विमला तुम्खेवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विमला तुम्खेवा
ᤘᤡᤔᤗᤠ ᤋᤢᤶᤂᤣᤘᤠ
हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे (२०१९) को विमोचन कार्यक्रममा
जन्म१९७८ (उमेर ४६)
ओख्रे, तेह्रथुम, नेपाल
राष्ट्रियतानेपाली
पेशाकवि
उल्लेखनीय कार्य
हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे

विमला तुम्खेवा नेपाली कवि, लेखक तथा पत्रकार हुन्। उनका कामहरू नारीवाद र जातीय पहिचानका विषयवस्तुहरूमा केन्द्रित हुन्छन्। उनले हालसम्म चारवटा कविता सङ्ग्रह प्रकाशित भएका छन्।

उनी सञ्चारिका समूहकी महासचिव र महिला सुरक्षा दवाब समूहकी सदस्य पनि हुन्। उनको एउटा कविता सुदूरपश्चिम विश्वविद्यालय र सोह्र कलेजको स्नातक प्रथम वर्षको पाठ्यक्रममा समावेश छ।[१]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

विमलाको जन्म सन् १९७८ (वि. सं. २०३४) तेह्रथुम जिल्लाको ओख्रे गाउँमा भएको थियो। उनी मोरङ जिल्लाको पथरीमा हुर्किएकी थिइन्।[२] उनका बुबा ब्रिटिस सेनाका पूर्व सिपाही थिए। १० वर्षकी हुँदा उनले म्याक्सिम गोर्कीको 'आमा' र पारिजातको 'शिरीषको फूल' पढेकी थिइन्। ती दुई पुस्तकहरूले उनको मनमा गहिरो छाप छोडेको थियो। विद्यालयको सात कक्षामा पढ्दादेखि नै कविता लेख्न थालेकी थिइन्। उनको पहिलो कविता 'म', उनले सहरमा सांस्कृतिक कार्यक्रममा जम्मा भएका १५०० मानिसहरूको भीडको अगाडि सुनाएकी थिइन्। उनी माध्यमिक विद्यालयको ११ कक्षामा पढ्दा विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुन थालेकी थिइन्। उनले 'मधुपर्क', 'गरिमा' र 'युवामञ्च' जस्ता विभिन्न नेपाली साहित्यिक पत्रिकाहरू पढेकी थिइन्।

साहित्यिक जीवन[सम्पादन गर्नुहोस्]

उनी रेडियो नेपालका रेडियो कार्यक्रममा आफ्ना कविता सुनाउँथिन्। जब उनी १७ वर्षकी थिइन्, उनको कविता राष्ट्रिय पत्रिका 'गरिमा'मा प्रकाशित भएको थियो।उनको पहिलो सङ्ग्रह 'विमला तुम्खेवाका कविताहरू' सन् १९९९ मा प्रकाशित भएको थियो। त्यसपछि उनले पूर्वी नेपालमा केही पहिचान पाउन थालेकी थिइन्।

त्यसपछि उनी धरानबाट आउने पत्रिका 'ब्लास्ट टाइम्स'मा लेख्न थालिन्। त्यसपछि विमला र उनका साथीहरूको समूहले 'हेलो पथरी' नामक स्थानीय पत्रिका सुरु गरेका थिए। त्यही पत्रिकामार्फत उनले पत्रकारिताको यात्रा सुरु गरेकी हुन्। उनी सन् २००१ मा माओवादी जनयुद्धका क्रममा काठमाडौं आएकी थिइन्। यहाँ आएर उनले 'राजधानी' जस्ता राष्ट्रिय स्तरका पत्रिकाका लागि लेखन कार्य थालेकी थिइन्।[३]

उनले आफ्नो दोस्रो पुस्तक 'नदी, छाल र तरङ्गहरू' सन् २००४ मा प्रकाशित गरिन्। उनी लिम्बु कविहरूको साथमा वार्षिक साहित्यिक कार्यक्रम 'ताङ्सिङ - २०७७' मा पनि सक्रिय सहभागिता जनाएकी थिइन्। कार्यक्रम याक्थुङ लेखक सङ्घले आयोजना गरेको थियो। कार्यक्रममा लिम्बु जाति र लिम्बुवान राज्यको जातीय पहिचानका कविताहरू वाचन गरिएको थियो।[४][५][६]उनको तेस्रो पुस्तक सन् २००९ मा प्रकाशित भएको थियो। काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गरिएको थियो।[७] सन् २०१६ मा, उनले स्वीडेनको स्टकहोममा 'नेपाली कविता महोत्सव' (स्टकहोम नेपाली कविता महोत्सव) मा भाग लिइन्। कार्यक्रम 'नेपाल मण्डप' (नेपाली सांस्कृतिक सङ्घ, स्वीडेन)ले सन् २०१६ फेब्रुअरी २८ मा आयोजना गरेको थियो।[८]

उनले आफ्नो चौथो कविता सङ्ग्रह सन् २०१९ मार्च २२ मा प्रकाशित गरिन्। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा वरिष्ठ कवि बैरागी काइँलाले पुस्तक विमोचन गरेका थिए। विमोचन कार्यक्रममा कवि तोया गुरुङ र आहुतीको उपस्थिति रहेको थियो।[९][१०][११]

कृतिहरू[सम्पादन गर्नुहोस्]

कविता सङ्ग्रहहरू[सम्पादन गर्नुहोस्]

  • विमला तुम्खेवाका कविताहरू (सन् १९९९)
  • नदी, छाल र तरङ्गहरू (सन् २००४ )
  • संस्मरण एउटा बूढो रूखको (सन् २००९)
  • हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे (सन् २०१९) [१२]

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

सन् २०२० मा, उनलाई 'नेपाली प्रतिभा प्रतिष्ठान' एक प्रमुख सामाजिक-साहित्यिक युके अवस्थित नेपाली संस्थाबाट प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको थियो।[१३][१४][१५]सन् २०२१ अक्टोबर २८ मा, उनलाई नेपाली साहित्यमा उनको योगदानको लागि डा. हर्षबहादुर बुढा मगर स्मृति प्रतिष्ठानद्वारा 'हर्षबहादुर बुढा मगर साहित्य सम्मान-२०२१' बाट सम्मानित गरिएको थियो।[१६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कवि तथा पत्रकार बिमला तुम्खेवाका कविता सुदूरपश्चिम विश्वविद्यालयका सोह्र कलेजमा पढाइ हुने Nepalese Women", nepalesewomen.com (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१३ 
  2. "'पहिला ल्यापटपमा लेख्थेँ, हिजोआज मोबाइलमा लेख्छु'", देशसञ्चार (en-USमा), २०१९-१०-२६, अन्तिम पहुँच २०२१-११-१३ 
  3. Gurung, Muna, "Bimala Tumkhewa: Putting kinema on the map of Nepal" (en-USमा), अन्तिम पहुँच २०२१-११-१३ 
  4. "२३ लिम्बु कवि सम्मिलित कविता तङ्सिङ् हुने", २३ लिम्बु कवि सम्मिलित कविता तङ्सिङ् हुने, अन्तिम पहुँच २०२१-११-१३ 
  5. "कविता तङ्सिङ् – २०७६ सम्पन्न", Nepali Public, अन्तिम पहुँच २०२१-११-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-१३ मिति
  6. "पहिचानवादी लिम्बु कविहरुको भेला ‘कविता तङ्सिङ’", Nagarik Khabar (अङ्ग्रेजीमा), २०१९-०९-१३, अन्तिम पहुँच २०२१-११-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-१३ मिति
  7. Singh, Rishi (२००९-०१-१२), "Tumkhewa’s third book out", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१३ 
  8. "स्वीडेनमा "स्टकहोल्म नेपाली कविता महोत्सव- २०१६" सम्पन्न", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२१-११-१३ 
  9. "‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सार्वजनिक", ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सार्वजनिक, अन्तिम पहुँच २०२१-११-१३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-१३ मिति
  10. "कवयत्री तुम्खेवाको चौंथो कृति ‘हल्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ लोकार्पण !", Pariwartan Khabar (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१३ 
  11. Singh, Rishi (२००९-०१-१२), "Tumkhewa’s third book out", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१३ 
  12. "विमला तुम्खेवाको ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ माथि विमर्श (भिडियो सहित) - Nayabulanda.com", www.nayabulanda.com, अन्तिम पहुँच २०२१-११-१३ 
  13. "Dr. Bimal and Poet Tumkhewa Chosen for Pratibha Honor and Award", The Gorkha Times (en-USमा), २०२०-१२-२१, अन्तिम पहुँच २०२१-११-१३ 
  14. "राजेन्द्र बिमल र बिमला तुम्खेवा सम्मानित", Sutra News (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१३ 
  15. Udash, Rashmita, "प्रतिभा सम्मान र प्रतिभा पुरस्कारबाट राजेन्द्र बिमल र बिमला तुम्खेवा सम्मानित - NepalTimes", nepaltimes.net (en-USमा), अन्तिम पहुँच २०२१-११-१३ 
  16. "Dr. Harsha Bahadur Budha Magar Memorial Foundation honours various personalities", GorakhaPatra (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१३