रवीश कुमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रवीश कुमार
सन् २०१७ डिसेम्बर २० मा नयाँ दिल्ली
जन्म (1974-12-05) ५ डिसेम्बर १९७४ (उमेर ४९)
जितवारपुर, मोतिहारी, पूर्वी चम्पारण, बिहार, भारत
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानदिल्ली विश्वविद्यालय
भारतीय जनसंचार संस्थान
पेशापत्रकार
कामदारएनडिटिभी (सन् १९९४-२०२२)
जीवनसाथीनयना दासगुप्ता
सन्तान
मातापिताबलिराम पाण्डे
पुरस्कार

रवीश कुमार (जन्म: सन् १९७४ डिसेम्बर ५), रवीश कुमार पाण्डेको रूपमा जन्मेका एक भारतीय वरिष्ठ पत्रकार, लेखक र मिडिया व्यक्तित्व हुन्।[१][२][३] उनी एनडिटिभी भारतका वरिष्ठ कार्यकारी सम्पादक थिए। उनले च्यानलको प्रमुख साप्ताहिक कार्यक्रम 'प्राइम टाइम', 'हम लोग', 'रवीश की रिपोर्ट', र 'देश की बात' जस्ता कार्यक्रमहरू सञ्चालान गरेका थिए। रवीश कुमारले दुई पटक वर्षको सर्वोत्कृष्ट पत्रकारिताको लागि रामनाथ गोयङ्का उत्कृष्टता पत्रकारिता पुरस्कार र सन् २०१९ मा रमन म्याग्सेसे पुरस्कार प्राप्त गरिसकेका छन्। म्यागसेसे पुरस्कार पाउने उनी पाँचौं भारतीय पत्रकार हुन्।[४]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

रवीश कुमारको जन्म सन् १९७४ डिसेम्बर ५ मा बिहारको पूर्वी चम्पारण जिल्लाको अरेराज नजिक जितवारपुर गाउँमा एक ब्राह्मण परिवारमा बलिराम पाण्डेको घरमा भएको थियो। [५][६][७]उनले आफ्नो उच्च माध्यमिक शिक्षा पटनाको लोयोला हाई स्कूलबाट प्राप्त गरेका थिए। उनी थप उच्च शिक्षाका लागि दिल्ली गएका थिए। उनले दिल्ली विश्वविद्यालयसँग आबद्ध देशबन्धु कलेजबाट स्नातक तह उतीर्ण गरेका थिए। अन्ततः उनले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेसनबाट हिन्दी पत्रकारितामा स्नातकोत्तर डिप्लोमामा नामाङ्कन गरेका थिए।[८]

पेशा[सम्पादन गर्नुहोस्]

रवीश कुमारले सन् १९९४ देखि सन् २०२२ सम्म उनी एनडिटिभी भारतद्वारा अन्ततः वरिष्ठ निर्देशकको रूपमा कार्यरत थिए।[९] उनले च्यानलको प्रमुख साप्ताहिक कार्यक्रम 'प्राइम टाइम', 'हम लोग',[१०] 'रवीश की रिपोर्ट'[११][१२] र 'देश की बात' जस्ता कार्यक्रमहरू सञ्चालान गरेका थिए। उनले विगतमा आफ्नो पत्रकारिताका लागि ज्यान मार्ने धम्की पाएका थिए।[१३][१४][१५] सन् २०२२ नोभेम्बर ३० मा, च्यानलका संस्थापक र प्रमोटर प्रणय रोयराधिका रोयले आरआरपिआर होल्डिङ प्राइभेट लिमिटेडको बोर्डमा निर्देशक पदबाट राजीनामा दिएपछि उनले एनडिटिभीबाट राजीनामा दिएका थिए।[१६] एनडिटिभी समाचार संस्थालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक घनिष्ठ सहयोगी गौतम अदानी समूहद्वारा अधिग्रहण गरेको थियो।[१७]

रवीश कुमार (बायाँमा स्टेजमा) २०१८ मा नयाँ दिल्लीमा शिकागो विश्वविद्यालयको पत्रकारिता सप्ताहमा व्याख्यानको क्रममा बोल्दै।

पुरस्कार र प्रशंसा[सम्पादन गर्नुहोस्]

रवीश कुमारलाई पत्रकारितामा उनको कामको लागि रमन म्यागसेसे पुरस्कार (सन् २०१९) सहित विभिन्न पुरस्कारहरू प्रदान गरिएको छ। उनी हिन्दी भाषामा प्रशारण श्रेणीको लागि दुई पटक रामनाथ गोयङ्का एक्सेलेन्स इन जर्नलिज्म अवार्ड (सन् २०१७, सन् २०१३) प्राप्त गरिसकेकाका छन्। यो सूचीमा पत्रकारिताका लागि गौरी लङ्केश पुरस्कार, प्रथम कुलदीप नायर पत्रकारिता पुरस्कार (सन् २०१७), हिन्दी पत्रकारिता र रचनात्मक साहित्यका लागि गणेश शङ्कर विद्यार्थी पुरस्कार (सन् २०१० को लागि, सन् २०१४ मा सम्मानित) पाइसकेका छन्। उनी द इन्डियन एक्सप्रेसद्वारा १०० सबैभन्दा प्रभावशाली भारतीय (सन् २०१६) को सूचीमा समावेश थिए र मुम्बई प्रेस क्लबद्वारा वर्षको पत्रकार पनि नामित थिए।[१८][१९][२०][२१][२२][२३][४]

उपराष्ट्रपति, श्री एम. वेंकैया नायडू, सन् २०१७ डिसेम्बर २० मा नयाँ दिल्लीमा पत्रकारितामा उत्कृष्टताका लागि १२औं रामनाथ गोयङ्का उत्कृष्टता पत्रकारिता पुरस्कार प्रस्तुत गर्दै।
प्राप्त पुरस्कारहरू
  1. गणेश शङ्कर विद्यार्थी पुरस्कार, सन् २०१०
  2. रामनाथ गोयङ्का उत्कृष्टता पत्रकारिता पुरस्कार, सन् २०१३
  3. इन्डियन टेलिभिजन पुरस्कार, सन् २०१४
  4. कुलदीप नायर पुरस्कार, सन् २०१७
  5. रमन म्याग्सेसे पुरस्कार, सन् २०१९

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

रवीश कुमारको विवाह दिल्ली विश्वविद्यालयको लेडी श्रीराम कलेजमा इतिहास पढाउने नयना दासगुप्तासँग भएको छ। उनीहरूको दुई छोरी छन्।[२४]

लोकप्रिय संस्कृतिमा[सम्पादन गर्नुहोस्]

भाइरल फिभरको च्यानल द स्क्रिन पट्टीले टिएसपीको 'रवीश की रिपोर्ट', कमेडी वेब कार्यक्रम निर्माण गरेको छ। यो सामाजिक व्यङ्ग्यले आफ्नो छोटो एपिसोड र 'प्राइम टाइम विथ रवीश', एक नक्कली वार्तालाप कार्यक्रममा सामाजिक समस्याहरूलाई हास्यास्पद रूपमा प्रस्तुत गर्दछ, जसले शिवङ्कित सिंह परिहारसँग प्रस्तुतिकरण गर्ने रवीश कुमारको शैलीलाई दुवै शृङ्खलाहरूमा चित्रण गरेको छ।[२५]रवीश कुमार स्ट्यान्ड-अप कमेडियन कुणाल कामराको अनलाइन वार्तालाप कार्यक्रम 'सट-अप-या-कुणाल'मा उनको रिपोर्टिङ र व्यक्तिगत जीवन[२६] र पत्रकार समदीश भाटियाको 'सो अफ द रेकर्ड'मा चर्चा गर्दै देखा परेका छन्।[२७][२८]

पुस्तकहरू:[सम्पादन गर्नुहोस्]

  1. इश्क में शहर होना
  2. देखते रहिये
  3. रवीशपन्ती
  4. द फ्री भ्वाइस: अन डेमोक्रेसी, कल्चर एन्ड द नेसन
  5. बोलना ही है : लोकतन्त्र, संस्कृति और राष्ट्र के बारे में

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. PTI (९ सेप्टेम्बर २०१९), "Indian journalist Ravish Kumar receives 2019 Ramon Magsaysay Award", The Hindu (en-INमा), आइएसएसएन 0971-751X, मूलबाट २८ डिसेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २०२१ 
  2. "जन्मदिन विशेष: कौन हैं और क्या करती हैं रवीश कुमार की पत्नी, जानिए कैसी है लाइफस्टाइल", Jansatta (हिन्दीमा), ५ डिसेम्बर २०२०, अन्तिम पहुँच १३ अप्रिल २०२१ 
  3. Puri, Anjali (२ डिसेम्बर २०१९), "Ravish Kumar: The rooted anchor", Business Standard (अङ्ग्रेजीमा), अन्तिम पहुँच १३ अप्रिल २०२१ 
  4. ४.० ४.१ ""Truth Essential To Democracy": Ravish Kumar Receives Magsaysay Award", NDTV.com, अन्तिम पहुँच ७ डिसेम्बर २०२१ 
  5. PTI (२ अगस्ट २०१९), "NDTV's Ravish Kumar wins the 2019 Ramon Magsaysay Award", ThePrint (en-USमा), अन्तिम पहुँच १३ अप्रिल २०२१ 
  6. PTI (२ अगस्ट २०१९), "Journalist Ravish Kumar wins 2019 Ramon Magsaysay Award", Deccan Herald (अङ्ग्रेजीमा), अन्तिम पहुँच १३ अप्रिल २०२१ 
  7. "Know about the elder brother of journalist Ravish Kumar", Jansatta, १६ अक्टोबर २०२०। 
  8. "दिल्ली में बंगाल की नयना पर दिल हार बैठे थे रवीश कुमार, तमाम मुश्किलों को पार कर रचाई शादी", Jansatta (हिन्दीमा), ४ अगस्ट २०२०, अन्तिम पहुँच २७ अगस्ट २०२० 
  9. "NDTV - The Company", NDTV, अन्तिम पहुँच २८ अगस्ट २०१६ 
  10. "NDTV.com", www.ndtv.com, अन्तिम पहुँच २८ अगस्ट २०१६ 
  11. "Ravish Ki Report", www.ndtv.com, अन्तिम पहुँच २०२२-११-३० 
  12. "Des Ki Baat", NDTV, अन्तिम पहुँच २४ जुलाई २०२० 
  13. "NDTV के पत्रकार रवीश कुमार को दी जा रही है जान से मारने की धमकी", NDTVIndia, २५ मे २०१८, अन्तिम पहुँच ३ फेब्रुअरी २०२१ 
  14. "NDTV's Ravish Kumar says the frequency of death threats increased, calls it 'all well organised' - India News, Firstpost", Firstpost, २७ मे २०१८, अन्तिम पहुँच ३ फेब्रुअरी २०२१ 
  15. "NDTV's Ravish Kumar says death threats have increased", The Hindu, २५ मे २०१८, अन्तिम पहुँच १४ मे २०२० 
  16. "Senior journalist Ravish Kumar resigns from NDTV", Indian Express, ३० नोभेम्बर २०२२, अन्तिम पहुँच २०२२-११-३० 
  17. "Media freedom fears in India after Modi ally Adani buys 29% stake in NDTV", the Guardian (अङ्ग्रेजीमा), २०२२-०८-२४, अन्तिम पहुँच २०२२-११-३० 
  18. "Kumar, Ravish", www.rmaward.asia, अन्तिम पहुँच १७ मार्च २०२१ 
  19. "Ramnath Goenka Excellence in Journalism Awards: Full list of winners", The Indian Express (en-USमा), २२ डिसेम्बर २०१७, अन्तिम पहुँच १४ मे २०२० 
  20. "First Gauri Lankesh Memorial Award given to senior TV journalist Ravish Kumar - The New Indian Express", New Indian Express, २३ सेप्टेम्बर २०१९, अन्तिम पहुँच १७ मार्च २०२१ 
  21. "President Pranab Mukherjee honours 28 persons for contribution towards Hindi language", The Economic Times, २७ अगस्ट २०१४, अन्तिम पहुँच १४ मे २०२० 
  22. "Kuldip Nayar journalism awards: First winner Ravish Kumar says journalists 'have to rise above flattery of establishment'", The Indian Express (अङ्ग्रेजीमा), २१ मार्च २०१७, अन्तिम पहुँच १७ मार्च २०२१ 
  23. "#ie100: Narendra Modi to Ravish Kumar, the most powerful Indians", The Indian Express (अङ्ग्रेजीमा), १४ अप्रिल २०१६, अन्तिम पहुँच १७ मार्च २०२१ 
  24. Joshi, Namrata (१२ अक्टोबर २०१५), "The Peace Maker", Outlook, अन्तिम पहुँच १७ मार्च २०२१ 
  25. "Rabish Ki Report", TVFPlay, अन्तिम पहुँच १२ जुन २०२१  वेब्याक मेसिन अभिलेखिकरण १४ मे २०२१ मिति
  26. "Shut Up Ya Kunal - Episode 6: Ravish Kumar", Kunal Kamra, २४ मे २०१८। 
  27. "Shut Up Ya Kunal - Episode 6: Ravish Kumar", Kunal Kamra, २४ मे २०१८। 
  28. "Off The Record Ep. 11 ft. Ravish Kumar", www.scoopwhoop.com (Englishमा), ७ अगस्ट २०२१, अन्तिम पहुँच ७ डिसेम्बर २०२१  वेब्याक मेसिन अभिलेखिकरण ७ डिसेम्बर २०२१ मिति