प्राथमिकता गणना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्राथमिकता गणना (अङ्ग्रेजी: Borda Count) प्रणालीमा उम्मेदवार केन्द्रीत प्राथमिकता दिने प्रणाली हो । यसमा प्रत्येक मतदाताले उम्मेदवारलाई प्राथमिकता दिन उम्मेदवारको अगाडी सख्याको प्रयोग गर्दछन र प्रत्येक अंकको मूल्य निर्धारण गरिन्छ र यी मूल्यलाई गणना गरी सवैभन्दा वढीमत प्राप्त गर्ने उम्मेदवार विजयी घोषित गरिन्छ । यो प्रणाली एकल वा वहुसदस्यीय निर्वाचन क्षेत्रमा पनि प्रयोग गर्न सकिन्छ ।[१] यो प्रणाली नाउरुको संसद सदस्यको निर्वाचनमा लागु गरिन्छ।[२] सन् १९७० को प्रारम्भसम्म, प्राथमिकता गणनाको अर्को स्वरुप फिनल्याण्डमा पार्टी सूची भित्र व्यक्तिगत उम्मेदवारहरू चयन गर्न प्रयोग गरिन्थ्यो। यो प्रणाली विश्वभर विभिन्न निजी संस्था र प्रतियोगिताहरुमा पनि प्रयोग गरिन्छ।

उदाहरण[सम्पादन गर्नुहोस्]

जस्तो कुनै १ क्षेत्रमा १० जना उम्मेदवार छन् भने प्रत्येक मतदाताले प्राथमिकता अनुसार १,२ .......१० सम्म अंक प्रदान गर्दछ । पहिलो प्राथमिकताको मूल्य १ हुन्छ । दोश्रोको आधार 1/2= ०.५ त्यसैगरी दोश्रो 1/3=०.३३ .... एवं रीतले दशौ प्राथमिकताको 1/10= ०.१ हुन्छ । सवैको मत गणना गरी सवैभन्दा वढी अंक प्राप्त गर्ने निर्वाचित हुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. भट्टराई, लक्ष्मण (बि.सं २०६३ जेष्ठ), विश्वमा प्रचलित प्रमुख निर्वाचन प्रणालीहरु, नेपाल सरकार सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पृ: १४-२५। 
  2. Fraenkel, Jon; Grofman, Bernard (२०१४-०४-०३), "The Borda Count and its real-world alternatives: Comparing scoring rules in Nauru and Slovenia", Australian Journal of Political Science 49 (2): 186–205, डिओआई:10.1080/10361146.2014.900530