अल्पसङ्ख्यक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल सरकारले नेपालको संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (क) को अधिनमा रही स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा (२) को खण्ड (ग) बमोजिम स्थानीय तह निर्वाचन प्रयोजनको लागि राष्ट्रिय जनगणना, २०६८ को जातीय विवरणमा उल्लेख भएका कुल जनसङ्ख्याको ०.५ प्रतिशत भन्दा कम जनसङ्ख्या रहेका देहाय बमोजिमका जातीय समूह (दलित बाहेक) लाई अल्पसंख्यकको रूपमा तोकेको छ । अर्थात् राष्ट्रिय जनगणना २०४८को आधारमा १ लाख ३२ हजार ४ सय ७३ भन्दा कम जनसङ्ख्या भएको समुदायलाई अल्पसंख्यकमा राखिएको हो । जसअनुसार नेपालका १ सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन् । ९८ मध्ये करिब १५ जाति भने दलितअन्गर्तत नै पर्ने भएकाले उनीहरूले अल्पसंख्यकअन्तर्गत नभई दलितअन्तर्गत नै आरक्षणको सुविधा पाउनेछन् । गाउँ कार्यपालिका तथा नगर कार्यपालिकामा अल्पसंख्यकको उपस्थितिको प्रावधान अनिवार्य गरिएको छ ।[१]

अल्पसंख्यक जातिहरूको सूची[२][सम्पादन गर्नुहोस्]

क्र.सं. जातजाति जनसङ्ख्या[३] प्रतिशत
कलवार १२८२३२ ०.४८
कानु जाति १२५१४८ ०.४७
कुमाल जाति १२११९६ ०.४६
घर्ती जाति/भुजेल ११८६५० ०.४५
हजाम जाति/ठाकुर जाति ११७७५८ ०.४४
राजवंशी जाति ११५२४२ ०.४३
शेर्पा जाति ११२९४६ ०.४३
धोवी जाति १०९०७९ ०.४१
तत्मा जाति/तत्वा जाति १०४८६५ ०.४०
१० लोहार १०१४२१ ०.३८
११ खत्वे जाति १००९२१ ०.३८
१२ सुढी जाति ९३११५ ०.३५
१३ दनुवार जाति ८४११५ ०.३२
१४ हलुवाइ जाति ८३८६९ ०.३२
१५ माझी जाति ८३७२७ ०.३२
१६ बरई जाति ८०५९७ ०.३०
१७ विन जाति ७५१९५ ०.२८
१८ नुनीया जाति ७०५४० ०.२७
१९ चेपाङ जाति/प्रजा जाति ६८३९९ ०.२६
२० सोनार जाति ६४३३५ ०.२४
२१ कम्हार जाति ६२३९९ ०.२४
२२ सुनुवार राई जाति ५५७१२ ०.२१
२३ बातर जाति/सरदार जाति ५५१०४ ०.२१
२४ कहर जाति ५३१५९ ०.२०
२५ सतार जाति/सन्थाल ५१७३५ ०.२०
२६ मारवाडी जाति ५१४४३ ०.१९
२७ कायस्थ ४४३०४ ०.१७
२८ राजपुत ४१९७२ ०.१६
२९ बादी ३८६०३ ०.१५
३० झाँगड/धागर जाति ३७४२४ ०.१४
३१ गन्गाई जाति ३७४२४ ०.१४
३२ लोध जाति ३२८३७ ०.१२
३३ बढई जाति २८९३२ ०.११
३४ थामी जाति २८६७१ ०.११
३५ लकुद जाति २६६५१ ०.११
३६ बङ्गाली जाति २६५८२ ०.१०
३७ भडियार/गडेरी जाति २६५८२ ०.१०
३८ धिमाल जाति २६२९८ ०.१०
३९ याक्खा राई जाति २४३३६ ०.०९
४० घले जाति २२८८१ ०.०९
४१ ताजपुरिया जाति १९२३१ ०.०७
४२ खवास जाति १८५१३ ०.०७
४३ दराई जाति १६७८९ ०.०६
४४ माली जाति १४९९५ ०.०६
४५ धुनीया जाति १४८४६ ०.०६
४६ पहरी जाति १३६१५ ०.०५
४७ राजबोध जाति १३४२२ ०.०५
४८ भोटे जाति १३३९७ ०.०५
४९ डुम जाति १३२६८ ०.०५
५० थकाली जाति १३२१५ ०.०५
५१ कोरी जाति १२२७६ ०.०५
५२ छन्त्याल जाति ११८१० ०.०४
५३ ह्योल्मो जाति १०७५२ ०.०४
५४ बोटे जाति १०३९७ ०.०४
५५ राजभर जाति ९५४२ ०.०४
५६ बराम जाति ८१४० ०.०३
५७ पंजावी जाति (सिख जाति) ७१७६ ०.०३
५८ छिरिङ जाति ६१५४ ०.०३
५९ यादबी जाति ६७९२ ०.०३
६० गाइने जाति ६७९१ ०.०३
६१ चाम्रो जाती ६६६८ ०.०३
६२ पहरिया जाति ५९७७ ०.०२
६३ जिरेल जाति ५७७४ ०.०२
६४ दुरा जाति ५३९४ ०.०२
६५ सरवरिया जाति ४९०६ ०.०२
६६ मेचे जाति ४८६७ ०.०२
६७ वाङ्गे जाति ४६०४ ०.०२
६८ राजी जाति ४२३५ ०.०२
६९ डोल्पो जाति ४१०७ ०.०२
७० हलखोर जाति ४००३ ०.०२
७१ व्यासी जाति (सौका जाति) ३८९५ ०.०१
७२ अमात जाति ३८३० ०.०१
७३ थुले जाति ३५३५ ०.०१
७४ लेप्चा जाति ३४४५ ०.०१
७५ कुशवाडिया जाति/पथरकट्टा जाति ३१८२ ०.०१
७६ हाङ जाति/वाला जाति ३१०० ०.०१
७७ हिङ जाति ३०९६ ०.०१
७८ नटुवा जाति ३०६२ ०.०१
७९ हायु राई जाति २९२५ ०.०१
८० धन्कार जाति (धनिकार जाति) ३६८१ ०.०१
८१ ल्होपा जाति २६४२ ०.०१
८२ मुण्डा जाति २३५० ०.०१
८३ देव जाति २६४२ ०.०१
८४ ढाँडी जाति १९८२ ०.०१
८५ कमर जाति १७८७ ०.०१
८६ किसान जाति १७३९ ०.०१
८७ ङपाङ जाति १६८१ ०.०१
८८ कोचे जाति १६३५ ०.०१
८९ ल्होमी जाति १६१४ ०.०१
९० खालु जाति १५७१ ०.०१
९१ तोप्केगोला जाति १५२३ ०.०१
९२ चिडिमार जाति १२५४ ०.००
९३ वालुङ राई जाति १२४९ ०.००
९४ लोहो जाति ११५३ ०.००
९५ कलार जाति १०७७ ०.००
९६ राउटे जाति ६१८ ०.००
९७ नुराङ जाति २७८ ०.००
९८ कुसुन्डा जाति २७३ ०.००
जम्मा २९६७१८९

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "९८ जाति अल्पसंख्यक सूचीमा", नवराज मैनाली (नयाँ पत्रिका दैनिक), ०९ बैशाख २०७४। 
  2. "नेपाल राजपत्रमा प्रकाशित अल्पसंख्यकको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८ 
  3. "राष्ट्रिय जनगणना २०६८ संक्षिप्त नतिजा", केन्द्रिय तथ्याङ्क बिभाग, अन्तिम पहुँच १९ जुन २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-१२ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]