एडुवार्ड बेर्नस्टाइन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एडुवार्ड बेर्नश्टाइन

एडुवार्ड बेर्नश्टाइन (सन् १८५०-१९३२) - जर्मन सामाजिक-जनवादको र दोस्रो इन्टरनेसनलको घोर अवसरवादी धाराका एक जना नेता, संशोधनवाद तथा सुधारवादकअ सिद्धान्तकार । उनी उन्नाइसौँ शताब्दीको आठौँ दशकको मध्यदेखि सामाजिक-जनवादी आन्दोलनमा सरिक भएका थिए । सन् १८८१ देखि १८८९ सम्म जर्मन सामाजिक-जनवादी पार्टीको केन्द्रीय मुखपत्र (Der Sozialdemokrat) ('सामाजिक-जनवादी') का सम्पादक रहे । सन् १८९६-१८९८ ताका Die Neue Zeit ('नयाँ समय') पत्रिकामा 'समाजवादको पूर्वाधारहरू र सामाजिक-जनवादको कार्यभार' भन्ने शीर्षकअन्तर्गत छुट्टै पुस्तकको रूपमा प्रकाशित गरियो । यस रचनामा उनले खुलस्त रूपमा नै क्रान्तिकारी मार्क्सवादका दार्शनिक, आर्थिक तथा राजनीतिक आधारहरूमा संशोधन ल्याउने आह्वान गरेका थिए । पुँजीवादअन्तर्गत मजदुरहरूको आर्थिक अवस्था राम्रो तुल्याउने हेतुले सुधारको निम्ति संघर्ष गर्नुलाई बेर्नश्टाइनले मजदुर आन्दोलनको मुख्य कार्यभार घोषित गरे, साथै "आन्दोलन नै सबैथोक हो, अन्तिम लक्षय त केही पनि होइन" भन्ने अवसरवादी सूत्रवाक्य प्रस्तुत् गरे । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८)को अवधिमा उनले सामाजिक-अन्धराष्ट्रवादी स्थिति अपनाएका थिए । त्यसपछिका वर्षहरूमा पनि साम्राज्यवादी पुँजीजीवीवर्गकै नैतिको समर्थन गर्दे रहे र अक्टोवर समाजवादी क्रान्तिको तथा सोभियत सङ्घको विरोध गरे । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९०-४९१