बडाङमी मेला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बडाङमी मेला

बडाङमी मेला राई जातिको प्रमुख पर्वहरू मध्येको एक हो । यो पूर्वी नेपालको धनकुटाको उत्तरपश्चिमका घना राई वस्ती रहेका खोकु, छिन्ताङ्गआँखिसल्ला गा.वि.स. मा हर्षोल्लासका साथ लाग्छ । छिन्ताङ्ग गाविसको साकेवा थानबाट राई विधिअनुसार च्याब्रुङ्ग, ढोल, झ्याम्टा आदि बजाउँदै शुरू गरिने उक्त मेला सोही गाविस-१ स्थित पञ्चकन्यामा परम्परागत विधिअनुरूप अन्त्य गरिन्छ । छ दिनसम्म लाग्नेउक्त मेलामा परदेश गएका सदस्य तथा आफन्त घर आउँछन् । प्रकृतिको पूजा गरिनेउक्त पर्वमा राई जातिका मूल धामीले देवीदेवतासँग मुन्धुम गरी क्षमा माग्नुका साथै देवीसँग शक्तिवरदानसमेत माग्छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]