
२०१९–२० २८ ३९
२०२०–२१
जम्मा ६४ १४ ८६ १०
कार्यकाल जम्मा ४०१ ६३ २८ १०८ १२ ५४७ ८५
सन् २०१७ मा वित्सेल

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

अद्यावधिक ८ सेप्टेम्बर २०२०[४०]
वर्ष उपस्थिति गोल
सन् २००८
सन् २००९
सन् २०१०
सन् २०११ ११
सन् २०१२
सन् २०१३ १०
सन् २०१४ ११
सन् २०१५
सन् २०१६ १५
सन् २०१७
सन् २०१८ १३
सन् २०१९
सन् २०२०
जम्मा १०७ १०

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Conselho de disciplina" [Disciplinary board] (PDF) (पुर्तुगालीमा), Portuguese Football Federation, २३ मार्च २०१२, पृ: ३, मूलबाट ९ मार्च २०१६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १५ जुलाई २०१४ मिति
  2. "सन् २०१८ फिफा विश्वकप, रूस: खेलाडीहरूको सूची: बेल्जियम" (पिडिएफ), फिफा, १५ जुलाई २०१८, पृ: ३, मूलबाट ३० जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुन २०१९ 
  3. "Axel Witsel", Eurosport, अन्तिम पहुँच ११ जुन २०१९ 
  4. "Axel Witsel im BVB Trainingslager angekommen" (जर्मनेलीमा), बोरूसिया डर्टमन्ड, ६ अगस्ट २०१७। 
  5. Roulers, le plus beau souvenir de Witsel वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-१९ मिति, sur skyrock.com
  6. Gerets cible Witsel वेब्याक मेसिन अभिलेखिकरण २००८-११-०७ मिति, sur francefootball.fr
  7. "Le choc sous haute tension"dhnet.be। ३१ अक्टोबर २००९। सङ्ग्रह मिति ३१ अक्टोबर २००९ 
  8. "Marcin Wasilewski a été opéré une première fois dimanche soir"dhnet.be। ३१ अक्टोबर २००९। सङ्ग्रह मिति ३१ अक्टोबर २००९ 
  9. "Transferts : Axel Witsel signe au Borussia Dortmund"lequipe.fr (फ्रान्सेली भाषा)। ७ अगस्ट २०१८। 
  10. "World Cup 2018: England finish fourth after Belgium defeat", बीबीसी खेलकुद, अन्तिम पहुँच १४ जुलाई २०१८ 
  11. "Benfica sign Witsel", ESPNFC, १४ जुलाई २०११। 
  12. "Witsel delivers as Benfica oust Twente", UEFA, २४ अगस्ट २०११। 
  13. "Benfica 2–0 Sta. Clara", LPFP, मूलबाट १ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ डिसेम्बर २०१२ 
  14. "Witsel foi o Man of The Match", LPFP, १५ अप्रिल २०१२, मूलबाट १४ जुलाई २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ डिसेम्बर २०१२ 
  15. "Официальный сайт ФК "Зенит"" (रूसीमा), अन्तिम पहुँच २६ जुन २०१६ 
  16. "Comunicado" [Announcement] (PDF) (पुर्तुगालीमा), Portuguese Securities Market Commission, ३ सेप्टेम्बर २०१२, अन्तिम पहुँच ३१ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण १९ सेप्टेम्बर २०१२ मिति
  17. "Zenit 0 – 2 Terek Grozny", ESPNFC, १४ सेप्टेम्बर २०१२। 
  18. "Spartak Moscow 2 – 4 Zenit St Petersburg", ESPNFC, ३० नोभेम्बर २०१२। 
  19. "Terek Grozny 0–3 Zenit St. Petersburg", ESPNFC, ३० मार्च २०१३। 
  20. "Familiar Zenit faces come back to haunt Benfica", UEFA, १६ सेप्टेम्बर २०१४, अन्तिम पहुँच १७ जुलाई २०१५ 
  21. "Zenit St Petersburg 1–0 FC Arsenal Tula", याहु खेलकुद!, २६ अप्रिल २०१५, अन्तिम पहुँच १७ जुलाई २०१५ 
  22. Grez, Matias (२ जुन २०१५), "Zenit St. Petersburg celebrate their fourth league title", CNN, अन्तिम पहुँच ६ सेप्टेम्बर २०२० 
  23. "Суперкубок России по футболу 2015, Финал", RFPL (रूसीमा), १२ जुलाई २०१५, अन्तिम पहुँच १७ जुलाई २०१५ 
  24. "Витсель продолжит карьеру в Китае" (रूसीमा), ФК Зенит Санкт Петербург, ३ जनवरी २०१७। 
  25. "Alexandre Pato struggles as Tianjin Quanjian slump vs. Guangzhou R&F", ESPN, ४ मार्च २०१७। 
  26. "Witsel scores Quanjian's maiden CSL goal", MSN, ११ मार्च २०१७। 
  27. "Axel Witsel to join Borussia Dortmund from Tianjin Quanjian", SkySports, अन्तिम पहुँच ७ अगस्ट २०१८ 
  28. "Axel Witsel arrives at the BVB training camp", Borussia Dortmund, अन्तिम पहुँच ७ अगस्ट २०१८ 
  29. "Axel Witsel saves Borussia Dortmund on debut in German Cup", BBC Sport, अन्तिम पहुँच २१ अगस्ट २०१८ 
  30. "Borussia Dortmund 4-1 RB Leipzig: As it happened!", Bundesliga, अन्तिम पहुँच २७ अगस्ट २०१८ 
  31. "Axel Witsel marque, Stijn Stijnen se troue deux fois", Le Soir (फ्रान्सेलीमा), २७ मार्च २००८, अन्तिम पहुँच ४ डिसेम्बर २०१४ 
  32. Potter, Steffen (११ अक्टोबर २०११), "Germany stamp out Belgium's fire", uefa.com (Union of European Football Associations), अन्तिम पहुँच २४ जनवरी २०१८ 
  33. "Adnan Januzaj included in Belgium's World Cup squad", BBC Sport, १३ मे २०१४, अन्तिम पहुँच १५ मे २०१४ 
  34. Chowdhury, Saj (१७ जुन २०१४), "Belgium 2–1 Algeria", बीबीसी खेलकुद, अन्तिम पहुँच १७ जुन २०१४ 
  35. BelgianRedDevils [@@BelRedDevils] (३१ मे २०१६), ".OFFICIAL ! Our final #Euro2016 squad list & numbers ! #TousenFrance" (ट्विट), अन्तिम पहुँच २४ जनवरी २०१८ट्विटरद्वारा। 
  36. Lowe, Sid (१८ जुन २०१६), "Belgium get going as Romelu Lukaku punishes Republic of Ireland", The Guardian, अन्तिम पहुँच १४ अक्टोबर २०१६ 
  37. Dorman, Matt (३१ अगस्ट २०१७), "Belgium 9 Gibraltar 0: Trebles for Meunier and Lukaku as Hazard makes scoring return", गोल डटकम, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८ 
  38. "World Cup 2018: Belgium include Vincent Kompany but Christian Benteke misses out", बीबीसी खेलकुद, ४ जुन २०१८, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८ 
  39. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named honours
  40. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Belgium profile

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]