खेल मिलेमतो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सङ्गठित खेलकुद प्रतियोगितामा खेल मिलेमतो[१] (म्याच फिक्सिङ[२], गेम फिक्सिङ वा रेस फिक्सिङ) भनेको खेलको त्यस्तो अवस्था हो जसमा खेलको नियम उल्लङ्घन गरी नतिजा पहिले नै निर्धारण गरिएको हुन्छ।[३][४]

स्पट फिक्सिङ[सम्पादन गर्नुहोस्]

स्पट फिक्सिङ म्याच फिक्सिङभन्दा पूर्णतया फरक छ। स्पट फिक्सिङमा यसले खेलको नतिजालाई असर गर्छ भन्ने जरुरी छैन, तर म्याच फिक्सिङमा खेलाडीले खेलको निर्णयलाई प्रत्यक्ष असर गर्छ। एक खेलाडीले विपक्षी टोलीलाई फाइदा दिनको लागि जानाजानी आफ्नो क्षमता भन्दा कम प्रदर्शन गर्दछ। जब खेलमा बराबरको कडा प्रतिस्पर्धा हुन्छ, एक प्रमुख खेलाडीले पनि निर्णय उल्टाउन सक्छ। कयौं पटक फिक्सिङ घोटालामा धेरै खेलाडी संलग्न हुन्छन्, जसले ‘तालमेल’ देखाएर खेलको नतिजा प्रभावित गर्छन्।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "खेल मिलेमतो राज्यविरुद्ध कसुर नहुने", लोकपथ (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४ 
  2. राजोपाध्याय, श्रीलोचन, "‘लिग फिक्सिङ’बारे अनुसन्धान गर्न गृह मन्त्रालयको निर्देशन", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४ 
  3. "खेलमा मिलेमतो गर्नेलाई कारवाही गर्ने सरकारको तयारी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४ 
  4. "खेल मिलेमतो गरे तीन वर्ष कैद", इमेज खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४ 
  5. "खेल मिलेमतोका लागि प्रस्ताव आएको ज्ञानेन्द्रको खुलासा", खेलाडी (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४