भ्यागुता पूजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भ्यागुता पूजा
मितिसाउन शुक्ल पूर्णिमा

हिन्दुहरूको ठूलो चाडका रूपमा रहेको साउन शुक्ल पूर्णिमाका दिन सिदि्दपुरका किसान भ्यागुताको पूजा गर्छन् । किसानहरूले भ्यागुतालाई पूजा गर्ने दिन भएकाले उक्त दिनलाई नेपाल भाषामा 'ब्याँ जा नकेगु पुन्ही' अर्थात भ्याकुतालाई भोज खुवाउने पूर्णे भन्ने गरिन्छ । असारको समयमा किसानहरूले आ-आफ्ना खेतमा कोदालीले माटो पन्छाउँदा कोदालीबाट मरेका कीरा, फट्यांग्रा र भ्यागुताहरूलाई मारेको दोष निवारण र पापमोचन गर्न भ्यागुता पूजा गरी भोज खुवाउने प्रचलन छ । रूद्रयामल तन्त्रमा घण्टाकर्णजस्ता राक्षसलाई सानो भ्यागुतोले मारेर बहादुरी देखाएकाले भ्यागुतालाई पूजा गरी भोज ख्वाउने गरिएको हो । घरकी जेठी महिलाले नुहाई-धुवाई गरी चोखो भई भ्यागुताका लागि आवश्यक भोजनका सामग्री तयार गरी पहिला कुमार, गणेश र नजीकको पीठ देवतालाई पूजाआजा गरी आ-आफ्नो खेतमा गएर भ्यागुतालाई पूजा गरी भोज खुवाउने प्रचलन छ । त्यसपछि मात्र आठ गेडागुडी मिसिएर बनाइएको 'क्वाटी' खाने चलन छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]