नेपाली कांग्रेसको १४औं महाधिवेशन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:NC convention logo.jpg
Logo of १४th General Convention of the Nepali Congress

नेपालको सबैभन्दा ठूलो, पुरानो तथा सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन वडा देखि केन्द्र सम्म नेतृत्व छान्न भइरहेको एक पूर्ण लोकतान्त्रीक प्रक्रिया हो। ८.५ लाख क्रियाशील सदस्यको सहभागितामा यो भै रहँदा नेतृत्वका आकांक्षी हरु उमेदवरी घोषणा गर्दै होमिएका छन्।

१४औं महाधिवेशनले कांग्रेसमा कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचित गर्नेछ। यसअघि सभापति, एक महामन्त्री र कोषाध्यक्ष पदमा निर्वाचन हुने गरेको थियो। उपसभापति, एक महामन्त्री र सह–महामन्त्री सभापतिले मनोनित गर्ने व्यस्था थियो। तर, यो पटक भने कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी निर्वाचित हुनेछन्। यसअघि कांग्रेसको ८५ सदस्यीय केन्द्रीय समिति थियो। अब केन्द्रीय समितिको आकार बढेर केन्द्रीय समिति १६९ सदस्यीय हुनेछ।

कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारी निर्वाचित हुने व्यवस्था छ। पहिलो पटक समानुपातिक प्रतिनिधित्वका आधारमा सह–महामन्त्रीको चुनिनेछन्। एक महिला, आदिवासी जनजाती एक, दलित एक, मधेशी एक, खसआर्य एक, थारु एक, मुस्लिम एक र पिछडिएको क्षेत्रबाट एक गरी आठ जना सह–महामन्त्री निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ।

यस्तै खुला केन्द्रीय सदस्य ३५ जना, महिला ९ जना, सात प्रदेशबाट तीन जनाका दरले २१ जना, दलित तर्फबाट ९, आदिवासी जनजाति तर्फबाट १५, खसआर्य तर्फबाट १३, मधेसी ९, थारु ४, मुस्लिम तीन र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। यस्तै समावेशी सिद्धान्तका आधारमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन्।

नेतृत्वका निम्ति चुनाव[सम्पादन गर्नुहोस्]

केन्द्रीय स्तरमा एक सभापति, दुइ उपसभापति र महामन्त्री का साथै ८ सह महामन्त्री रहने विधानमा व्यवस्था छ। यसका निम्ति विभिन्न व्यक्तित्व हरुले उमेदवारी घोषणा गरेका छन्।

सभापति[सम्पादन गर्नुहोस्]

पहिलो चरण[सम्पादन गर्नुहोस्]

कोटा उम्मेदवार प्यानल मत प्रतिशत नतिजा सन्दर्भ
प्राप्त कुल
सभापति (१) खुला शेरबहादुर देउवा देउवा-सिटौला २२५८ ४६७९ ४८.२५ दोस्रो चरणमा[१] [२][३][४][५][६][७]
शेखर कोइराला कोइराला-पौडेल १७०२ ३६.३७
विमलेन्द्र निधि निधि २५० ५.३४
प्रकाशमान सिंह सिंह ३७१ ७.९२
कल्याण गुरुङ स्वतन्त्र २२ ०.४७

दोस्रो चरण[सम्पादन गर्नुहोस्]

उम्मेदवार समर्थन मत प्रतिशत नतिजा सन्दर्भ
प्राप्त कुल
शेरबहादुर देउवा देउवा-निधि-सिंह-सिटौला २७३३[८] ४६२३ ५९.१२% निर्वाचित [९][१०]
शेखर कोइराला कोइराला-पौडेल १८५५ ४०.१३%

उपसभापति[सम्पादन गर्नुहोस्]

पद (संख्या ) कोटा उम्मेदवार प्यानल मत प्रतिशत नतिजा सन्दर्भ
प्राप्त कुल
उप सभापति २ खुला सुजाता कोइराला निधि-सिंह ६४४ ४६७९ १३.७६ [११][१२][१३][१४][१५][१६]
Dibeshwory Shah १३२ २.८२
महेश आचार्य ५८९ १२.५८
धनराज गुरुङ कोइराला-पौडेल १९०८ ४०.७७ निर्वाचित
चन्द्र भण्डारी १५८० ३३.७६
विजय कुमार गच्छदार देउवा-सिटौला १९०६ ४०.७३
पूर्णबहादुर खड्का २१२१ ४५.३३ निर्वाचित

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Nepali Congress", nepalicongress.org, अन्तिम पहुँच २०२१-१२-१४ 
  2. रातोपाटी, "सभापतिदेखि केन्द्रीय सदस्यसम्म क–कसको पर्‍यो उम्मेदवारी (सूचीसहित)", RatoPati (Nepaliमा), अन्तिम पहुँच २०२१-१२-११ 
  3. "निधिको प्रक्षेपण : पहिलो चरणमा कसैले जित्दैन, त्यसपछि कोइराला, निधि र सिंह एक ठाउँमा", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२ 
  4. Setopati, Setopati ::, "Nobody will win in first round, anti-Deuba alliance in second round: Nidhi", Setopati, अन्तिम पहुँच २०२१-१२-१२ 
  5. Ratopati, "No candidate secures 2,340 votes, run-off to be held", Ratopati (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  6. "कांग्रेस महाधिवेशन: अब सिंह, निधि र गुरुङ निर्णायक", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  7. "दोस्रो चरणको निर्वाचनमा शेखरलाई निधिदेखि सिटौला पक्षसम्मको सहयोगको सम्भावना", Nepal Live, अन्तिम पहुँच २०२१-१२-१४ 
  8. "केन्द्रीय सभापति पदको मतपरिणामको घोषणा (२०७८।०८।२९)", nepalicongress.org, अन्तिम पहुँच २०२१-१२-१५ 
  9. "शेखरमा सर्‍यो शशांकले धान्न नसकेको कोइराला परिवारको विरासत", ekagaj, अन्तिम पहुँच २०२१-१२-१४ 
  10. Setopati, सेतोपाटी संवाददाता ::, "अन्तत: निधिले रोके देउवालाई", Setopati (हिन्दीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  11. रातोपाटी, "सभापतिदेखि केन्द्रीय सदस्यसम्म क–कसको पर्‍यो उम्मेदवारी (सूचीसहित)", RatoPati (Nepaliमा), अन्तिम पहुँच २०२१-१२-११ 
  12. "निधिको प्रक्षेपण : पहिलो चरणमा कसैले जित्दैन, त्यसपछि कोइराला, निधि र सिंह एक ठाउँमा", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२ 
  13. Setopati, Setopati ::, "Nobody will win in first round, anti-Deuba alliance in second round: Nidhi", Setopati, अन्तिम पहुँच २०२१-१२-१२ 
  14. Ratopati, "No candidate secures 2,340 votes, run-off to be held", Ratopati (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  15. "कांग्रेस महाधिवेशन: अब सिंह, निधि र गुरुङ निर्णायक", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१४ 
  16. "दोस्रो चरणको निर्वाचनमा शेखरलाई निधिदेखि सिटौला पक्षसम्मको सहयोगको सम्भावना", Nepal Live, अन्तिम पहुँच २०२१-१२-१४