पानीपुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पानीपुरी
पानीपुरी
प्रकारखाजा
उत्पत्ति स्थानभारत
क्षेत्र वा राज्यभारतीय उपमहाद्वीप
मुख्य सामग्रीहरूमैदा, मसलादार झोल, प्याज, आलु, केराउ
विभिन्नतासेव पुरी, पुरी

पानीपुरी भारतबाट आएको एक प्रकारको खाजा हो।[१] यो खाजा नेपालमा समेत लोकप्रिय रहेको छ।[२] पानीपुरीलाई भारतमा विभिन्न क्षेत्रमा विभिन्न नाम दिइएको छ जस्तै उत्तर भारतमा यसलाई पानी पुरी वा गोलगप्पे, पूर्वी भारतमा यसलाई फुचका वा गुप चुप, दक्षिण भारतमा यसलाई पानी पुरी तथा पश्चिम भारतमा यसलाई गुपचुप भन्ने गरिन्छ। यसलाई मानिसहरू प्राय दिउँसो वा साँझपख खान मन पराउने गर्छन्। पानी पुरी २० भन्दा बढी तरिकाले बनाउने गरिन्छ[३] जसमा अमिलो पानीपुरी, गुलियो पानीपुरी, र पिरो पानीपुरी सबैभन्दा लोकप्रिय मान्ने गरिन्छ।[४]

पानी पुरीलाई थप चटपटिलो बनाउनको लागि यसमा आलु, प्याज, खुर्सानी, मटरले बनेको चोखा (अचार) आधा राखेर तित्रीको पानीले पुरै भर्ने गरिन्छ। यस बाहेक भिन्न प्रकारको पानीपुरी जसमा अदुवा र तित्रीको झोल, गुलियो झोल, गुलियो गुलाब पानी र दहीको झोलसँग भरेर समेत बनाइने गरिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

पानीपुरीको शाब्दिक अर्थ 'पानीको रोटी' हुन्छ। यसको मूल सम्बन्धमा धेरै जानकारी छैन। पानीपुरी शब्द सन् १९५५ र गोल्गप्पा शब्द सन् १९५१ मा दर्ज गरिएको थियो।[५][६]

चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "पानीपुरी खाँदै हुनुहुन्छ ? स्वादिलो तर हानिकारक !", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-२८ 
  2. "५ दिनदेखि पानीपुरी-चटपटे व्यापार ठप्प", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-२८ 
  3. कार्की, सविना, "सात थरी स्वाद पाइने 'पानीपुरी बार', मासिक डेढ लाखको कारोबार", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-२८ 
  4. लामा, शान्ति, "सटरमा पानीपुरी र चटपटे", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-२८ 
  5. "Some visitors are impressed with the unique foods of the city, famous among them are Aalu Chap (a hot potato preparation), Golgappa (a juicy preparation)..", The National Geographical Journal of India, page 116, published by National Geographical Society of India, 1955.
  6. Census of India, 1951, 8:1:474.