नेपाल –तिब्बत /चीन युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तिब्बती विरुद्ध प्रथम अभियान
चित्र:Battle of Jhunga.jpg
झुँगा, पहिलो नेपाल-तिब्बत युद्धको पहिलो चरणको युद्ध
मिति१७८८ - ८९
स्थान
परिणाम नेपालको जित, केरूङको सन्धि
योद्धा
Qing Dynasty तिब्बत किंगको शासनमा नेपाल अधिराज्य
सेनापतिहरू
Qing Dynasty दलाई लामा रणबहादुर शाह
बहादुर शाह
शक्ति
१०,००० १०,०००
मृत्यु र क्षति
अज्ञात

नेपाल भोट सम्बन्ध व्यपारको विषयले चिसो भएको थियो [१]


नेपाली विरुद्धको दोस्रो अभियान
चित्र:Battle of Betrawati.jpg
बेत्रावती, पहिलो नेपाल-तिब्बत युद्धको दोस्रो चरणको युद्ध
मिति१७९१ - ९२
स्थान
परिणाम तिब्बत-चीनको विजय
नेपालको पराजय, बेत्रावती सन्धि
योद्धा
Qing Dynasty किंग साम्राज्य नेपाल अधिराज्य
सेनापतिहरू
Qing Dynasty कियानलोंग
Qing Dynasty फुकागन
रणबहादुर शाह
बहादुर शाह
दामोदर पाँडे
शक्ति
७०००० २००००-३००००
मृत्यु र क्षति
अज्ञात

नेपाल तिब्बत चिन युद्ध नेपालले तिब्बत तथा चीन सँग लडेको युद्ध थियो। यो युद्ध सन् १७८८ देखि १७९२ सम्म चलेको थियो।

पहिलो युद्ध[सम्पादन गर्नुहोस्]

नेपालले हमला गर्दै गयो र ल्हासा समेत कब्जा गर्यो । नेपाली फौजले तिब्बतमा पुरै लुट मच्चायो ।

आफुसँग अर्को कुनै उपाय नभएकाले तिब्बतीहरूले केरूंग सन्धी (खासा सन्धि )गरेका थिए दलाई लामाले समयमा कसैबाट कुनै पनि सहयोग पाउन नसकेकाले उनी अप्ठेरो पारगर्न वार्षीक ५०००० जरिवाना तिर्न राजी भएका थिए, त्यसैले त्यो रकम त्यो वर्ष तिरे पनि अर्को वर्ष तिरेनन नेपालले यसलाई आफ्नो अपमान ठान्यो त्यसैले राजकुमार नायब बहादुर शाह अर्को युद्धको तयारी गर्न लागे।

दक्खल[सम्पादन गर्नुहोस्]

  • केरूङ्ग दख्खलः काजी अभिमान सिंह बस्नेतलाई केरूङ्ग मोर्चाको नेतृत्व दिइ क्यापटेन कालु पाण्डे, सरदार जसवन्त भण्डारी र सरदार रणजित कुँवरलाई अन्य कमान्डर नियुक्त गरियो। उनीहरूकोलाई दिइएको जिम्मवारी झुँगा कब्जा गरी काजी दामोदर पाण्डेलाई भेटी दिघर्चा कब्जा गर्न सघाउनु थियो।
  • कुती दख्खल: यो अभियानका कमान्डर काजी दामोदर पाँडे थिए क्यापटेन बम शाह, काजी जहर सिंह बस्नेत, सरदार प्रतिमन राना मगर, टकसारी नरसिंह गुरूङ उनका सहायक कमान्डर थिए, उनीहरूको काम कुती कब्जा गरी दिघर्चा कब्जा गर्न काजी अभिमान सिंहसँग भेटनु थियो।
  • खार्ता दख्खल: पूर्वीनेपालको संखुवासभाको चैनपुरबाट अगाडि बढेको यो सैन्य टोलीको नेतृत्व काजी कीर्तिमान् सिँह बस्न्यातले गरेका थिए भने उनका सहायक कमान्डर हरू सुब्बा पदम सिंह बस्नेत तथा सुब्बा मधु शाही थिए। यिनीहरू खार्ता कब्जा गरी कुतीमा दामोदर पाण्डेलाई भेटी दिघर्चा कब्जा गर्न खटिएका थिए।

दोश्रो युद्ध[सम्पादन गर्नुहोस्]

रसुवा गढी र टिमुरे सैनिक सहयोग र रसद पानी का लागि महत्त्वपूर्ण मुकाम थिए त्यहा मल्ल काल देखि नै यौटा किल्ला बनाइएको थियो त्यसै गरी दुगुना गढी र लिस्ती नजीकैका लजिस्टीक ब्याकअप विन्दु थिए। नेपाली सैनिक नेपाल चिन तिब्बत सिमा नाघी त्याहा पुगे किन भनें की रक्षात्मक लडांइ का लागि तिठाउँ उपयुक्त थिए। सबै कमान्डरहरूले आफ्नो जिम्माका अभियान सजिलै सकि दिर्घाचा नराम्रो सँग हान्न पुगे र लामाहरू सबै पछाडी हट्न बाध्य भए नेपाली कमान्डर हरूले ५० धार्नी सुन र १ लाख रूपैया युद्धको क्षतिपूर्ति स्वरूप दिर्घाचामा रहेका तिब्बती अधिकारीहरूसँग माग गरे। लामा हरूले त्यो तिर्न अस्विकार गरे। नेपाली सेना नेपाल फर्के पछि दलाई लामा र तिब्बतमा रहेका चिनीया अम्बानले चिनीया बादशाहलाई नेपालीको आक्रमण तथा तुरून्तै सैन्य साहयताको जानकारी गराए।

यता नेपालमा भने नेपालीहरू खुसी मानाइ रहेका थिए बाहदुर शाह निकै प्रसिद्ध भए उनलाई सुयोग्य बाबुका सुयोग्य छोराको रूपमा सम्मान गरियो। तर रमाइलो त्यतीबेला अर्कै मोड लियो जब ठूलो चिनीया सेना नेपाल विरूद्ध तिब्बतलाई सहयोग गर्न ८ मार्च १७९२ मा लासा पुगीसकेको खबर नेपाल पुग्यो, नेपाल सम्पूर्ण आयश्रोत एकिकरण अभियानमा लगाउदै र भर्खर भएको नेपाल तिब्बत युद्धमा खर्च गरेकाले आर्थिक रूपमा कमजोर थियो।

त्यस्तो बेला चिन तिब्बत संयुक्तको ठूलो संयुक्त सेना सँग लडनु निकै गाह्रो थियो। नेपाली सेनाले पाएको सूचना का आधारमा चिनीया सैनिक नेतृत्व कर्ता फुकांग उनका मित्र हरू थुंग थांग र चुन चान मुख्य सैनिक कमाण्डर रहेका उनी हरू सँग मुख्य गरी ११००० चिनिया सेना थप ३००० तिब्बती सेना का साथै ३००० तिब्बती रिर्जभ सैनिक समेत भएको जानकारी हुन आयो। त्यसबाहेक तिब्बतले काल्लोगं होर खांगको नेतृत्वमा १०००० सेना तयारी गरीरहेका पनि थाह भयो शत्रुको मुख्य शक्ति १७०००० सेना रहेको देखियो तर अर्को खबरले पुस्टी गर्‍यो कि उनीहरूसँग स्थायी, अस्थायी सबै गरी ६०००० देखि ७०००० सैनिक रहेका र चिनीया सेना तिन मुख्य रणमार्गमा नेपाल विरूद्ध आक्रमण गर्न परिचालन गरिएका थाह भयो। पहिलो टोली पहिलो टोली कुतीबाट सोझै नेपाल पट्टी वर्लने भएको थियो भने दोस्रो सैन्य टोली लासा, कुती, दुगुना, लिस्ती, जलवीरे, चौतारा हुदै इन्द्रावती नदी तरेर देवपुर नालदुम माहदेव पोखरी हुदै काठमाडौँ हान्न हिडेको थियो र तेस्रो टोली चाही लासाबाट खार्ता हुदै पूर्वी नेपालको चैनपुर हुदै नेपाली राजधानी आइपुग्न चाहान्थ्यो। खार्ता हुदै आउने तेस्रो टोली ३००० जानाको सानो टोली थियो उनीहरू लै रसदपानी पाउन पनि असुविद्या र चैनपुर क्षेत्रमा बसोबास गर्ने स्थानीयले पनि समर्थन नगर्ने स्थिति भएपछी उनीहरूले सेना सुरूतिरै फर्काए, अन्तत चिनिया सैनिक नेतृत्वले दुई मुख्य मार्ग कुतीबाट चेगं त्सेको नेतृत्वमा तथा केरूगंबाट फुकांग आफै तथा कालोगं होर्कान्डको नेतृत्वमा नेपालमाथी आक्रमण गर्ने निर्णय गरे।

काठमाडौँमा त्रास[सम्पादन गर्नुहोस्]

चिनियाँ सेना त्यस समयमा एसिया र विश्वको उत्कृष्ट सेना थियो । चिनियाँ सेना र तिब्बती सेनाले नेपाली सेनालाई पछाडी धकेल्दै गयो।

भोटे सेना त्रिशुली वेत्रावती, नुवाकोट सम्म आइपुगे पछि काठमाडौँमा त्रासको वातावरण सिर्जना भयो । उनीहरूले एक शक्तिशाली धक्का दिएर काठमाडौँ नेपाल खाल्डो राजधानी कब्जा गर्न सक्थे । त्यसकारण हतार हतार राजधानी नै मकवानपुर सार्ने काम पनि सुरु हुन लाग्यो ।

सन्धि[सम्पादन गर्नुहोस्]

मुख्य लेख: बेत्रावती सन्धि

नेपालमा त्रासको माहोल सिर्जना भएको र भोटे/ चीनियाँ सेना पनि आफ्नो मुकामबाट निकै टाढाको दुरी आइपुगेको हुँदा सन्धिको कुरा उठ्यो । यस युद्धमा नेपालको पराजय भएको हुँदा सन्धिमा नेपाललाई निकै तल पारियो । [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]