श्रेणी वार्ता:नेपालका नगरपालिकाहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काम लाग्न सक्ने तर गलत ठाउँमा राखिएकोले यो अंशलाई यहाँ सारिएको छ ।[सम्पादन गर्नुहोस्]

आनियो ०६:०४, २१ नोभेम्बर २००७ (UTC)

हुन त नेपाल गांउनै गांउले भरीएको देश हो तर पनी यांहा केही ठुला तथा साना सहर हरू रहेका छन तिनीहरू यसप्रकार छन् । यहाँ ति नगरको सन् २००५को अनुमानमा आधारीत जनसंख्या समेत दिइएको छ । साथ साथै ठुला साना सबै नगरपालीकाको जील्ला पनी प्रष्टयाइएको छ । कतीपय साना नगरपालीका हरू नगरपालीका नभएका बजार हरू भन्दा पनी धेरै साना छन तर नगरपालीका घोषणा हुन बांकी ति बजारहरूको विस्तृत विवरण संकलन हुन बांकीनै छ । यो लेखमा ति बजार हरूको नाम र जिल्ला उल्लेख गरीएको छ ।


महानगरपालिका (Metropolitan city)[सम्पादन गर्नुहोस्]

काठमाडौं (Kathmandu) (७९०.६१२) काठमाडौं

काठमाण्डौ नेपालको राजधानी तथा सबैभन्दा ठुलो शहर हो प्रागएतीहासीक इतिहास भएको यो शहर लाई कान्तीपुर पनी भनीन्छ इतिहासका बिभिन्न कालखणडमा बिभिन्न बंसले शासन गरेको यो शहर राजा पृथ्वीनरायण शाहले गोरखा बाट आफ्नो राजधानी सारे देखीयता बर्तमान नेपालको राजधनीको रूपमा रहेको छ ।

काठमाण्डौ उपत्यका भित्रपर्ने यो शहरमा नेपालको सरकारको केन्द्रीय सचिवालय सिहंदरवार, मन्त्रालय हरू, प्राय सबै केन्द्रीय कायर्लय हरू, नारायणीहीटी राजदरवार, सरकारी तथा निजी टेलीभीजन स्टेसन हरू थुप्रै सरकारी तथा निजी रेडीयोहरू तथा समाचार संस्था हरू रहेका छन ।

यस्का साथै बिश्वसंपदा सुचीमा सुचीकृत एतिहासीक बसन्तपुर दरवार, पसुपतीनाथ मन्दीर, बौद्धनाथ स्तुपा र श्वयंभुनाथ स्तुपा समेत यसै सहरमा रहेका छन । चिकित्सा शास्त्र अध्यान संस्थान माहाराजगंज, अमृत साइन्स,त्रिचन्द्र,रत्न राज्य, नेपाल ल, बाल्मीकी बिधापिठ, सरस्वती, पब्लीक युथ,रत्न ज्योती, महेन्द्ररत्न, नेपाल कर्मस क्यम्पस, जनप्रसासन क्याम्पस महेन्द्र संस्कृत बिश्वविधालय काठमाण्डौ कार्यलय, नेपाल मेडीकल कलेज, काठमाण्डौ डेन्टल कलेज, राष्ट्रिय चिकीत्सा अध्यान प्रतिष्ठान विरअस्पताल लगायत अन्य थुप्रै सरकारी तथा निजी शैक्षीक संस्था यो शहरमा छन । नेपाल का केन्द्रीय अस्पतालहरू विर अस्पताल, शहीद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्र, शहीद शुक्रराज सरूवा रोग नियन्त्रण अस्पताल, नेपाल आंखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आंखाकेन्द्र, कुष्ठरोग अस्पताल टोखा नेपाली सेनाका त्रिचन्द्र अस्पताल वीरेन्द्र सैनिक अस्पताल, पायोनीएर अस्पताल शसस्त्र प्रहरीको ज्ञानेन्द्र शसस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरीको वीरेन्द्र प्रहरी अस्पताल, त्रिभुवन विश्वदिधालय चिकित्सासास्त्र अध्यान संस्थानको शिक्षण अस्पताल माहाराज गंज, नेपाल मेडीकल कलेज शिक्षण अस्पताल सिनामंगल, आयुर्वेदीक अस्पताल नरदेवी, सुस्माकोइराला पल्लास्टीक सर्जरी अस्पताल सांखु का साथै नर्भीक, मेडीकेएर, काठमाण्डौ मोडेल, एभरेष्ठ लगतयका प्रशिद्ध थुप्र प्राइभेट तथा सामुदायीक अस्पताल हरू पनी याहां रहेका छन । नेपाली सेनाको केन्द्रीय कार्यलय जंगी अड्डा , शस्सत्र प्रहरी बलको प्रधान कार्यलय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यलय पनी यहिरहेका छन, मुलुकको यौटै मात्र त्रिभुवन अन्तराष्ट्रय विमानस्थल काठमाण्डौमै रहेको छ । साथै बिभिन्न प्राइभेट कम्पनी हरूका केन्द्रीय कार्यलय केही कारखाना हरू का साथै बालाजु औधोगीक क्षेत्र र थुप्रै बिक्री केन्द्र यांहा रहेका छन । काठमाण्डौको टेलीफोनकोड ०१ हो । यो शहरमा झन्डै ८ लाख मानीस बसोबास गर्दछन । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Kathmandu

www.kathmandu.gov.np

उपमहानगरपालिका (Sub metropolitan city)[सम्पादन गर्नुहोस्]

पोखरा (Pokhara)(१८६.४१०) (कास्की)

पोखरा शहर नेपालको पोखरा उपत्यकामा रहेको छ यो उपत्यका काठमाण्डौ उपत्यका पछी नेपालको दोश्रो महत्वपुर्ण पर्यटक गन्तव्य हो । पोखरा शहर पोखराउपत्यकाको पस्चीमी भागमा पर्दछ । यांहाका मुख्य आर्कषण पोखरा उपत्यका भित्रका फेवा ताल,बेगनास ताल, रूपा ताल खास्टे ताल आदी हुन साथै विन्धवासीनी, भिमकाली, जल बाराही, लगायतका मन्दीर का साथै विश्वशान्ती स्तुप पनी आर्कषणका अरू केन्द्र हुन त्यसै गरी डेवीड फल्स, महेन्द्र गुफा, गुप्तेस्वर गुफा पनी पर्यटक गइरहने ठाउ हुन । शाहराजा हरूको शरदकालीन दरवार रत्न मन्दीर पोखराको फेवा तालको किनारमा रहेको छ ।

पोखरा शहर पस्चीमान्चल बिकास क्षेत्रको केन्द्र हुनुले यांहा क्षेत्रीय स्तरतथा जील्ला स्तर का सबै सरकारी कार्यलय रहेका छन भने अग्रणी पृथ्वी नारायण क्याम्पस,मणीपाल मेडीकल कलेज, जनप्रीय क्याम्पस लगतयत थुप्रै अरू क्याम्पस तथा बिधालय रहनुका साथै पोखरा बिश्वबिधालय पनी यही उपत्यकामा रहेको छ । पस्चिमान्चल क्षेत्रीय अस्पताल, मणिपाल मेडीकल कलेज शिक्षण अस्पताल लगायत थुप्रै सरकारी, सामुदायीक तथा प्राइभेट अस्पताल हरू यो शहरमा रहेका छन । याहां बाट जोमसोम मुक्तीनाथ जाने तथा अन्नपुर्ण क्षेत्र पदयात्रा मार्गमा जाने पर्यटक हरू बिमान तथा पदयात्रामा लाग्ने गर्दछन । पोखरा बिमानस्थल यो शहरको पस्चीम पट्टी रहेको छ । पोखराको टेलीफोन कोडपनी जस्तै ०६१ हो यो शहरमा झन्डै 2 लाख पचास हजार मानीस बसोबास गर्दछन । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Pokhara

www.pokharacity.org.np

ललीतपुर (Lalitpur)(१८३.३१६)

काठमाण्डौ उपत्यकामै काठमाण्डौ शहर संग उत्तरको सिमा जोडीएको शहर हो ललितपुर यो शहर पनी एतिहासीक शहरहो बिश्वसंपदा सुचीमा सुचिकृत पाटन दरवार यसै शहरमा रहेको छ । नेपालका केही केन्द्रीय कार्यलय ब्यापार गृह तथा आवास क्षेत्र रहेको यो शहरमा प्रसिद्ध कुम्भेश्वर मन्दीर,पटन बौद्ध विहार, कृष्ण मन्दीर आदी छन ।

त्रिभुवन बिश्वविधालयको प्रमुख इन्जीनियरीङ क्याम्पसका साथै पाटन क्यामस, मछिन्द्र क्याम्पस तथा अरू थुप्रै क्यामपस तथा बिधालय हरू यो शहरमा रहेका छन ।त्यसैगरी केन्द्रीय स्तरको पाटन अस्पताल, मासीक अस्पतालका साथै प्राइभेटमा वि एण्ड बि जस्ता प्रशिद्ध थुप्रै सरकारी ,सामुदायीक तथा निजी अस्पताल हरू यांहा रहेका छन,अन्यकेही उत्पादन कारखानाका साथै पटन औधोगीक क्षेत्र समेत यही शहरमा पर्दछ ।ललितपुरको टेलीफोन कोडपनी काठमाण्डौ जस्तै ०१ हो । यो शहरमा झन्डै 2 लाख मानीस बसोबास गर्दछन । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Patan,_Nepal

विराटनगर (Biratnagar) (१६८.३३१)(मोरंग)

पुर्वी नेपालको मोरङ जिल्लामा भारतीय सिमा संग जोडीएको यो शहरको पुरानो नाम गोग्राह बजार हो । राणकालमा नै उध्योग स्थापना शुरूभएको बिराटनगर औधोगीक तथा राजनीतिक केन्द्र हो । नेपाल का पुराना बिराटनगर तथा रघुपती जुटमील यहीं रहेका छन । प्रशिद्ध महेन्द्र मोरङ क्याम्पस का साथै अरू क्याम्पस बिधालय तथा पुर्वान्चल बिश्वबिधालय समेत यसै शहरमा रहेको छ । कोसी अन्चल अस्पतालका साथै केही सामुदायीक तथा प्राइभेट श्वास्थ संस्था पनी बिराटनगरमा रहेका छन । यो नेपालको एक प्रमुख पारवहन नाका पनी हो भरतको बिहारमा पर्ने जोगबनी बिराटनगरको नजदीकको भारतीय नाकाहो । विराटनगरमा केही क्षेत्रीय का साथै सबै अन्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यलय पनी रहेका छन । महेन्द्र राजमार्गको निर्माण पछी यो शहरको बिश्तार केही धिमा गतीमा भइ रहेको छ ।यो शहरको टेलीफोन कोड ०२१ हो । यो शहरमा डेढलाख भन्दा निकैमाथी जनसंख्या रहेको छ । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Biratnagar, http://www.biratnagarcity.com/

विरगंज (Birgunj)(१३३.२४४) (पर्सा)


मध्यनेपालको दक्षीणमा पर्ने बिरगंज नेपालको सबै भन्दा मुख्य पारवहन नाका हो । चितवन,काठमाण्डौ, तथा पोखरा का लागी सामान पैठारी गर्नुका साथै अधिराज्यको मुख्य औधोगीक कोरीडोर पनी हो । ठकुराम क्याम्पस का साथै केही अरूकलेज तथा बिधालय तथा नारायणी अन्चल अस्पताल का साथै केही नर्सीङ होम समेत रहेको बिरगंजमा अन्चल स्तरीय तथा जिल्ला स्तरीय सरकारी कार्यलय पनी रहेका छन ।विरगंजको टेलीफोन कोड ०५१ हो भने शहरमा एकलाख तिसहजार भन्दा बढी जनसंख्या रहेको छ । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Birganj

ठुला नगरपालीका (Big Municipalities) City’s[सम्पादन गर्नुहोस्]

धरान (Dharan)(१२८.६०५) (सुनसरी)

पुर्वान्चल नेपालको तराइ र पाहडको घांचमा अवस्थीत धरान शहर सुनसरी जील्लमा पर्दछ र यो नेपालको जनसंख्याका हिसावले छैठौ ठुलो शहर हो । प्रशिद्ध धार्मीक स्थल पिण्डेस्वर, बुढा सुब्बा तथा दन्तकाली धरानमा नै रहेका छन पुर्वान्चल इन्जीनियरीङ क्यम्पस , खाध्यप्रविधी क्याम्पस का साथै श्वययत शैक्षीक प्रतिषठान बि पि कोइराला श्वास्थ बिज्ञान प्रतीष्ठान धरानमै रहेकाले धरान पुर्वी नेपालको शिक्षा तथा श्वास्थको केन्द्र हो ।याहां केही अन्चल स्तरीय तथा इलाका स्तरीय सरकारी कार्यलय समेत रहेका छन, धेरै जसो पुर्वसैनीक हरूको बसोबास रहेको धरान नयां मोडलका घर सडक आदीले प्रशिद्ध छ । धरान कोसी बन्य जन्तु आरक्षको पुर्वपट्टीको द्धार समेत रहेकाले पर्यटक आवागमन पनी भइनै रहेको हुन्छ । अव उपमाहनगरपालीका हुने पर्खाइमा रहेको यो शहरको जनसंख्या एकलाख तिस हजार भन्दा माथी पुगी सकेको छ । यदी बिचको जंगल हुदैनथ्यो भने धरान र इटहरी नगर जोडीइ सकेका हुन्थे । धरानको टेलीफोन कोड ०२५ हो । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://www.dharan.gov.np/,http://en.wikipedia.org/wiki/Dharan

भरतपुर (Bharatpur Nepal) (११७.१६२)(चितवन)

नेपालको पुर्वपस्चीम केन्द्र भागमा रहेको भित्री तराइको चितवन उपत्यकाको पनी केन्द्र भागमा रहेको भरतपुर शहर नेपालको सडक संजालको राजधानी नै हो । साथै प्रस्तावीत कृषी बिश्वविधालय हालको कृषी तथा पसु बिज्ञान अध्यान संस्थान रामपुर, भरतपुर मेडीकल कलेज, चितवन मेडीकल कलेज, नर्सीङ क्याम्पस का साथै वीरेन्द्र,बालकुमारी, सप्त गण्डकी,मैयादेवी कन्या, लगायतका बहुमुखी क्यम्पस तथा अर्कीड साइन्स, चिजकल,प्रेसीडेन्सी, लगायतका थुप्रै क्याम्पस तथा बिधालय भरतपुर शहरमा रहेका छन । महेन्द्र आर्दस चिकीत्सालय (भरतपुर जनरल अस्पताल) का अलावा महेन्द्र स्मारक आंखा अस्पताल, भरतपुर मेडीकल शिक्षण अस्पताल, चितवन मेडीकल कलेज शिक्षण अस्पताल, नेपालको एक मात्र सरकारी बि.पी. कोइराला क्यान्सर अस्पताल, नारायणी सामुदायीक अस्पताल का साथै थुप्रै स्तरीय प्राइभेट अस्पताल तथा नर्सङहोम रहेको भरतपुर शिक्षा तथा श्वास्थ जस्ता सेवा उध्योगमा काठमाण्डौ उपत्यका पछीको अग्रणी मानीन्छ । बिश्वसंपदा सुचीमा सुचीकृत चितवन राष्टीय निकुन्ज भरतपुर संग जोडीएर रहेकाले भरतपुर र यो शहरको वरी परीको क्षेत्र नेपालको काठमाण्डौ,पोखरा पछीको तेश्रो मुख्य पर्यटकीय गन्तव्य हो ।बिसहजारी ताल तथा सिमसार क्षेत्रका साथै चेपाङ हिलट्रयाक आदीका अरू पर्यटकीय आर्कषण पनी याहां रहेका छन । जील्ला स्तरीक सबै सरकारी कार्यलय रहेको भरतपुरमा दियालो बंगला (शाहराजा हरूको शितकालीन दरवार) पनी रहेको छ ।प्रशिद्ध देवघाट धाम पनी भरतपुर नगर क्षेत्रमा समेत पर्दछ त्यसै गरी वागेश्वरी,गणेसस्थान,हरीहर,पसुपतीनाथ,कालीका,जखडीमाइ,रामेश्वर लगायतका धार्मिक पिठ मन्दीर तथा बौद्धगुम्वा समेत भरतपुरमा रहेका छन । रत्ननगर नगरापालीका संग जम्मा चारकीलोमीटर जंगलले सांध छुट्याएको भरतपुर द्रततर बिकास भएका शहर हरू मध्य पर्दछ । भरतपुरको हालको जनसंख्या १ लाख तिस हजार भन्दा माथी रहेको बिश्वास गरिन्छ ।यो नेपालको, काठमाण्डौ,पोखरा,ललीतपुर,बिराटनगर,बिरगंज र धरानपछी जनसंख्याका आधारमा नेपालको सातौ ठुलो शहरहो, भरतपुरको टेलीफोन कोड ०५६ हो । मेहन्द्र राजमार्ग तथा काठमाण्डौ,पोखरा जोडने मुग्लीगं भरतपुर सडकले भरतपुरको वाहै्य यातयात अत्यन्त सहज रहेको छ भने आन्तरीक यातायातका लागी ट्याक्सी रिक्सा टेम्पो उपलब्ध छन। भरतपुर बिमानस्थल शहरको केन्द्र भागमै रहेकोछ ।भरतपुर शहर नारायणी नदीको किनारमा अवस्थीत छ । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Bharatpur%2C_Nepal http://www.bharatpurmun.org.np

महेन्द्रनगर (Mahendranagar)(९९.१२४)(कन्चनपुर)

सुदुरपस्चीम नेपालको पस्चीम फर्केको मुख्यनाका हो महेन्द्रनगर यो जनसंख्याका आधारमा नेपालको आठौ ठुलो शहरहो साथै सुदुरपस्चीम नेपालको एक मुख्य पैठारीकर्ता तथा यातायातको केन्द्रहो पुर्वबाट आएको महेन्द्रराजमार्ग यहीं बाट अन्त हुने तथा सेती माहाकाली का लागी सहज याता यात उपलब्ध भएकाले महेन्द्र नगर पस्चीमको एक प्रमुख बाणीज्य केन्द्र पनी हो अन्चल जील्ला स्तरीए सरकारी कार्यलय हरू रहेको महेन्द्रनगर शुक्लाफांटा बन्यजन्तु आरक्षको प्रवेश द्धवार रहेको र अध्यागमन कायर्लय समेत रहेकाले पर्यटक आवत जावत भइरहने शहर हो । महेन्द्रनगरमा महेन्द्र बहुमुखी क्याम्पस, सिद्धनाथ साइन्स क्यम्पस, सिद्धनाथ बहुमुखी क्याम्पस तथा महेन्द्र नगर मेडिकल कलेज लागायतका क्याम्पस तथा बिधालय रहेका छन त्यसेगरी माहाकली अन्चल अस्पताल का साथै केही प्राइभेट अस्पताल समेत संचलीत छन महेन्द्रनगरमा एकलाख भन्दा माथी जनसंख्या रहेको छ । महेन्द्रनगरको टेलीफोन कोड नं. ०९९ हो ।महेन्द्रनगर आन्तरीक विमानस्थल शहरबाट छोटोदुरीमै रहेको छ । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Mahendranagar http://mnmun.org.np/

बुटवल (Butwal) (९१.७३७)(रूपन्देही)

पस्चीम नेपालको प्रमुख वाणीज्यकेन्द्र बुटवलको भौगोलीक स्थिति धरान शहरको जस्तै रहेको छ । यो पाहड र तराइको संगममा बसेको छ । एक लाखको हाराहरी जनसंख्या रहेको बुटवल द्रुतगतीमा बिस्तारीत भइरहेको छ यातायातको केन्द्ररहेको बुटवलमा केही अन्चल स्तरीय कार्यलयका साथै इलाका स्तरीय कार्यलय रहेका छन । बुटवल बहुमुखी, बाणीज्य क्यम्पस, तिलोतमा क्याम्पस लगायतका अरू क्याम्पस तथा बिधालय रहेको बुटवलमा लुम्वीनी अन्चल अस्पतालका साथै सिदार्थ वाल अस्पताल लगायत अन्य सामुदायीक तथा प्राइभेट स्वास्थ संस्था समेत रहेका छन । प्रसिद्ध सिद्धबाबा मन्दीर , जीतगढी किल्ला , फुलवारी आदी छन यो शहर तिनाउनदीको किनारमा बसेको छ । बुटवलको टेलीफोन कोड नं. ०७१ रहेको छ । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://www.butwalmun.org.np/ http://en.wikipedia.org/wiki/Butwal

हेटौडा (Hetuda)(८४.८००) (मकवानपुर

मध्यनेपालको चितवन उपत्यकाको पुर्वी छेउमा अवस्थीत हेटौडा नेपालको प्रमुख औधोगीक तथा वाणीज्य शहर हो । शहरको दक्षीणपट्टी हेटौडा औधोगीक क्षेत्र रहेको छ । कपडा , फिल्म रिल , दन्तमञ्जन लगायत यो शहरका मुख्य उत्पादन हुन । केही क्षेत्रीय तथा जील्लास्तारीय कार्यलय रहेको हेटौडामा वनबिज्ञान अध्यानसंस्थान हेटौडा बहुमुखी क्याम्पस लगायत क्यमपस तथा बिधालय रहेका छन त्यसैगरी हेटौडा अस्पतालका साथै केही प्राइभेट नर्सिङहोम हरू पनी रहेका छन । हेटौडा शहर रापती नदी किनारमा अवस्थीत छ । हेटौडाको जनसंख्या पुगनपुग नब्बे हजार जती छ हेटौडाको टेलीफोन कोड नं. ०५७ हो । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://www.hetaudamun.org.np/ http://en.wikipedia.org/wiki/Hetauda

भक्तपुर (Bhaktapur)(७६.८९०)

मध्यनेपालको काठमाण्डौ उपत्यकामै काठमाण्डौ शहर संग पस्चीमको तथा ललीतपुर संग दक्षिण पस्चीमको तथा मध्यपुर संग सिधापस्चीमको सिमा जोडीएको शहर हो भक्तपुर उपत्यका का अरू शहरजस्तै यो शहर पनी एतिहासीक शहरहो बिश्वसंपदा सुचीमा सुचिकृत भक्तपुर दरवार, यसै शहरमा रहेको छ ।भने अर्को विश्वसंपदा चांगुनारायण शहर संग जोडीएको पुर्वी डांडामा अवस्थीत छ नेपालका केही केन्द्रीय कार्यलय ब्यापार गृह तथा आवास क्षेत्र रहेको यो शहरमा प्रसिद्ध नवदुर्गा मन्दीर,न्यातपोल मन्दीर, कमल बिनायक, सुर्य बिनायक मन्दीर आदी छन । भक्तपुर क्याम्पस,ख्वप क्याम्पस तथा ख्वप प्राबिधीक क्याम्पस तथा अरू थुप्रै क्यामपस तथा बिधालय हरू यो शहरमा रहेका छन ।केन्द्रीय स्तरको भक्तपुर अस्पताल सार्क क्षयरोग केन्द्र तथा भक्तपुर क्यान्सर अस्पतला का साथै थुप्रै सामुदायीक तथा प्राइभेट अस्पताल यांहा रहेका छन । अन्यकेही उत्पादन कारखानाका साथै भक्तपुर औधोगीक क्षेत्र समेत यही शहरमा पर्दछ ।भक्तपुरको टेलीफोन कोडपनी काठमाण्डौ जस्तै ०१ हो । यो शहरमा झन्डै ८० हजार मानीस बसोबास गर्दछन । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Bhaktapur http://www.catmando.com/bkt-municipality/

जनकपुर (Janakpur) (७३.७९६)(धनुषा)

राजा जनकको राजधानी मानीने जनकपुर शहर मध्य नेपालको तराइमा पर्दछ । रेल तथा सडक द्धारा नेपाल तथा भारत लाई जोडने जनकपुर त्यसक्षेत्रको वाणीज्य केन्द्र पनी हो , प्रसिद्ध जानकी मन्दीर, राममन्दीर, राम जानकी विवाह मण्डप लगायत बिभिन्न सागर भनीने तलाउ हरू जनकपुर का मुख्य आर्कषण हुन । रा रा बहुमुखी क्याम्पस, जानकी मेडीकल कलेज लगायत अरू क्याम्पस तथा बिधालय रहेको जनकपुरमा जनकपुर अस्पताल , आंखा अस्पतालका अलवा केही प्राइभेट अस्पताल पनी रहेका छन । अन्चल स्तरीय तथा जील्ल स्तरीय सरकारी कार्यलाय रहेको जनकपुरमा जनकपुर बिमानस्थल रहेको छ भने ढल्केवर संग जोडने साहायक मार्गले जनकपुरलाइ महेन्द्र रामार्गमार्फत देशको बांकी भाग संग जोडेको छ । जनकपुरको जनसंख्या पुगन पुग ७५ हजारको हाराहारी छ ।जनकपुरको टेलीफोन कोड नं. ०४१ हो । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Janakpur

धनगढी (Dhangadhi)(७२.३२६)(कैलाली)

धनगढी सुदुरपस्चीम नेपालको कैलाली जिल्लाको दक्षीणमा रहेको पस्चीम नेपालको एक प्रमुख व्यापारीक नाका हो । बिभिन्न क्याम्पस विधालय साथै सेती अन्चल अस्पतल अन्य प्रभइभेट अस्पताल धनगढीमा रहेका छन ।यो शहरमा झन्डै ७३ हजार मानीस बसोबास गर्दछन ।धनगढीको टेलीफोन कोड नं. ०९१ हो । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://www.ddckailali.gov.np/ http://en.wikipedia.org/wiki/Dhangadhi

इटहरी (Itahari)(७१.९८७) (सुनसरी)

अत्यन्तै तिब्रगतीमा बिकसीत हुदै गइरहेको पुर्वान्चल नेपालकोयातयात केन्द्रबिन्दु इटहरी सुनसरी जिल्लामा पर्दछ । धरान शहरको दक्षीणमा रहेको इटहरी विराटनगर बाट उत्तरमा रहेको छ पुर्वान्चल नेपालको यातायात केन्द्र यो शहर अत्यन्त छिटो बढीरहेको छ । याहां अन्चल यातायात कार्यलयका साथै केही इलाका स्तारीय कार्यलयमात्र छन । यो शहरमा झन्डै ७२ हजार मानीस बसोबास गर्दछन । टेलीफोन कोड नं. ०२५ हो । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस http://en.wikipedia.org/wiki/Itahari

त्रियुगा (Triuga, Gaighat)(६९.३४०) (उदयपुर)

पुर्वीनेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको त्रियुगा नगर द्रुततर गतिमा बढीरहेको शहर हो । यो क्षेत्रफलमा नेपालकै सबैभन्दा ठुलो नगरपालीका पनी हो । उदयपुर जिल्लाको सदरमुकाम रहेको त्रियुगामा सबै जिल्ला स्तरीय कार्यलय साथै क्याम्पस विधालय तथा अस्पताल हरू समेत रहेका छन ।त्रियुगा नजीकै रहेको एतीहासीक उदयपुर गढी सेन बंसी राजाको राजधानी रहेको थियो । त्रियुगा पाहडी जिल्ला वखलढुङगा, खोटाङ तथा सोलुखुम्वुको मुख्य पैठारी कर्त हो ।त्रियुगा शहरमा झन्डै ७१ हजार मानीस बसोबास गर्दछन । गाइघाटको टेलीफोन कोड नं. ०३५हो ।

अन्यजानकारी का लागी भ्रमण गर्नुहोस http://en.wikipedia.org/wiki/Triyuga http://www.udayapur.com/tab.html


सिदार्थनगर (Sidarthanagar)(६३.३७२) (रूपन्देही)

पस्चीम नेपालको बुटवल बाट बिस किलो मिटर दक्षीणमा रहेको सिदार्थनगर रूपन्देही जिल्लको सदरमुकाम हुनुका साथै पस्चीम नेपालको भारत संग ब्यापारीक कारोवारको प्रमुख नाका पानी हो । भैरहव बहुमुखी क्याम्पस, कृषी तथा पसु बिज्ञान अध्यान संस्थान पक्लीहवा क्याम्पस युनिर्वसल मेडीकल कलेज लगायत अन्य क्याम्पस तथा बिधालय रहेको भैरहवामा रणअम्वीका आंखा अस्पताल, भिम अस्पताल, युनिवर्सल मेडिकल कलेज शिक्षण अस्पताल लगायत प्रइभेट तथा सामुदायी अस्पताल पनी रहेका छन । भैरहवामा शहरमा झन्डै ६४ हजार मानीस बसोबास गर्दछन । सिदार्थनगरको टेलीफोन कोड नं. ०७१ हो । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस http://en.wikipedia.org/wiki/Siddharthanagar http://www.siddharthanagar.org.np/

नेपालगंज (Nepalgunj)(६१.४७७) (बांके)

मध्य पस्चीम नेपालको बांके जिल्लामा पर्ने नेपालगन्ज मध्यपस्चीम नेपालको प्रमुख नाका हुनुका साथै भेरी अन्चल तथा बांके जिल्लको सदरमुकाम पनी हो ।त्यसैले याहां अन्चल तथा जिल्ला स्तरीय कार्यालयहरू रहेका छन । राझां बिमानस्थल रहेको नेपालगन्ज मध्यपस्चीमका पाहडी क्षेत्र जाने एक हवाइ स्थाल पनी हो ।यो शहरमा नेपालगंज मेडीकल कलेज, महेन्द्र क्याम्पस नेपाल गंज, नर्सिङ क्याम्पस लगायत अन्य क्याम्पस तथा विधालय रहेका छन ।त्यसैगरी भेरी अच्नल अस्पताल नेपालगंज मेडीकल कलेज शिक्षण अस्पताल लगायत अन्य प्राइभेट अस्पताल पनी संचालीत छन ।यो शहरमा झन्डै ६५ हजार मानीस बसोबास गर्दछन । नेपालगंजको टेलीफोन कोड नं. ०८१ हो । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस http://en.wikipedia.org/wiki/Nepalganj

मध्यपुर (ठिमी) (Mdhyapur)(५४.९०५)(भक्तपुर)

काठमाण्डौ उपत्यकाको भक्तपुर जील्लमा रहेको एतीहासीक नगरहो मध्यपुर ठिमी यो एतिहासीक कान्तीपुर र भक्तपुरका बिचरहेको छ ।द्रुततर रूपमा जनसंख्या बढीरहेको यो शहर छिट्टै ढाकीने निस्चीत जस्तै छ । मध्यपुरमा झन्डै ६० हजार मानीस बसोबास गर्दछन । मध्यपुरको टेलीफोन कोड नं. ०१ हो ।


मेचीनगर (Mechinagar)(५४.०७३) (झापा)

पुर्वीनेपालको झापा जिल्लाका दुइ प्रमुख बजार कांकडभिठ्ठा र धुलावारी मिलाएर बनेको मेचीनगर पुर्वी नेपालको प्रमुख उध्योग तथा वाणीज्य केन्द्र हो । पुर्वपट्टी फर्केके काकंडभिठ्ठा नाका नेपालको भारत तथा बंगलादेश संग ब्यापार गर्ने प्रमुख नाका हो । यो शहरमा झन्डै ५६ हजार मानीस बसोबास गर्दछन । मेचीनगरको टेलीफोन कोड नं. ०२३ हो ।


त्रिभुवननगर (Tribhuvannagar)(४९.४२६) (दाङ)

मध्यपस्चीमनेपालको राप्ती अन्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र त्रिभुवननगर दागं उपत्यकाको दांग जिल्लामा पर्दछ । लमीही बाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीकका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो महेन्द्र संस्कृत विस्वबिधालय, महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पस हरू रहेको याहां अरू पनी प्राइभेट तथा सामुदायीक क्याम्पस तथा बिधालय रहेका छन भने महेन्द्र अस्पताल , आंखाउपचार केन्द्र का साथै केही प्राइभेट श्वास्थ संस्था पनी रहेका छन। रोल्पा रूकुम लगाय जिल्ल संग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्क तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगर सम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो । राप्ती अन्चलको प्रमुख वाणीज्य तथा शिक्षा श्वास्थको केन्द्र त्रिभुवननगर दागं उपत्यकाको दांग जिल्लामा पर्दछ । लमीही बाट फेडर रोडले जोडीएको त्रिभुवन नगर राप्तीका पाहडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो महेन्द्र संस्कृत विस्वबिधालय, महेन्द्र बहुमुखी क्यम्पस (त्रि.वि.) लगायतका क्याम्पस हरू रहेको याहां अरू पनी प्राइभेट तथा सामुदायीक क्याम्पस तथा बिधालय रहेका छन भने महेन्द्र अस्पताल , आंखाउपचार केन्द्र का साथै केही प्राइभेट श्वास्थ संस्था पनी रहेका छन।

रोल्पा रूकुम लगाय जिल्ल संग त्रिभुवन नगर कच्ची सडकले जोडीएको छ भने तुल्सीपुर सम्म पक्क तर त्याहाभन्दा अगाडी कच्ची सडकले सल्यान हुदै सुर्खेत वीरेन्द्रनगर सम्म जोडीएको छ । त्रिभुवननगर शहरमा झन्डै ५५ हजार मानीस बसोबास गर्दछन । त्रिभुवननगरको टेलीफोन कोड नं. ०८२ हो ।

अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://www.tribhuvannagar.gov.np/ http://www.merodang.com/ http://en.wikipedia.org/wiki/Tribuvannagar

लेखनाथ (Lekhnath)(४६.२२१) (कास्की)

पस्चीम नेपालको पोखरा उपत्यकाको पोखरा नगरको पुर्वपट्टी रहेको लेखनाथ नगर कास्की जिल्लामा पर्दछ सात तालको शहर भनिने लेखनाथमा बेगनास,रूपा,मैदी,दिपाङ,खास्टे, लगायतताल हरू रहेका छन द्रततर रूपमा जनसंख्या बढीरहेको लेखनाथ पोखराको आवासीय क्षेत्रको रूपमा बिकास हुदै गइरहेको छ हालै मात्रै समुदायको पहलमा निकै राम्रो अस्पताल निर्माण भएको छ भने शिक्षका लागी क्याम्पस तथा बिधालय हरू पनी लेखनाथमा रहेका छन । लेखनाथमा झन्डै ५४ हजार मानीस बसोबास गर्दछन । लेखनाथ नगरको टेलीफोन कोड नं. ०६१ हो ।


टिकापुर (Tikapur)(४४.७६२) (कैलाली)

सुदुर पस्चीमनेपालको कैलाली जिल्लामा रहेको यो नगर धनगढी बाट केही किलोमीटर मात्र टाढा छ ।टिका पुरमा नेपालकै ठुलो महेन्द्र स्मृती पार्क रहेको छ भने क्यम्पस तथा बिधालय अनी स्वास्थ संस्था रहेकाले यो त्यसक्षेत्रको केन्द्र हो । टिकापुरमा झन्डै ५१ हजार मानीस बसोबास गर्दछन । टिकापुरको टेलीफोन कोड नं. ०९१ हो ।


कीर्तिपुर (Kirtipur)(४४.६३५)(काठमाडौं)

मध्यनेपालस्थीत किर्तिपुर काठमाण्डौ उपत्यकाको काठमाण्डौ जील्लामा रहको एतीहसीक नगर हो नेपालको त्रिभुवन विश्वबिधालय केन्द्रीय कार्यलयको धेरै हिस्सा यही नगरपालीकामा पर्दछ । याहां प्रशिद्ध बाघभैरवको मन्दी र रहेको छ । काठमाण्डौ उपत्यकाको सबै भन्दा ठुलो ताल टौदह यांहा पर्दछ । कृतीपुरमा झन्डै ५० हजार मानीस बसोबास गर्दछन । किर्तिपुरको टेलीफोन कोड नं. ०१ हो ।

वीरेन्द्ननगर(Birendranagar)(४५.९८६) (सुर्खेत)

मध्यपस्चीम नेपालमा पर्ने सुर्खेत उपत्यकाको सुर्खेत जिल्लमा रहेको वीरेन्द्रनगर मध्यपस्चीमान्चल बिकास क्षेत्र तथा सुर्खेत जिल्लाको सदरमुकाम हो तसर्थ याहां क्षेत्रीय स्तर तथा जिल्ला स्तरका बिभिन्न सरकारी कार्यलय हरू अवस्थीत छन ।यांहा प्रशिद्ध देउती बज्यैको मन्दीर,लाटीकोइली तथा कांक्रे विहार मन्दीर रहेका छन। साथ साथै वीरेन्द्रनगर मध्यपस्चीम पाहडी क्षेत्रको श्वास्थ तथा शिक्षाको केन्द्र पनी हो याहां वीरेन्द्रनगर बहुमुखी, सुर्खेत बहुमुखी, सामुदायीक मेडीसीन ,नर्सीङ क्याम्पस लगायतका क्याम्पस तथा बिधालय रहेका छन त्यसैगरै मध्यपस्चीमन्चल क्षेत्रीय अस्पताल, सुर्खेत जील्ला अस्पताल तथा आंखा उपचारकेन्द्रका साथै केही प्राइभेट श्ववास्थ संस्था समेत रहेका छन .

वीरेन्द्रनगर रत्न राजमार्ग द्धारा महेन्द्र राजमार्ग मार्फत देशका वांकी भाग संग जोडीएको छ। साथै सल्यान हुदै दागंको तुल्सीपुर तथा त्रिभुवन नगर संग जोडीएको छ भने कर्णाली राजमार्ग मार्फत कालीकोट तथा जुम्ला संग जोडीएको छ भर्खरै मात्र जाजरकोट सदरमुकाम संग जोडीने सडक समेत पुरा भएको छ । वीरेन्द्रनगर शहरमा झन्डै ४९ हजार मानीस बसोबास गर्दछन । वीरेन्द्रनगरको टेलीफोन कोड नं. ०८३ हो ।

अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Birendranagar

रत्ननगर (Ratnanagar)(४३.६६५)(चितवन)

रत्ननगर मध्यनेपालमा पर्ने चितवन उपत्यकाको चितवन जील्लामा पर्ने एक वाणीज्य केन्द्र हो यो भरतपुर बाट ४ कि मीको दुरीमा रहेको छ पर्यटकीय स्थल सौराह प्रवेस मार्ग तथा पुर्वी चितवनको वाणीज्यकेन्द्र समेत रहेकाले रत्न नगरको बिशेष महत्व रहेको छ ।याहां हालै मात्रै निर्माण भएको रत्न नगर सामुदायीक अस्पताल तथा सहीद स्मृती क्याम्पस लगायतका शिक्षा श्वास्थ केन्द्र रहेका छन । रत्ननगरमा झन्डै ४५ हजार मानीस बसोबास गर्दछन । रत्ननगरको टेलीफोन कोड नं. ०५६ हो ।

तुल्सीपुर (Tulshipur)(४०.०६१) (दाङ)

मध्यपस्चीमनेपालको दागं उपत्यकाको दागं जिल्लामा पर्ने तुल्सीपुर त्रिभुवन नगरबाट ३० कि. मीको दुरीमा रहेको छ हालै मात्र अन्चल अस्पताल बनाउन लागीएको तुल्सीपुरमा केही अन्चलस्तरीय तथा इलाका स्तरीय कायर्लय छन । यो शहरमा झन्डै ४३ हजार मानीस बसोबास गर्दछन । तुल्सीपुरको टेलीफोन कोड नं. ०८२ हो । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस :- http://www.merodang.com/

कलैया (Kalaiya)(३९.३६७) (बारा)

मध्य दक्षिणनेपालको बारा जिल्लाको सदरमुकाम कलैया नारयणी अन्चलमा पर्दछ यो औधोगीक क्षेत्र समेत हो याहा प्रशिद्ध गढीमाइ (सबै भन्दा बढी बली चढने मन्दीर) रहेको छ ।कलैया बिरंगज संग विविध कारणले नजीक छ । यो शहरमा झन्डै ४०हजार मानीस बसोबास गर्दछन । कलैयाको टेलीफोन कोड नं. ०५३ हो ।

कमलामाई (Kamlamai, Sindhulimadhi)(३६.४४०) (सिन्धुली)

मध्य दक्षीणनेपालको कमला उपत्यकाको सिन्धुली माढीमा अवस्थीत कमलामाइ सिन्धुली जिल्लाको सदरमुकाम हो । कमलामाइ नगर कमला उपत्यकामा बसेको छ । केही माथी डांडामा एतीहासीक सिन्धुलीगढी दरवार रहेको छ। जांहा पृथ्वी नारायण शाहका गोर्खाली सेनाले कप्तान किनलोक का अंग्रेजी सेनालाइ नेपाल एकीकरण ताका पराजीत गरेका थिए। पछी राणा कालमा दरवार बनेपछी सो क्षेत्रको प्रसासनीक केन्द्र बनइएको थियो । सिन्धुलीमाढी शहरमा झन्डै ४० हजार मानीस बसोबास गर्दछन । कमलामाइ सिन्धुलीमाढीको टेलीफोन कोड नं. ०४७ हो ।

अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Kamalamai

दमक (Damak)(३५.७६६) (झापा)

पुर्वीनेपालको झापा जिल्लामा पर्ने दमक पुर्वी नेपालको महत्वपुर्ण बाणीज्य केन्द्र हो आम्दा अस्पताल रहेको दमकमा क्यम्पस तथा बिधालय हरू समेत रहेकाले पस्चीमी झापा तथा पुर्वी मोरङको शिक्षा श्वास्थ केन्द्र पनी हो यो शहरमा झन्डै ३८ हजार मानीस बसोबास गर्दछन । दमकको टेलीफोन कोड नं. ०२३ हो ।

गोरखा पृथ्वीनारायण नगरपालीका (Prithvi Naryan)(३४.८४५) (गोरखा)

पस्चीमान्चल नेपालमा पर्ने गोरखा नेपाल निर्माता राजा पृथ्वी नरायण शाहको राजधानी हो । पृथ्वी नरायणकै नाम बाट यस नगरपालीकाको नाम राखीएको हो । एतीहासीक गोर्खा दरवार बजारको माथील्लो टाकुरामा अवस्थीत छ । तल्लो दरवार, संग्राहलय, बजार छेउको तल्लो दरवारमा छ । गोरखा जिल्लाको सदरमुकाम समेत रहेकाले यांहा सबै जिल्ला स्तरीय कार्यलय रहेका छन् । गोरखामा द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा क्याम्पस लगायतका क्याम्पस तथा बिधालय हरू रहेका छन । गोरखा अस्पताल लगायत केही निजी स्वास्थ संस्था पनी रहेका छन, गोरखा शहरमा झन्डै ३५ हजार मानीस बसोबास गर्दछन । गोरखा बजारको टेलीफोन कोड नं. ०६४ हो । अन्यजानकारी का लागी भ्रमण गर्नुहोस:- http://en.wikipedia.org/wiki/Prithivinarayan

सना नगरपालीका (Municipality) Towns[सम्पादन गर्नुहोस्]

राजविराज (Rajbiraj))(३१.९६३) (सप्तरी) कपीलवस्तु (Kapilvastu))(३१.१३९) ब्यास (Byash,Damauli)(३१.८२६)(तनंहु) लाहान (lahan)(३१.४९७)(सिराह) पुतलीबजार (Putalibazar)(३१.०४३)(स्यांगजा) पनौती (Panuti) (२७.६०४)(काभ्रेपलञ्चाचोक) गौर (Gaur)(२७.३२७)(रौतहट) दिपायल (सिलगढी) (Silghadhi)(२७.०८८) (डोटी) इनरूवा (Inaruwa)(२५.३१) (सुनसरी) सिराह (Sirha)(२४.६५९) रामग्राम (Ramgram)(२४.०१४)(नवल परासी) जलेस्वर (Jaleshor)(२३.५७४)(मोहतरी) बागलुंग (Baglung)(२३.२९७) तानसिगँ(Tansing)(२३.१९०)(पाल्पा) खांदबारी (Khadwari)(२२.९०४) (संखुवासभा) भिमेस्वर (Bhimwshowr)(२२.८५१) (दोलखा) धनकुटा (Dhankuta)(२२.०८५) बिदुर (Bidur) (२२.०६३)(नुवाकोट) वालींग (Waling) (२१.८६९)(स्यांगजा) नारायण (Naryan)(२०.९१०) (दैलेख) मलंगवा(Malangwa)(२०.२८५) (सर्लाही) भद्रपुर(Bhadrapur)(१९.५२४) (झापा) अमरगढी (Amarghadhi)(१९.०१५)(डडेलधुरा) दसरथचन्द (Dashrathchand)(१८.३१८)(बैतडी) इलाम (Ilam)(१७.४९२) बनेपा (Banepa)(१७.१५४) (काभ्रेपलञ्चाचोक) धुलीखेल (Dhulikehl)(१०.१७०) (काभ्रेपलञ्चाचोक)--रवीन्द्र बराल १६:१५, २० नोभेम्बर २००७ (UTC)