लुकामारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुकामारी
लुकामारी खेलिरहेका बच्चाहरू
खेलाडीहरू२+
पूर्वनिर्धारित समयअन्दाजी ९० सेकेन्ड
खेल्ने समयअसीमित
संयोगधेरै न्युन
उमेर समूह३+
कौशलदगुर्नु, पछयाउनु, लुक्नु, अवलोकन गर्नु, चुप बस्ने क्षमता

लुकामारी वा आसपास[१][२] बालबालिकाको एक लोकप्रिय खेल हो। यो खेलमा कम्तीमा दुई खेलाडीहरू तथा बढीमा गणना गर्न सकिने खेलाडीहरू एक वा बढी खोज्नेहरूद्वारा भेट्टाउनको लागि एउटा तोकिएको निर्धारित क्षेत्र वरिपरी आफूलाई लुकाउँछन्।[३][४]

खेल खेल्ने तरिका[सम्पादन गर्नुहोस्]

यो खेलमा सबैभन्दा पहिले एउटा 'डुम' ('चोर') छनौट गर्ने गरिन्छ। डुम छनौट भइसकेपछि उसको आँखामा रुमाल बाँधेर वा उसले स्वयं आफ्नो आँखा बन्द गरेर पहिले देखि निर्धारित गरिएको सङ्ख्यासम्म गन्ती गर्छ (जस्तै १ देखि १०० वा २० सम्म) र गन्ती गरिरहेको समयमा अन्य खेलाडीहरू छेउछाउको लुक्ने स्थानहरूमा आँफुलाई लुकाउने गर्छन्। गिन्ती सकिसकेपछि 'डुम'ले लुकेका खेलाडीहरूलाई खोज्ने कार्य सुरु गर्दछ। खेलाडीहरूलाई खोजी गर्ने क्रममा लुकेका मध्येबाट कुनै खेलाडीले 'डुम'लाई थाहा नै नदिई 'ढ्याप्पा' भन्न सफल भयो भने खेल पुनः सुरु हुन्छ र त्यही खेलाडी 'डुम' बनि अन्य खेलाडीलाई खोज्ने कार्य गर्नुपर्छ तर यदि 'डुम'ले सबै खेलाडीलाई खोज्न सफल भएको खण्डमा सबैभन्दा पहिले खोजी गरेको खेलाडी 'डुम' बन्न पुग्छ।[५][१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "परम्परागत खेलहरूको प्रोफाइल", युवा तथा खेलकूद मन्त्रालय, नेपाल (नेपालीमा), वि.सं. २०७५। 
  2. "यसकारण लोकप्रिय छ लुकामारी", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१७ 
  3. Williams, Jenny (२० अगस्ट २००९), "30 Classic Outdoor Games for Kids", Wired, Hide and Seek, अन्तिम पहुँच २ जुलाई २०१७ 
  4. Trafton, J. Gregory; Schultz, Alan; Perznowski, Dennis; Bugajska, Magdalena; Adams, William; Cassimatis, Nicholas; Brock, Derek (अगस्ट २००३), Children and robots learning to play hide and seek, Naval Research Laboratory, मूलबाट २०२२-१०-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २, २०११  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०३-१६ मिति
  5. नुनुता, राई, "शहरीकरणले खायो रैथाने खेल", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-१७