बासालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(होटेलबाट अनुप्रेषित)
वीरासती बासालयको एक नमुना कान्तिपुर टेम्पल हाउस बासालय को अग्रभाग।
ओछ्यान, घर्रावाल टेबुल र टेलिभिजन भएको एउटा सामान्य बासालय कोठा
स्वीडेनको स्टकहोममा रहेको स्क्यान्डिक बासालय माल्मेनको यो कोठा दुई तल्ला भूमिगत छ।

बासालय भनेको छोटो अवधिको आधारमा सशुल्क बसोबास उपलब्ध गराउने व्यवसायिक प्रतिष्ठान हो। बासालय कोठाभित्र प्रदान गरिएका सुविधाहरू सानो कोठामा सामान्य गुणस्तरको गद्दादेखि ठूला सुइटहरू, उच्च गुणस्तरको ओछ्यान, ड्रेसर, फ्रिज र अन्य भान्सा सुविधाहरू, कुर्सीहरू, फ्ल्याट स्क्रिन टेलिभिजन, र स्नान कक्ष रहेको हुन्छ। साना तथा थोरै मूल्यका बासालयहरूले सबैभन्दा आधारभूत अतिथि सेवा र सुविधाहरू मात्र प्रस्ताव गर्न सक्छन्। ठूला तथा उच्च मूल्यका बासालयहरूले अतिरिक्त अतिथि सुविधाहरू प्रदान गर्न सक्छन् जस्तै पौडी पोखरी, व्यापार केन्द्र (कम्प्युटर, प्रिन्टर, र अन्य कार्यालय उपकरणहरू सहित), बाल हेरचाह, सम्मेलन र कार्यक्रम सुविधाहरू, टेनिस वा बास्केटबल कोर्ट, व्यायामशाला,भोजनालय,पेयशाला,दिवा स्पा र सामाजिक कार्य गर्न सक्ने सेवाहरू रहेका हुन्छन्। अतिथिहरूलाई तिनीहरूको कोठा पहिचान गर्न अनुमति दिन बासालयका कोठाहरू सामान्यतया सङ्ख्यामा आधारित हुन्छन् (वा केही साना बासालयहरूमा नाम राखिन्छन्)। केही बुटिक, उच्च कोटीका बासालयहरूमा आफू अनुकूल सजाइएका कोठाहरू हुने गर्छन्। केही बासालयहरूले कोठा र बोर्ड व्यवस्थाको भागको रूपमा खाना प्रस्ताव गर्छन्। जापानमा क्याप्सुल बासालयहरूले सुत्न र साझा स्नान घरमा सुविधाहरूको लागि मात्र उपयुक्त सानो कोठा प्रदान गर्दछ।

आधुनिक बासालयको अग्ररूप मध्ययुगीन धर्मशाला र पाटी हुन । व्यवस्थित धर्मशालाहरूले यात्रीहरूको लागि बस्ने ठाउँको रूपमा सेवा गरेका थिए। पछी यस्ता पाटी र धर्मशालाहरू धनी ग्राहकहरूलाई सेवा गर्न सुरु गरे। आधुनिक अर्थमा पहिलो बासालय एक्सिटरमा सन् १७६८ मा खोलिएको थियो। १९औँ शताब्दीको प्रारम्भमा पश्चिमी युरोपउत्तरी अमेरिकामा बासालयहरू फैलिएको थियो भने सोही शताब्दीको उत्तरार्धमा विलासिता बासालयहरू फैलिन थालेका थिए।

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

'बासालय' शब्द बास र अालय शब्द मीलेर बनेको हो जसले बारम्बार आगन्तुकहरू अाउँने र बास बस्ने स्थापनालाइ जनाउँदछ। पाटी र बासालय उस्तै उस्तै स्थापना भएतापनि पाटी सार्वजनिक बासको लागि निसुल्क बास बस्न पाइने ठाउँ हो भने बासालय शुल्क तिरेर विभिन्न सुविधाको छनाैट सहित उपलब्ध व्यवसायिक सेवा स्थापना हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

सम्बत २०२७ मा शंकर बासालय,काठमाण्डाै

प्रारम्भिक सभ्यताहरूमा यात्रुहरूलाई आतिथ्य प्रदान गर्ने सुविधाहरू हुने गर्थ्यो। युनानी-रोमन संस्कृति र पुरातन फारसमा, आरोग्यता र आरामको लागि अतिथि गृहहरूमा तातो स्नानघर बनाइएका थिए। गिनिज वल्र्ड रेकर्ड्सले सन् ७०५ मा स्थापित जापानको निशियामा ओन्सेन केइउन्कानलाई विश्वको सबैभन्दा पुरानो बासालयको रूपमा आधिकारिक रूपमा मान्यता दिएको छ।[१] मध्य युगको समयमा सडकमा हिड्ने यात्रुहरूको लागि मठ र मन्दिरहरूमा आवास प्रस्ताव गर्ने गरेका थिए।

अन्तर्राष्ट्रिय स्तर[सम्पादन गर्नुहोस्]

बासालयहरूले धेरै देशहरू र भाषाहरूका यात्रुहरूलाई सेवा गर्छन्, किनकि कुनै पनि देशले यात्रा उद्योगमा प्रभुत्व जमाउन सकेको छैन।

प्रकारहरू[सम्पादन गर्नुहोस्]

बासालय सञ्चालनहरू आकार, प्रकार्य र लागतमा भिन्न हुन्छन्। बासालय सञ्चालन गर्ने अधिकांश बासालय र प्रमुख आतिथ्य कम्पनीहरूले बासालयका प्रकारहरू वर्गीकरण गर्न व्यापक रूपमा स्वीकृत उद्योग मापदण्डहरू तय गरेका छन्। सामान्य वर्गहरूमा निम्न समावेश छन्:

अन्तर्राष्ट्रिय विलासिता बासालय[सम्पादन गर्नुहोस्]

जीवनशैली विलासिता रिजोर्ट्स[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Oldest hotel", Guinness World Records, अन्तिम पहुँच ४ अप्रिल २०१५