रहीम स्टरलिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रहिम शाकिल स्टर्लिङ (जन्म: ८ डिसेम्बर १९९४) एक इंलिस व्यवसायिक फुटबलर हुन्। उनले प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीइङ्गल्याण्ड राष्ट्रिय टोलीका लागि विङ्गरमिडफिल्डरको रूपमा खेल्छन्।

स्टरलिङको जन्म जामैकामा भएको थियो। उनको उमेर पांच वर्श्गको हुँदा उनका मातापिता लन्डनमा सरे। उनले आफ्नो करियर क्विन पार्क रेंजर्स बाट सुरु गरे । २०१० मा लिभरपुलमा जोडिए । उनले सन् २०१४ मा गोल्डेन ब्वाई अवार्ड पाएका थिए। जुलाई २०१५ मा, नयाँ सम्झौतामा लामो विवाद पछि, उनलाई म्यानचेस्टर सिटीले £ ४९ मिलियन को सम्भावित स्थानान्तरणमा हस्ताक्षर गर्यो। त्यो त्यतिबेला कुनै इंलिस खेलाडीलाई तिरेको सबैभन्दा उच्च स्थानान्तरण शुल्क थियो। उनले म्यानचेस्टर सिटीलाई २०१७-१८ र २०१८-१९ को सिजनमा लगातार प्रिमियर लिग उपाधि जिताउन मद्दत गरे। २०१८-१९ को सिजनमा, स्टरलिङ पी.एफ.ए प्रिमियर लिग टिम अफ द इयरमा छानिए र पी.एफ.ए योङ प्लेयर अफ द इयर र एफ.डब्लु.ए फुटबलर अफ द इयर जिते।

स्टरलिङले नोभेम्बर २०१२ मा इङ्ल्यान्डका लागि सिनियर टिममा डेब्यु गरेका थिए, यसअघि इङ्ल्यान्डका युवा टोली अन्डर-१६, अन्डर-१७, अन्डर-१९अन्डर-२१ स्तरमा खेलेका थिए। उनी सन् २०१४२०१८ मा फिफा विश्वकप२०१६२०२० मा युइएफए युरोपियन च्याम्पियनसिपका लागि इङ्गल्याण्डको टिममा छनोट भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:Manchester City F.C. squad