नेपालको राष्ट्रपतिय निर्वाचन, २०६५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको राष्ट्रपतिय निर्वाचन, २०६५

२०६५ साउन ४ (प्रथम चरण)
२०६५ साउन ६ (दोस्रो चरण)
२०७२ →
 
उम्मेदवार रामवरण यादव रामराजाप्रसाद सिंह
दल नेपाली कांग्रेस नेकपा (माके)
प्रतिशत ५२.२०% ४७.८०%

निर्वाचित राष्ट्रपति

रामवरण यादव[१]
नेपाली कांग्रेस

नेपालको राष्ट्रपतिय निर्वाचन, २०६५ले नेपालको प्रथम राष्ट्रपति चयन गरेको थियो। यो निर्वाचन वि.सं. २०६५ साउनमा सम्पन्न भएको थियो। पहिलो चरणको निर्वाचन वि.सं. २०६५ साउन ४ गते भएको थियो भने दोस्रो चरणको निर्वाचन वि.सं. २०६५ साउन ६ गते सम्पन्न भएको थियो।[२] वि.सं. २०६५ वैशाखमा, नेपालको संविधानसभाले अन्तरिम संविधानको पाँचौ संशोधन असार ३० मा पारित गरेसँगै नयाँ राष्ट्रपति र उप-राष्ट्रपतिको लागि निर्वाचन भएको थियो।[३] निर्वाचनको केही महिना अगाडि नेपालमा आएको गणतन्त्र पश्चात् यो पहिलो राष्ट्रपतिय निर्वाचन थियो।

संविधानमा गरिएको संशोधनमा बहुमत पार्टीले सरकारको गठन गर्ने र संविधानसभाले बहुमतको आधारमा नयाँ राष्ट्रपति चुन्ने र विपक्षी नेताले संवैधानिक परिषद्को सदस्य हुने नयाँ प्रावधान रहेको थियो।[४] नेपालमा प्रमुख राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नयाँ राष्ट्रपतिको हुने भन्ने बारेमा छलफलमा जुटेका थिए। नेपाली कांग्रेसले तात्कालिक नेपालका प्रधानमन्त्री र अन्तरिम राष्ट्र प्रमुख गिरिजाप्रसाद कोइरालालाई नेपालको नयाँ राष्ट्रपतिको रूपमा चाहेका थिए[५] भने नेपाल कम्युनिस्ट पार्टी (संयुक्त मार्क्सवादी-लेनिनवादी) ले आफ्ना पूर्व महासचिव माधवकुमार नेपाललाई राष्ट्रपतिको रूपमा चाहेको थियो।[६] यद्यपि नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले कोइराला वा नेपाल जस्ता पार्टीका व्यक्तित्वहरूको सट्टा राष्ट्रपतिको रूपमा स्वतन्त्र व्यक्ति चाहिने धारण प्रस्तुत गरेको थियो। माओवादीले संविधानसभामा सबैभन्दा बढी सिटहरू जितेको थियो,[७] यद्यपि उनीहरूको पार्टीले अन्य दलहरूसँग मिलेर गठबन्धनको सरकार गठन गर्नु आवश्यकता रहेको थियो।[८]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

वि.सं २०६३ को जनआन्दोलनले नेपालमा राजतन्त्रको अन्त्य गरेको थियो। यस भन्दा अगाडि राजा नेपालमा राष्ट्र प्रमुखको रूपमा रहेका थिए। वि.सं. २०६३ मा जारी गरिएको नेपालको अन्तरिम संविधान अनुसार, २०६४ सालमा नेपालमा संविधानसभा निर्वाचन भएको थियो जसमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले २२९ सिट जित्दै गर्दै बहुमत प्राप्त गरेको थियो। संविधान सभाको निर्वाचन पश्चात् गठन भएको संविधानसभाको पहिलो बैठकले वि.सं. २०६५ साल जेठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना गरेको थियो। [९]

उम्मेदवार[सम्पादन गर्नुहोस्]

वि.सं. २०६५ जेठ २७, नेकपा माओवादीले राष्ट्रपति पदको लागि पाँच जानलाई मनोनीत गरेको थियो: उम्मेदवारहरू निम्न उल्लेखित छन्:

नेकपा (माओवादी) र नेकपा (एमाले) बीचको गठबन्धन वि.सं. २०६५ साउन २ मा, टुटेको थियो। जस पश्चात् ती तीन प्रमुख दलले राष्ट्रपति र उप-राष्ट्रपतिका लागि आफ्नै उम्मेदवार मनोनीत गरेका थिए। तिनै मुख्य राष्ट्रपति उम्मेदवारहरू मधेशीहरू थिए।[११] सबैभन्दा ठूलो मधेशी पार्टी, मधेशी जनअधिकार फोरमले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको रूपमा समर्थन गर्ने[१२] र उपराष्ट्रपतिका लागि लागि आफ्नै उम्मेदवार मनोनीत गर्नेे घोषणा गरेको थियो।[१३][१४]

दल राष्ट्रपति पदका उम्मेदवार उपराष्ट्रपति पदका उम्मेदवार
नेकपा-माओवादी रामराजाप्रसाद सिंह शान्ता श्रेष्ठ
नेपाली कांग्रेस रामवरण यादव मीनबहादुर विश्वकर्मा
नेकपा एमाले राम प्रित पासवान अष्टलक्ष्मी शाक्य
मधेशी जनअधिकार फोरम परमानन्द झा

मतदानको दिन नेकपा (एमाले) र मधेशी जनअधिकार फोरमले राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका उम्मेदवार रामवरण यादवलाई समर्थन गर्न सहमत भएका थिए र नेकपा (एमाले) र नेकपा (एमाले) र नेपाली कांग्रेसले उपराष्ट्रपति पदका लागि मधेशी जनअधिकार फोरमका उम्मेदवार परमानन्द झालाई समर्थन गर्न सहमत भएका थिए जसबाट माओवादीले तीन शीर्ष मधेशी दलहरूसँग गरेको सम्झौता रद्द भएको थियो।[१५]

नतिजा[सम्पादन गर्नुहोस्]

५७८ जना संविधानसभा सदस्यहरूले २०६५ साउन ४ को सर्वेक्षणमा भाग लिएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) ले चुनाव बहिष्कार गरेका थिए। चुरे भावर राष्ट्रिय एकता पार्टीका एकमात्र संसद सदस्य, केशवप्रसाद मैनालीले केवल उप-राष्ट्रपति चुनावमा भाग लिए।[१६]

साउन ४ गते नै, परमानन्द झा नेपालको पहिलो उपराष्ट्रपति घोषित भएका थिए, झाले उनको नजिकको प्रतिद्वन्द्वी अर्थात् नेपाल कम्युनिस्ट पार्टी (माओवादी) की उम्मेदवार शान्ता श्रेष्ठलाई ३०८ मत प्राप्त गर्दै पराजित गरेका थिए। यद्यपि, कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न असमर्थ रहेका कारण राष्ट्रपतिय निर्वाचन सम्पन्न हुन सकेन। रामवरण यादवले २८३ र रामराजप्रसाद सिंहले २७० मत प्राप्त गरेका थिए। यस पश्चात्, अन्तिम र निर्णायक निर्वाचनका लागि आह्वान गरिएको थियो।

२०६५ साउन ६ , नेकपा (एमाले) र मधेशी जनअधिकार फोरमले समर्थन गरेको नेपाली कांग्रेसका रामवरण यादवलाई ५९४ संविधानसभा सदस्यहरूमा करीव ३०८ संविधानसभा सदस्यहरूको समर्थन प्राप्त भएको थियो। नेकपा (माओवादी) द्वारा मनोनीत रामराजाप्रसाद सिंह उनका प्रतिद्वन्दी थिए।[१७] उनले २८२ मत प्राप्त गरेका थिए। यस अघि उपराष्ट्रपति निर्वाचन र राष्ट्रपतिय पदको पहिलो चरण निर्वाचनमा माओवादीले भूमि सुधार जस्ता केही चुनावी वाचा पूरा गर्न नसक्ने डरले राष्ट्रपति पदको छनोट सफल भएन भने, सरकार गठन गर्न अस्वीकार गर्ने धम्की दिएको थियो। संविधानसभाका सभापति कुलबहादुर गुरुङले सोमबार दोस्रो चरणको राष्ट्रपति चुनावमा रामवरण यादवलाई विजयी घोषित गरेका थिए।[१८] गणतन्त्र भए पछि यादव नेपालका पहिलो राष्ट्रपति हुन्।

राष्ट्रपतिय निर्वाचन
स्रोत:बीबीसी नेपाली[१९]

उम्मेदवार दल मत (प्रथम चरण) मत (दोस्रो चरण)
रामवरण यादव नेपाली कांग्रेस
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
मधेशी जन अधिकार फोरम, नेपाल [१५]
२८३ ३०८
रामराजाप्रसाद सिंह नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २७० २८२
अवैध मत २४

उप-राष्ट्रपतिय निर्वाचन

उम्मेदवार दल मत
परमानन्द झा मधेशी जन अधिकार फोरम, नेपाल
नेपाली कांग्रेस
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)[१५]
३०५
शान्ता श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २४३

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालका प्रथम राष्ट्रपतिमा रामवरण यादव निर्वाचित"बीबीसी नेपाली ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  2. "राजनीतिक षड्यन्त्र र भारतको दबाबको शिकार बनेका रामराजा"रातोपाटी ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  3. "नेपालमा वि.स. ९३६ देखि हालसम्म के–के भयो ? हेर्नुस"दिनेश खबर ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  4. "परिच्छेद–५ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन"नेपाल कानुन आयोग ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  5. "'राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालाको चर्चा'"बीबीसी नेपाली ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  6. "साउन ४ गते शनिबार राष्ट्रपतिको निर्वाचन हुने"बीबीसी नेपाली ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  7. "संविधानसभा २०६४ देखि २०७२"बिबिसी नेपाली ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  8. "संविधानसभा प्रथम" ((नेपाली भाषा)। सङ्ग्रह मिति ८ फेब्रुअरी २०२१ 
  9. "नेपालमा गणतन्त्रको पृष्ठभूमि"राष्ट्रपतिको कार्यालय (नेपाली) भाषा)। सङ्ग्रह मिति ४ जनवरी २०२२ 
  10. "Maoist Propose Five Names for President", टेलिग्राफ नेपाल, २००६-०६-०९, अन्तिम पहुँच २००८-०७-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२४ मिति
  11. "Parties Fail to Pick Common Presidential Candidate; Frontrunners are Three Madhesis", नेपाल न्युज, २००८-०७-१७, मूलबाट २००८-११-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-२१ 
  12. "CPN-M President Candidate Gathers Simple Majority", पिपुल्स डेली अनलाइन Online, २००८-०७-१७, अन्तिम पहुँच २००८-०७-२१ 
  13. "Nepali Political Parties File Different Names for 1st President", पिपुल्स डेली अनलाइन, २००८-०७-१७, अन्तिम पहुँच २००८-०७-२१ 
  14. "Candidates for President, Veep File Nominations; Singh Stands Fair Chance", २००८-०७-१७, मूलबाट २००८-१०-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-२१ 
  15. १५.० १५.१ १५.२ "Voting for President, Vice President Completes 16 CA Members Absent", Nepal News, २००८-०८-१९, मूलबाट २००८-१०-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-२१ 
  16. "PM meets with Chure Bhawar Leader; Parties Intensify Parleys", Nepal News, २००८-०७-२०, मूलबाट २००८-११-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०७-२१ 
  17. "रामराजा हारे माओवादी प्रतिपक्षमा बस्ने"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  18. "नेपालका प्रथम राष्ट्रपतिमा रामवरण यादव निर्वाचित"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 
  19. "राष्ट्रपतिका लागि फेरि निर्वाचन हुने, झा उपराष्ट्रपति"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]