नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बाह्रौँ राष्ट्रिय जनगणना २०७८

← २०६८ वि.सं. २०७८ कात्तिक २५ - मङ्सिर ९ वि.सं. २०८८ →

सामान्य जानकारी
देशनेपाल
प्राधिकरणकेन्द्रीय तथ्याङ्क विभाग
वेबसाइटcensusnepal.cbs.gov.np
परिणाम
कुल जनसङ्ख्या२,९९,३६,५७६[१] (वृद्धि१०.१८%[१])
सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेशमधेश प्रदेश (६१,२६,२८८)[२]
सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेशकर्णाली प्रदेश (१६,९४,८८९)[१]


नेपालको राष्ट्रिय जनगणना, २०७८ केन्द्रीय तथ्याङ्क विभागले देशव्यापी रूपमा आयोजना गरेको बाह्रौँ जनगणना हो।[३] वि.सं. २०७८ जेठ २५ देखि असार ८[४] सम्म हुने गरी तय गरिएको यो जनगणना कोरोना भाइरस प्रकोपको कारण स्थगित गरी वि.सं. २०७८ कात्तिक २५ देखि मङ्सिर ९ सम्म आयोजना गरिएको थियो।[५][६][७] जनगणनाका नतिजा अनुसार हाल नेपालमा जनसङ्ख्या वृद्धिदर ०.९३ रहेकोमा विसं २०६८ सालको तथ्याङ्क अनुसार दर १.४० प्रतिशत थियो।[८] नतिजाले जनघनत्व १९८ जना प्रतिवर्ग किलोमिटर रहेको छ जुन एक दशकअघि १८१ जना प्रतिवर्ग किलोमिटर रहेको थियो।

जनगणना प्रतिवेदन[सम्पादन गर्नुहोस्]

जनगणना २०७८ अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१.०२ प्रतिशत छ भने पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८.९८ प्रतिशत छ।[९]

जनसङ्ख्या जम्मा २,९१,६४,५७८
पुरुष १,४२,५३,५५१
महिला १,४९,११,०२७
साक्षरता जम्मा ७६.२%
पुरुष ८३.६%
महिला ६९.४%
जनघनत्व प्रति किमी२ १९८
लैङ्गिक अनुपात प्रति १०० पुरुष ९५ महिला

मुख्य नतिजाः

  • कुल जनसंख्याको ६१.९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेरका, १४ वर्ष वा सो भन्दा कम उमेरका २७.८३ प्रतिशत र ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरका १०.२१ प्रतिशत रहेको छ।
  • प्रति परिवार सदस्य औसतमा ४.३७ जना रहेको छ, प्रति परिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ ।
  • नगरपालिकाहरुको जनसंख्या ६६.१७ प्रतिशत रहेको छ भने, गाउँपालिकाहरुको जनसंख्या ३३.८३ प्रतिशत रहेको छ ।
  • सबैभन्दा बढी जनसंख्या भएका जिल्लाहरुः काठमाडौं, मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला रहेका छन्।
  • सबैभन्दा कम जनसंख्या भएका जिल्लाहरुः मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला जिल्ला रहेका छन्।
  • तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसंख्या रहेको छ।
  • सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ।
  • ८६.० प्रतिशत परिवारहरु आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासीय एकाइमा बसिरहेको छन्।
  • कुल परिवार मध्ये आधा भन्दा बढी (५१ प्रतिशत) परिवारले खाना पकाउन अक्सर काठदाउरा प्रयोग गर्ने गरेका छन्।
  • जनगणनामा बिजुली प्रयोग गर्ने परिवार ९२.२ प्रतिशत पुगेको छ। बत्ती बाल्नका लागि सौर्य ऊर्जा, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवार क्रमशः ६.६, ०.६, र ०.६ प्रतिशत रहेका छन् ।
  • साधारण मोवाइल फोन हुने परिवारको प्रतिशत ७३.१५ प्रतिशत छ भने त्यसपछि स्मार्ट मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत रहेको छ।
  • ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन्।
  • कुल २३.८ प्रतिशत परिवारहरुमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुबै रहेको छ । परिवारमा ११.८ प्रतिशत महिलाको नाममा घर र जग्गा दुवै रहेको छ।
  • ३१.५५ प्रतिशत परिवारमा महिला परिवार मूली रहेका छन्।
  • विवाहित पुरुष र महिलाहरु उनीहरुको कुल जनसंख्याको क्रमशः ५९.१ र ६४.३ प्रतिशत रहेका छन्।
  • पहिलो विवाह गर्दाको औषत उमेर १९ वर्ष रहेको छ, जसमा पुरुषको २१ वर्ष र महिलाको १८ वर्ष रहेको छ।
  • कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ ।
  • ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनससंख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ ।
  • सबै भन्दा बढी २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् । दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् । एस.एल.सि. वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत छन्।
  • आर्थिक काममा संलग्न मध्ये सबैभन्दा धेरै कृषि, वन र माछापालन क्षेत्रमा ५७.३ प्रतिशत रहेका छन् ।

नतिजा[सम्पादन गर्नुहोस्]

जम्मा जनसङ्ख्या: २,९१,९२,४८०[१०]

क्षेत्रफल घरधुरी सङ्ख्या जम्मा घरपरिवारको सङ्ख्या जम्मा जनसङ्ख्या (२०७८) पुरुष महिला लैङ्गिक अनुपात परिवारमा सदस्य वृद्धि दर जनसङ्ख्या प्रति किमी
नेपाल ५,६४३,९४५.०० ६,७६१,०५९.०० २९,१९२,४८०.०० १४,२९१,३११.०० १४,९०१,१६९.०० ९५.९१ ४.३२ ०.९३ १९८.००
भौगोलिक क्षेत्र
हिमाल ३७९,३८४.०० ४१६,४८०.०० १,७७८,१०४.०० ८७७,६६६.०० ९००,४३८.०० ९७.४७ ४.२७ -०.०२ ३४.००
पहाड २,३९७,५३७.०० २,९७४,६९८.०० ११,७४८,५४८.०० ५,७२१,३२९.०० ६,०२७,२१९.०० ९४.९२ ३.९५ ०.२९ १९२.००
तराई २,८६७,०२४.०० ३,३६९,८८१.०० १५,६६५,८२८.०० ७,६९२,३१६.०० ७,९७३,५१२.०० ९६.४७ ४.६५ १.५६ ४६१.००
प्रदेशहरू
कोशी प्रदेश १,०८२,४६२.०० १,२०३,९३०.०० ४,९७२,०२१.०० २,४२५,२६६.०० २,५४६,७५५.०० ९५.२३ ४.१३ ०.८८ १९२.००
मधेश प्रदेश ९६७,९२७.०० १,१९०,१५४.०० ६,१२६,२८८.०० ३,०७८,२२३.०० ३,०४८,०६५.०० १००.९९ ५.१५ १.२० ६३६.००
बागमती प्रदेश १,१६१,२८४.०० १,५७५,०९७.०० ६,०८४,०४२.०० ३,०३३,५७४.०० ३,०५०,४६८.०० ९९.४५ ३.८६ ०.९२ ३००.००
गण्डकी प्रदेश ५७९,९४२.०० ६७८,१७६.०० २,४७९,७४५.०० १,१८०,४६०.०० १,२९९,२८५.०० ९०.८५ ३.६६ ०.३० ११६.००
लुम्बिनी प्रदेश १,००६,४५०.०० १,१५५,५२३.०० ५,१२४,२२५.०० २,४५७,४८४.०० २,६६६,७४१.०० ९२.१५ ४.४३ १.२५ २३०.००
कर्णाली प्रदेश ३३१,८२१.०० ३७१,१२५.०० १,६९४,८८९.०० ८२८,३०७.०० ८६६,५८२.०० ९५.५८ ४.५७ ०.७३ ६१.००
सुदूरपश्चिम प्रदेश ५१४,०५९.०० ५८७,०५४.०० २,७११,२७०.०० १,२८७,९९७.०० १,४२३,२७३.०० ९०.४९ ४.६२ ०.५० १३६.००

कोशी प्रदेशको जनसङ्ख्या

क्रम जिल्ला सदरमुकाम वि.सं २०६८ को जनसङ्ख्या घरधुरी सङ्ख्या जम्मा परिवार सङ्ख्या जम्मा जनसङ्ख्या (वि.सं २०७८) पुरुष महिला क्षेत्रफल लैङ्गिक अनुपात परिवार सदस्य जनसङ्ख्या प्रति किमी वृद्धि दर
ताप्लेजुङ जिल्ला ताप्लेजुङ १२७,४६१.०० २६,१३९.०० २८,५३०.०० १२०,३५९.०० ६०,५२४.०० ५९,८३५.०० ३,६४६.०० १०१.१५ ४.२२ ३३.०० -०.५५
सङ्खुवासभा जिल्ला खाँदवारी १५८,७४२.०० ३६,६९३.०० ३९,३१८.०० १५९,०४६.०० ८०,०५५.०० ७८,९९१.०० ३,४८०.०० १०१.३५ ४.०५ ४६.०० ०.०२
सोलुखुम्बू जिल्ला सल्लेरी १०५८८६.०० २५३८८.०० २६४०२.०० १०४७६८.०० ५२६२९.०० ५२१३९.०० ३३१२.०० १००.९४ ३.९७ ३२.०० -०.१०
ओखलढुङ्गा जिल्ला सिद्धिचरण १४७९८४.०० ३४१११.०० ३४६८९.०० १४०९१४.०० ६९३२२.०० ७१५९२.०० १०७४.०० ९६.८३ ४.०६ १३१.०० -०.४७
खोटाङ जिल्ला दिक्तेल २०६३१२.०० ४०३९२.०० ४२१०४.०० १७५३४०.०० ८६५२१.०० ८८८१९.०० १५९१.०० ९७.४१ ४.१६ ११०.०० -१.५६
भोजपुर जिल्ला भोजपुर १८२४५९.०० ३७४०४.०० ३८९२३.०० १५८९९१.०० ७८४५१.०० ८०५४०.०० १५०७.०० ९७.४१ ४.०८ १०६.०० -१.३२
धनकुटा जिल्ला धनकुटा १६३४१२.०० ३५०८७.०० ३७८८९.०० १४९९८४.०० ७३२३४.०० ७६७५०.०० ८९२.०० ९५.४२ ३.९६ १६८.०० -०.८२
तेह्रथुम जिल्ला म्याङलुङ १०१५७७.०० २०३५७.०० २२०२७.०० ८९१२५.०० ४३७९१.०० ४५३३४.०० ६७९.०० ९६.६० ४.०५ १३१.०० -१.२६
पांचथर जिल्ला फिदिम १९१८१७.०० ३९४२८.०० ४३००३.०० १७४४१९.०० ८७०३३.०० ८७३८६.०० १२४१.०० ९९.६० ४.०६ १४१.०० -०.९१
१० इलाम जिल्ला इलाम २९०२५४.०० ६८३३५.०० ७१५६७.०० २८०५६५.०० १३९५७४.०० १४०९९१.०० १७०३.०० ९८.९९ ३.९२ १६५.०० -०.३३
११ झापा जिल्ला भद्रपुर ८१२६५०.०० २१९९८९.०० २४६१३८.०० ९९४०९०.०० ४७७४९६.०० ५१६५९४.०० १६०६.०० ९२.४३ ४.०४ ६१९.०० १.९३
१२ मोरङ जिल्ला विराटनगर ९६५३७०.०० २४१४१५.०० २७४६५१.०० ११४७१८६.०० ५५७५२७.०० ५८९६५९.०० १८५५.०० ९४.५५ ४.१५ ६१८.०० १.६६
१३ सुनसरी जिल्ला इनरुवा ७६३४८७.०० १८१७८७.०० २१६८८७.०० ९३४४६१.०० ४५४०७५.०० ४८०३८६.०० १२५७.०० ९४.५२ ४.३१ ७४३.०० १.९४
१३ उदयपुर जिल्ला गाईघाट ३१७५३२.०० ७५९३७.०० ८१८०२.०० ३४२७७३.०० १६५०३४.०० १७७७३९.०० २०६३.०० ९२.८५ ४.१९ १६६.०० ०.७३
जम्मा ४५३४९४३.०० १०८२४६२.०० १२०३९३०.०० ४९७२०२१.०० २४२५२६६.०० २५४६७५५.०० २५९०६.०० ९५.२३ ४.१३ १९२.०० ०.८८

मधेश प्रदेशको जनसङ्ख्या

क्रम जिल्ला सदरमुकाम वि.सं २०६८ को जनसङ्ख्या घरधुरी सङ्ख्या जम्मा परिवार सङ्ख्या जम्मा जनसङ्ख्या (वि.सं २०७८) पुरुष महिला क्षेत्रफल लैङ्गिक अनुपात परिवारमा सदस्य जनसङ्ख्या प्रति किमी वृद्धि दर
सप्तरी जिल्ला राजविराज ६३९२८४.०० १२४३२८.०० १५१२९५.०० ७१३२०३.०० ३५५५३०.०० ३५७६७३.०० १३६३.०० ९९.४० ४.७१ ५२३.०० १.०५
सिराहा जिल्ला सिराह ६३७३२८.०० १२३५३६.०० १५४५९३.०० ७४८४१६.०० ३६९०४९.०० ३७९३६७.०० ११८८.०० ९७.२८ ४.८४ ६३०.०० १.५४
धनुषा जिल्ला जनकपुर ७५४७७७.०० १४६४७६.०० १८०८३२.०० ८७३२७४.०० ४३४३३५.०० ४३८९३९.०० ११८०.०० ९८.९५ ४.०३ ७४०.०० १.४०
महोत्तरी जिल्ला जलेश्वर ६२७५८०.०० ११७४९४.०० १४५९००.०० ७१५०४०.०० ३५४९५२.०० ३६००८८.०० १००२.०० ९८.५७ ४.९० ७१४.०० १.२५
सर्लाही जिल्ला मलङ्गवा ७६९७२९.०० १३८४२७.०० १६८४२१.०० ८५७३६०.०० ४३३३८२.०० ४२३९७८.०० १२५९.०० १०२.२२ ५.०९ ६८१.०० १.०३
रौतहट जिल्ला गौर ६८६७२२.०० १११६१३.०० १३९४०५.०० ८२५६२३.०० ४१५८६४.०० ४०९७५९.०० ११२६.०० १०१.४९ ५.९२ ७३३.०० १.७७
बारा जिल्ला कलैया ६८७७०८.०० ११२३२९.०० १३४३९०.०० ७४३९७५.०० ३८०१९२.०० ३६३७८३.०० ११९०.०० १०४.५१ ५.५४ ६२५.०० ०.७५
पर्सा जिल्ला वीरगञ्ज ६०१०१७.०० ९३७२४.०० ११५३१८.०० ६४९३९७.०० ३३४९१९.०० ३१४४७८.०० १३५३.०० १०६.५० ५.६३ ४८०.०० ०.७४
जम्मा ५४०४१४५.०० ९६७९२७.०० ११९०१५४.०० ६१२६२८८.०० ३०७८२२३.०० ३०४८०६५.०० ९६६१.०० १००.९९ ५.१५ ६३६.०० १.२०

बागमती प्रदेशको जनसङ्ख्या

क्रम जिल्ला सदरमुकाम वि.सं २०६८ को जनसङ्ख्या घरधुरी सङ्ख्या जम्मा परिवार सङ्ख्या जम्मा जनसङ्ख्या (वि.सं २०७८) पुरुष महिला क्षेत्रफल लैङ्गिक अनुपात परिवारमा सदस्य जनसङ्ख्या प्रति किमी वृद्धि दर
दोलखा जिल्ला भीमेश्वर १८६५५७.०० ४७८७०.०० ५०६७६.०० १७२७२६.०० ८४११२.०० ८८६१४.०० २१९१.०० ९४.९२ ३.४१ ७९.०० -०.७४
सिन्धुपाल्चोक जिल्ला चौतारा २८७७९८.०० ६९७५१.०० ७३०१०.०० २६२८५२.०० १२९३९५.०० १३३४५७.०० २५४२.०० ९६.९६ ३.६० १०३.०० -०.८७
रसुवा जिल्ला धुन्चे ४३३००.०० ११३६२.०० ११८४१.०० ४५५५४.०० २२८५९.०० २२६९५.०० १५४४.०० १००.७२ ३.८५ ३०.०० ०.४९
धादिङ जिल्ला नीलकण्ठ ३३६०६७.०० ७८६६३.०० ८४४६३.०० ३२२७५१.०० १५७२०७.०० १६५५४४.०० १९२६.०० ९४.९६ ३.८२ १६६.०० -०.३९
नुवाकोट जिल्ला बिदुर २७७४७१.०० ६५७३४.०० ६९१६०.०० २६२९८१.०० १२८८४९.०० १३४१३२.०० ११२१.०० ९६.०६ ३.८० २३५.०० -०.५१
काठमाडौँ जिल्ला काठमाडौँ १७४४२४०.०० २७६०५४.०० ५३८१६३.०० २०१७५३२.०० १०२५७२७.०० ९९१८०५.०० ३९५.०० १०३.४२ ३.७५ ५१०८.०० १.४०
भक्तपुर जिल्ला भक्तपुर ३०४६५१.०० ७०९४६.०० १०८५५०.०० ४३०४०८.०० २१७९४२.०० २१२४६६.०० ११९.०० १०२.५८ ३.९७ ३६१७.०० ३.३२
ललितपुर जिल्ला ललितपुर ४६८१३२.०० ९७३९४.०० १४१०१२.०० ५४८४०१.०० २७५५३७.०० २७२८६४.०० ३८५.०० १००.९८ ३.८९ १४२४.०० १.५२
काभ्रेपलान्चोक जिल्ला धुलिखेल ३८१९३७.०० ८३९३२.०० ९३१८९.०० ३६६८७९.०० १८०९६७.०० १८५९१२.०० १३९६.०० ९७.३४ ३.९४ २६३.०० -०.३९
१० रामेछाप जिल्ला मन्थली २०२६४६.०० ४५०७३.०० ४६९३५.०० १७०६२०.०० ८०७७८.०० ८९८४२.०० १५४६.०० ८९.९१ ३.६४ ११०.०० -१.६५
११ सिन्धुली जिल्ला कमलामाई २९६१९२.०० ६४६२९.०० ६९४०९.०० ३००११७.०० १४७६५८.०० १५२४५९.०० २४९१.०० ९६.८५ ४.३२ १२०.०० ०.१३
१२ मकवानपुर जिल्ला हेटौँडा ४२०४७७.०० ९६२१४.०० १०६६०६.०० ४६१०५३.०० २२८४७२.०० २३२५८१.०० २४२६.०० ९८.२३ ४.३२ १९०.०० ०.८०
१३ चितवन जिल्ला भरतपुर ५७९९८४.०० १५३६६२.०० १८२०८३.०० ७२२१६८.०० ३५४०७१.०० ३६८०९७.०० २२१८.०० ९६.१९ ३.९७ ३२६.०० २.१०
जम्मा ५,५२९,४५२ ११६१२८४.०० १५७५०९७.०० ६०८४०४२.०० ३०३३५७४.०० ३०५०४६८.०० २०३००.०० ९९.४५ ३.८६ ३००.०० ०.९२

गण्डकी प्रदेशको जनसङ्ख्या

क्रम जिल्ला सदरमुकाम वि.सं २०६८ को जनसङ्ख्या घरधुरी सङ्ख्या जम्मा परिवार सङ्ख्या जम्मा जनसङ्ख्या (वि.सं २०७८) पुरुष महिला क्षेत्रफल लैङ्गिक अनुपात परिवारमा सदस्य जनसङ्ख्या प्रति किमी वृद्धि दर
गोरखा जिल्ला गोरखा २७१०६१.०० ६८४०४.०० ७२९६८.०० २५२२०१.०० ११९८११.०० १३२३९०.०० ३६१०.०० ९०.५० ३.४६ ७०.०० -०.६९
मनाङ जिल्ला चामे ६५३८.०० १४७२.०० १५७०.०० ५६४५.०० ३१८८.०० २४५७.०० २२४६.०० १२९.७५ ३.६० ३.०० -१.४१
मुस्ताङ जिल्ला जोमसोम १३४५२.०० ३२६८.०० ३७५१.०० १४५९६.०० ८१७४.०० ६४२२.०० ३५७३.०० १२७.२८ ३.८९ ४.०० ०.७८
म्याग्दी जिल्ला बेनी ११३६४१.०० २५३७४.०० २९२४२.०० १०७३७२.०० ५२५५४.०० ५४८१८.०० २२९७.०० ९५.८७ ३.६७ ४७.०० -०.५४
कास्की जिल्ला पोखरा ४९२०९८.०० १२०५९४.०० १६३४९८.०० ५९९५०४.०० २९२७६४.०० ३०६७४०.०० २०१७.०० ९५.४४ ३.६७ २९७.०० १.५९
लमजुङ जिल्ला बेसीसहर १६७७२४.०० ४०१०१.०० ४४८७३.०० १५३४८०.०० ७३२०९.०० ८०२७१.०० १६९२.०० ९१.२० ३.४२ ९१.०० -०.०५
तनहुँ जिल्ला दमौली ३२३२८८.०० ८१६४७.०० ९३१७३.०० ३२७६२०.०० १५२९२१.०० १७४६९९.०० १५४६.०० ८७.५३ ३.५२ २१२.०० ०.१३
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कावासोती ३११६०४.०० ८४६९५.०० ९५३५८.०० ३८११०५.०० १७९४४६.०० २०१६५९.०० १४२७.०० ८८.९८ ४.०० २६७.०० १.९३
स्याङग्जा जिल्ला पुतलीबजार २८९१४८.०० ६२८६७.०० ७०७२१.०० २५४९६५.०० ११८०७६.०० १३६८८९.०० ११६४.०० ८६.२६ ३.६१ २१९.०० -१.२१
१० पर्वत जिल्ला कुस्मा १४६५९०.०० ३३०५३.०० ३७६०५.०० १३२७०३.०० ६३१२८.०० ६९५७५.०० ४९४.०० ९०.७३ ३.५३ २६९.०० -०.९६
११ बागलुङ जिल्ला बागलुङ २६८६१३.०० ५८४६७.०० ६५४१७.०० २५०५५४.०० ११७१८९.०० १३३३६५.०० १७८४.०० ८७.०७ ३.८३ १४०.०० -०.६७
जम्मा २४०३७५७.०० ५७९९४२.०० ६७८१७६.०० २४७९७४५.०० ११८०४६०.०० १२९९२८५.०० २१८५०.०० ९०.८५ ३.६६ ११६.०० ०.३०

लुम्बिनी प्रदेशको जनसङ्ख्या

क्रम जिल्ला सदरमुकाम वि.सं २०६८ को जनसङ्ख्या घरधुरी सङ्ख्या जम्मा परिवार सङ्ख्या जम्मा जनसङ्ख्या (वि.सं २०७८) पुरुष महिला क्षेत्रफल लैङ्गिक अनुपात परिवारमा सदस्य जनसङ्ख्या प्रति किमी वृद्धि दर
पूर्वी रूकुम जिल्ला रुकुमकोट ५३१८४.०० ११७०२.०० १३२६४.०० ५७९६२.०० २८२२६.०० २९७३६.०० १६६३.०० ९४.९२ ४.३७ ३५.०० ०.८३
रोल्पा जिल्ला लिवाङ २२४५०६.०० ४९५९०.०० ५२९९२.०० २३६२२६.०० ११०९६६.०० १२५२६०.०० १८७९.०० ८८.५९ ४.४६ १२६.०० ०.४९
प्युठान जिल्ला प्युठान २२८१०२.०० ५२१७२.०० ५६९६२.०० २३१८४८.०० १०४४६३.०० १२७३८५.०० १३०९.०० ८२.०१ ४.०७ १७७.०० ०.१६
गुल्मी जिल्ला तम्घास २८०१६०.०० ६१२२२.०० ६६७२५.०० २४६८३६.०० ११२७८८.०० १३४०४८.०० ११४९.०० ८४.१४ ३.७० २१५.०० -१.२२
अर्घाखाँची जिल्ला सन्धिखर्क १९७६३२.०० ४५०१९.०० ४९०८०.०० १७७२००.०० ८१०१३.०० ९६१८७.०० ११९३.०० ८४.२२ ३.६१ १४९.०० -१.०५
पाल्पा जिल्ला तानसेन २६११८०.०० ५६२७५.०० ६४३१८.०० २४२४२३.०० १११९४०.०० १३०४८३.०० १३७३.०० ८५.७९ ३.७७ १७७.०० -०.७२
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला रामग्राम ३३१९०४.०० ७३२६३.०० ८३८८२.०० ३८५५१५.०० १८८०७६.०० १९७४३९.०० ७३५.०० ९५.२६ ४.६० ५२५.०० १.४४
रुपन्देही जिल्ला सिद्धार्थनगर ८८०१९६.०० १९५१०३.०० २४१४४९.०० १११८९७५.०० ५४७५४५.०० ५७१४३०.०० १३६०.०० ९५.८२ ४.६३ ८२३.०० २.३०
कपिलवस्तु जिल्ला तौलिहवा ५७१९३६.०० १०३७६५.०० १२२७१५.०० ६८६७३९.०० ३३७६०४.०० ३४९१३५.०० १७३८.०० ९६.७० ५.६० ३९५.०० १.७६
१० दाङ जिल्ला घोराही ५५२५८३.०० १४९२६८.०० १६५७६१.०० ६७६२७७.०० ३२१९०१.०० ३५४३७६.०० २९५५.०० ९०.८४ ४.०५ २२९.०० १.९४
११ बाँके जिल्ला नेपालगञ्ज ४९१३१३.०० ११०१३५.०० १३१९२७.०० ६०३३९३.०० २९५११२.०० ३०८२८१.०० २३३७.०० ९५.७३ ४.५२ २५८.०० १.९७
१२ बर्दिया जिल्ला गुलरिया ४२६५७६.०० ९८९३६.०० १०६४४८.०० ४६०८३१.०० २१७८५०.०० २४२९८१.०० २०२५.०० ८९.६६ ४.३३ २२८.०० ०.७४
जम्मा ४,४९९,२७२ १,००६,४५० १,१५५,५२३ ५,१२४,२२५ २४५७४८४ २६६६७४१ १९७१६ ९२.१५ ४.४३ २३० १.२५

कर्णाली प्रदेशको जनसङ्ख्या

क्रम जिल्ला सदरमुकाम वि.सं २०६८ को जनसङ्ख्या घरधुरी सङ्ख्या जम्मा परिवार सङ्ख्या जम्मा जनसङ्ख्या (वि.सं २०७८) पुरुष महिला क्षेत्रफल लैङ्गिक अनुपात परिवारमा सदस्य जनसङ्ख्या प्रति किमी वृद्धि दर
डोल्पा जिल्ला दुनै ३६७००.०० ७९९५.०० ९४२९.०० ४२९५९.०० २१२७६.०० २१६८३.०० ७८८९.०० ९५.१२ ४.५६ ५.०० १.५१
मुगु जिल्ला गमगढी ५५२८६.०० ११७९१.०० १२५३५.०० ६६६५८.०० ३३४४८.०० ३३२१०.०० ३५३५.०० १००.७२ ५१.३२ १९.०० १.००
हुम्ला जिल्ला सिमिकोट ५०८५८.०० १०३१३.०० ११४८४.०० ५५४९६.०० २७९८२.०० २७५१४.०० ५६५५.०० १०१.७० ४.८३ १०.०० ०.८४
जुम्ला जिल्ला चन्दननाथ १०८९२१.०० २२४०५.०० २४५०१.०० ११९३७७.०० ५९८३६.०० ५९५४१.०० २५३१.०० १००.५० ४.८७ ४७.०० ०.५८
कालिकोट जिल्ला मान्मा १३६९४८.०० २२९२९.०० २६९५६.०० १४४९१७.०० ७२२४३.०० ७२६७४.०० १७४१.०० ९९.४१ ५.३८ ८३.०० ०.५४
दैलेख जिल्ला नारायण २६१७७०.०० ४८७७६.०० ५५७०८.०० २५३३१९.०० १२१६७५.०० १३१६४४.०० १५०२.०० ९२.४३ ४.५५ १६९.०० -०.३१
जाजरकोट जिल्ला खलङ्गा १७१३०४.०० ३४३०९.०० ३८०५४.०० १८९३६५.०० ९३७९५.०० ९५५७०.०० २२३०.०० ९८.१४ ४.९८ ८५.०० ०.९६
पश्चिमी रूकुम जिल्ला मुसिकोट १५५३८३.०० ३४००७.०० ३७७०८.०० १६६३५४.०० ८१०६३.०० ८५२९१.०० १२१३.०० ९५.०४ ४.४१ १३७.०० ०.६५
सल्यान जिल्ला सल्यान २४२४४४.०० ५१९८४.०० ५५४००.०० २३८६६८.०० ११४९५३.०० १२३७१५.०० १४६२.०० ९२.९२ ४.३१ १६३.०० -०.१५
१० सुर्खेत जिल्ला वीरेन्द्रनगर ३५०८०४.०० ८७३१२.०० ९९३५०.०० ४१७७७६.०० २०२०३६.०० २१५७४०.०० २४५१.०० ९३.६५ ४.२१ १७०.०० १.६८
जम्मा १,५७०,४१८ ३३१८२१.०० ३७११२५.०० १६९४८८९.०० ८२८३०७.०० ८६६५८२.०० ३०२०९.०० ९५.५८ ४.५७ ६१.०० ०.७३

सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या

क्रम जिल्ला सदरमुकाम वि.सं २०६८ को जनसङ्ख्या घरधुरी सङ्ख्या जम्मा परिवार सङ्ख्या जम्मा जनसङ्ख्या (वि.सं २०७८) पुरुष महिला क्षेत्रफल लैङ्गिक अनुपात परिवारमा सदस्य जनसङ्ख्या प्रति किमी वृद्धि दर
बाजुरा जिल्ला मार्तडी १३४९१२.०० २३८९१.०० २८९२२.०० १३८९९८.०० ६७६०८.०० ७१३९०.०० २१८८.०० ९४.७० ४.८० ६४.०० ०.२९
बझाङ जिल्ला जयपृथ्वी १९५१५९.०० ३२९१७.०० ३८३६९.०० १८९०९७.०० ८८९८८.०० १००१०९.०० ३४२२.०० ८८.८९ ४.९३ ५५.०० -०.३०
दार्चुला जिल्ला दार्चुला १३३२७४.०० २५२००.०० २९१८६.०० १३५०५६.०० ६५३४९.०० ६९७०७.०० २६५७.०० ९३.७५ ४.६६ ५१.०० ०.१३
बैतडी जिल्ला दशरथचन्द २५०८९८.०० ४२२८८.०० ५०४७२.०० २४४४००.०० ११५४२६.०० १२८९७४.०० १५१९.०० ८९.५० ४.८४ १६१.०० -०.२५
डडेलधुरा जिल्ला अमरगढी १४२०९४.०० २६५०३.०० ३१६०८.०० १३९४२०.०० ६५९३०.०० ७३४९०.०० १५३८.०० ८९.७१ ४.४१ ९१.०० -०.१८
डोटी जिल्ला दिपायल सिलगढी २११७४६.०० ३६८०६.०० ४६१००.०० २०५६८३.०० ९५०६६.०० ११०६१७.०० २०२५.०० ८५.९४ ४.४६ १०२.०० -०.२८
अछाम जिल्ला मङ्गलसेन २५७४७७.०० ३९३७५.०० ४९९६९.०० २२९८१६.०० १०६२४०.०० १२३५७६.०० १६८०.०० ८५.९७ ४.६० १३७.०० -१.०९
कैलाली जिल्ला गोदावरी ७७५७०९.०० १८३७०७.०० २००५२८.०० ९१११५५.०० ४३९७९२.०० ४७१३६३.०० ३२३५.०० ९३.३० ४.५४ २८२.०० १.५४
कञ्चनपुर जिल्ला भीमदत्त ४५१२४८.०० १०३३७२.०० १११९००.०० ५१७६४५.०० २४३५९८.०० २७४०४७.०० १६१०.०० ८८.८९ ४.६३ ३२२.०० १.३२
जम्मा २५५२५१७.०० ५१४०५९.०० ५८७०५४.०० २७११२७०.०० १२८७९९७.०० १४२३२७३.०० १९८७४.०० ९०.४९ ४.६२ १३६.०० ०.५०

प्राविधिक प्रयोग[सम्पादन गर्नुहोस्]

राजधानी बाहिर विगतमा जस्तै कागजी प्रश्नावलीबाट जनगणना गरिए पनि काठमाण्डौँ महानगरपालिका र छवटा नगरपालिकामा विद्युतीय माध्यमबाट जनगणना गरिएको थियो। कालापानी क्षेत्रमा स्थलगत जनगणना सम्भव नभए स्याटलाइट प्रविधि बाट घर संख्या गनिने बताइएको थियो।[११] ई-सेन्ससको विधिबाट पहिलो पटक विदेशमा रहेका नेपाली नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण पनि सङ्कलन गरिएको थियो।

विवादहरू[सम्पादन गर्नुहोस्]

जनगणनामा गणकहरूले सिसाकलमको प्रयोग गरी फारम भरेको आरोप लागेको छ।[१२] बाग्लुङका कायत समुदायले जनगणना वहिष्कार गरेका थिए। [१३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "राष्ट्रिय जनगणना २०७८ को नतीजा सार्वजनिक (पूर्ण पाठ)", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-२५ 
  2. "Jangarana-1.pdf", नेपालको जनगणना २०७८ (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-२५ 
  3. "राष्ट्रिय जनगणना, २०७८ : समृद्धिको आधार", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७ 
  4. "कोरोनाको प्रभाव जनगणनामा, नमूना जनगणना असारमा", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७ 
  5. "बाह्रौं राष्ट्रिय जनगणनाको तयारी पूरा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७ 
  6. "राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने", नागरिक न्यूज (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७ 
  7. "बाह्रौ राष्ट्रिय जनगणना सम्वन्धी प्रश्नोत्तर", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१७ 
  8. "जनगणना नेपाल २०७८: पुरुषभन्दा महिला ६ लाखले मात्रै बढी, जनसङ्ख्या वृद्धिदर घट्दो", बीबीसी नेपाली, २६ जनवरी २०२२, अन्तिम पहुँच २९ जनवरी २०२४ 
  9. "राष्ट्रिय जनगणना २०७८ को नतीजा सार्वजनिक (पूर्ण पाठ)", हिमालखबर, १० चैत २०७९, अन्तिम पहुँच २९ जनवरी २०२४ 
  10. "राष्ट्रिय जनगणना २०७८", केन्द्रीय तथ्याङ्क विभाग (नेपालीमा), मूलबाट २७ जनवरी २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २०२२  वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०२२ मिति
  11. "राष्ट्रिय जनगणना नेपाल: 'लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइटबाट भए पनि गणना'", बीबीसी नेपाली, ११ नोभेम्बर २०२१, अन्तिम पहुँच २९ जनवरी २०२४ 
  12. "जनगणनाको पहिलो दिन पेन्सिलले लेखेको पाइयो,सहि तथ्यांक आउनेमा आशंका", चिसेफायु, मूलबाट १७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०२१  वेब्याक मेसिन अभिलेखिकरण १७ नोभेम्बर २०२१ मिति
  13. "जनगणनामा समावेश नहुने कायत समुदायको घोषणा", शिलापत्र, मूलबाट १७ नोभेम्बर २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ नोभेम्बर २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]