कबड्डी ४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कबड्डी ४: द फाइनल म्याच
चलचित्रको प्रचार पर्चा
नेपालीकबड्डी ४: द फाइनल म्याच
निर्देशकरामबाबु गुरुङ
लेखकरामबाबु गुरुङ
उपेन्द्र सुब्बा
निर्मातामणिराम पोखरेल
ओमचन्द्र रौनियार
सुष्मा गुरुङ
मुख्य कलाकारदयाहाङ राई
सौगात मल्ल
मिरुना मगर
छायाङ्कनशैलेन्द्र कार्की
सम्पादननिमेष श्रेष्ठ
सङ्गीतकालीप्रसाद बासकोटा
वितरक
कम्पनीहरू
बाँसुरी फिल्म्स
सुष्मा प्रोडक्सन्स
वितरककाफिया फिल्म्स
प्रदर्शन मिति
  • २७ मे २०२२ (2022-05-27)
अवधि
२ घण्टा १७ मिनेट [१]
देश नेपाल
भाषानेपाली
बजेटरु ३ करोड
बक्स अफिसरु २२.५६ करोड (३० दिनमा)

कबड्डी ४ : द फाइनल म्याच वा सामान्य रूपमा कबड्डी ४ वि.सं २०७९ जेठ १३ का दिन सार्वजनिक गरिएको एक नेपाली कथानक, हास्यव्यङ्ग्यात्मक चलचित्र हो। राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको यस चलचित्रलाई बासुरी फिल्मस्को ब्यानरमा मणिराम पोखरेल, ओमचन्द रौनियार र सुष्मा गुरुङ्गले निर्माण गरेका हुन्। चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरबुद्धि तामाङको मुख्य कलाकारको मुख्य काम गरेका छन्। कबड्डी ४ : फाइनल म्याच कबड्डी चलचित्रको घारावाहिक र वि.संं २०७६ मा सार्वजनिक गरिएको कबड्डी कबड्डी कबड्डी २०१९ को घारावाहिक चौथो चलचित्र हो। अभिनेता सौगात मल्लले कबड्डी कबड्डी पछि र अहिले कबड्डी ४ मा बम काजीको भूमिकामा पुन: अभिनय गरेका छन्। दयाहाङ राईले चित्रण गरेको काजीको कथालाई लपेट्दै कबड्डी चलचित्रको यो अन्तिम श्रृङ्खला हो। कबड्डी ४ ३ करोडको लागतमा बनेको छ र यो सबैभन्दा महँगो नेपाली चलचित्र मध्येको एक हो। कबड्डी ४ ले पहिलो दिन करिब ३.०५ करोडको व्यापार गर्न सफल भएको थियो जुन नेपाली चलचित्रको इतिहासमा यो हालसम्मकै पहिलो दिनमा कमाएको सर्वाधिक रकम हो।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

२०७० वैशाख ११ गतेका दिन सार्वजनिक गरिएको कबड्डी नामक चलचित्रको सफलता पश्चात् यो चलचित्रको दोस्रो शृङ्खला देखि लिएर चौँथो शृङ्खलासम्मको निर्माण गरिएको थियो। पहिलो चलचित्रको सफलता पश्चात् यसको दोस्रो शृङ्खलाको रूपमा कबड्डी कबड्डी नामक चलचित्रलाई सार्वजनिक गरिएको थियो भने त्यसपछि कबड्डी कबड्डी कबड्डी नामक चलचित्रलाई पनि २०७६ सालमा सार्वजनिक गरिएको थियो। कबड्डी ४ चलचित्र चाहिँ कबड्डी चलचित्रको अन्तिम शृङ्खला हो। यस चलचित्रको छायाङ्कन २०७८ कात्तिक ५ गतेका दिनमा मुस्ताङबाट सुरु भएको थियो। चलचित्रको छायाङ्कनका लागि निर्देशक गुरुङ सहितको टोली ३ दिन अगाडि चलचित्रका कलाकार र प्राविधिक टोलीसहित मुस्ताङतर्फ प्रस्थान गरेको थियो। मणिराम पोखरेल निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रका प्रमुख नायक काजीको प्रेम कथामा आधारित चलचित्रलाई अघिल्लो पटक प्रदीप खड्कालाई खेलाउने तयारी भएतापनि टोलीबीच सहकार्य हुन सकेन। २०७८ सालमै सार्वजनिक गर्ने भनिएको यस चलचित्रको सार्वजनिक मिति पछि सारिएको थियो भने २०७९ को वैशाख २५ का दिन सार्वजनिक गर्न लागिएको यस चलचित्रको प्रदर्शन मिति स्थानीय तह निर्वाचन, २०७९का कारण पछि धकेलिँँदै जेठ १३ का दिन पुगेको थियो।

चलचित्र प्रदर्शनमा आएपछि यसको चारैतर्फबाट्र राम्रो प्रतिक्रिया आएको थियो। चलचित्र प्रदर्शनमा आय लगत्तै यस चलचित्रमा विभिन्न अंशहरू सामाजिक सञ्जाल टिकटकफेसबुकमा छ्यापछ्याप्ती फैलिएका थिए। त्यही विषयलाई लिएर कबड्डी-४ का मुख्य कलाकार दयाहााङ राईले चलचित्रका केही भिडियोहरू चुहिएको भएको विषयप्रति आपत्ति जनाएका थिए। उनले दर्शकलाई हलमा गएर मोबाइल निकालेर चलचित्र नखिच्न अनुरोध गरेका थिए। यसरी एउटा चलचित्र टिकटक र फेसबुकमा प्रतिलिपी अधिकारको शिकार भइरहँदा विभिन्न व्यक्तिहरूले ध्यानकर्षण जनाएका थिए। उनीहरूले चलचित्रलाई यसरी गैरकानुनी ढङ्गबाट टिकटकमा सार्वजनिक हुनुका पछाडि हल सञ्चालकहरूको पनि लापरवाही भएको तर्क गरेका थिए।

कथाकन[सम्पादन गर्नुहोस्]

बक्सअफिस सङ्कलन[सम्पादन गर्नुहोस्]

कबड्डी चलचित्रको चौंथो शृङ्खला कबड्डी ४ चलचित्रले नेपाली बक्सअफिसमा प्रदर्शनमा आएको पहिलो दिनमै कीर्तिमान कायम गरेको थियो। देशभरीमा करिव डेढ सय हलबाट एकैसाथ प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमाउन सफल भएको थियो। यो कमाइ कुनै नेपाली चलचित्रले घरेलु बक्सअफिसमा कायम गरेको पहिलोदिनको व्यवसायिक कीर्तिमान हो। यसअघि छक्का पञ्जा २ले चलचित्र सार्वजनिक भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो। रामबाबु गुरुङ निर्देशित कबड्डी ४ले मुख्य मल्टिप्लेक्स चेन क्युएफएक्सबाट मात्र १ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो। प्रतिक्षित चलचित्र भएकाले पनि चलचित्रले बक्सअफिसमा डेढकरोड रुपैयाँभन्दा बढी अग्रिम टिकट बिक्रीको अर्को कीर्तिमान समेत राखेको थियो। चलचित्रले हालसम्म ११ करोड भन्दा बढीको व्यापार गरेको छ।

विवाद[सम्पादन गर्नुहोस्]

कबड्डी ४ चलचित्रको सार्वजनिकसँगै दर्शकहरूको प्रतिक्रिया बुझ्न कलाकारहरू काठमाडौँको विभिन्न हलहरूमा पुगेका थिए। सिभिल मलको सातौँ तलाको एउटा क्याफेमा चलचित्रकी अभिनेत्री मिरुना मगरलाई दुर्ववहार गरेको आरोपमा उनले फुर्वा लामा नामक एकजना भिक्षुलाई झापड हान्दैै सबैका सामु माफ माग्न लगाएकी थिएन् भने उनले भिक्षुुुुुलाई प्रहरीको जिम्मा समेत लगाएकी थिइन् जसले एउटा विवाद उत्पन्न गरेको थियो।[२] उक्त घटनाबारे सोमबार सामाजिक सञ्जालमा भिडियोहरू सार्वजनिक भएका थिए। एक प्रत्यक्षदर्शीका अनुसार घटना भएको स्थान र अहिले सार्वजनिक भएका भिडियोहरू फरक ठाउँका रहेका थिए।[३] प्रहरी हिरासतमा रहेका लामालाई प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरि हिरासतमा समेत राखेको थियो। यस घटनासँगै दर्शकहरूले चलचित्रको प्रदर्शन रोक्नु पर्ने र अभिनेत्रीले माफी माग्नु पर्ने भन्दै उनी विरुद्ध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा दर्शकहरूले चलचित्रको पोस्टर समेत च्यातेर जलाएका थिए।[४] विना कारण भिक्षुलाई फसाएको भन्दै युवाहरूको एक समूहले ठूलो सङ्ख्यामा प्रदर्शन र नारावाजी गरेका थिए। लामालाई छुटाउने विषयमा प्रहरीसँग विभिन्न सङ्घ संस्थाले छलफल समेत गरेका थिए जसको फलस्वरूप जेठ १७ गतेका दिन दुई पक्षबीच मिलापत्रमा हस्ताक्षर भएपछि लामालाई ३ हजार धरौटीमा रिहा गरिएको थियो।[५]

कबड्डी ४ चलचित्रको विवाद छिमेकी मुलुक भारतसम्म पुगेको थियो। नेपाली विवाद सुरु भएपछि सिक्किमका बौद्ध भिक्षु तथा अन्य सङ्घसंस्थाहरूले कबब्डी ४ को प्रदर्शनमा रोक लगाउन माग गरेका थिए जसको फलस्वरूप सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले आफ्नो आधिकारिक फेसबुक मार्फत चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। गोलेले विभिन्न सङ्घसंस्थाहरुको भावनाको कदर गर्दै चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताएका थिए।[६] विवाद नसुल्झिँदासम्म चलचित्रको प्रदर्शनमा रोक लाग्ने जानकारी गोलेले दिएका थिए। [७]

पात्रहरू[सम्पादन गर्नुहोस्]

सङ्गीत[सम्पादन गर्नुहोस्]

क्र.सं.शीर्षकशब्दसङ्गीतगायक(हरू)लम्बाइ
१."आँखामा सपना केशरी"राम अविरल विष्टएसडी योगीएसडी योगी[८]४:५०

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कबड्डी ४ : द फाइनल म्याच" (अङ्ग्रेजीमा), इन्टरनेट चलचित्र डेटाबेस, अन्तिम पहुँच २४ मे २०२२ 
  2. "‘कबड्डी–४’ नायिका विवाद : भएको के थियो ?" (नेपालीमा), बाह्रखरी, ३१ मे २०२२।  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-३१ मिति
  3. "कबड्डी ४ की नायिकालाई दुर्व्यवहार गरेको आरोपमा तामाङ पक्राउ" (नेपालीमा), हिमाल प्रेस, ३० मे २०२२।  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०५-३१ मिति
  4. "कबड्डी-४ को प्रदर्शन रोक्न माग गर्दै उजुरी दर्ता" (नेपालीमा), तरुण पत्रिका, १४ जुन २०२२।  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०६-१४ मिति
  5. "कबड्डी - ४ की अभिनेत्री मिरुना र फुर्बाबीचको विवाद सल्टियो , दुवैले गरे क्षमायाचना" (नेपालीमा), ग्लोबल मिडिया, ३१ मे २०२२। 
  6. "कबड्डी ४' विवाद : मिरूनाले माफी नमागे सिक्किममा फिल्म चल्न नदिने चेतावनी"। ब्रेकिनलिङ्क्स। १० जुन २०२२। 
  7. "कबड्डी-४ को प्रदर्शनमा सिक्किम सरकारले लगायो प्रतिबन्ध" (नेपालीमा), इ कान्तिपुर, १४ जुन २०२२। 
  8. "आँखामा सपना केशरी गीत", सुष्मा प्रोडक्सन्स, अन्तिम पहुँच ७ मार्च २०२२