प्रयोगकर्ता वार्ता:BikashDai

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वागतम्!

नमस्कार्, BikashDai, यहाँलाई विकिपीडियामा स्वागत छ! यहाँको योगदानको लागि धेरै धन्यवाद। मलाई विश्वास छ तपाईंलाई यो ठाउँ पक्कै पनि मन पर्नेछ र तपाई यहाँ रमाउनुहुनेछ। नव आगन्तुकहरूले लागि एकपटक तलका लेखहरू हेर्नुहोला:

मलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पदन गर्न रमाईलो मान्नुहुनेछ! कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला; यसले लेखामा स्वतः तपाईंको नाम र मिति लेखिदिन्छ। यदि तपाईंलाई केहि सहयोग चाहिएमा, प्रश्न सोध्ने ठाउँ हेर्नुहोला, मलाई मेरो वार्तालाप पृष्ठमा सोध्नुहोला, अथवा आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नुहोला त्यसपछि कसैले तपाईंको प्रश्नको उत्तर दिनेछ। यहाँलाई फेरि पनि स्वागत! 

विकिपेडियाको उद्देश्य बास्तवमै राम्रो लागेर कहिले काहि केहि कुराहरू थप्न सक्छु कि भनेर यहा आउने गर्छु. केहि दिन भन्दा धेरै कुरा लियेको छु विकिपेडिआबाट. अहिलेसम्म खासै केहि दिन नसकेपनि सम्बन्धित बिसयका जानकार ब्यक्तिहरूलाइ केहि दिन/लेख्न आफ्नो तहबाट उक्साउन प्रयासरत छु, र रहने छु.

बिकास दाइजी नमस्कार!

विकिपीडियाको उत्तरोत्तर प्रगतिको निम्ति तपाईंको योगदान महत्वपूर्ण रहिआएकोछ, विगतका दिनहरूमा ( व्यवहारिक जीवनको व्यस्तताले हो वा अन्य कारणवश) केहि मित्रहरू विकिबाट ओझेल भएको हुँदा यसको विकासमा शिथिलता आउन सक्ने सम्भावनालाई पनि नकार्न सकिंदैन।

अतः हामी सबैको व्यस्तताबाट केहि समय झिकि विकिलाई दिन सक्यौं भनें भाषा, जाति, देशको गौरव बढाउनका साथै हाम्रो ज्ञानकोषको भण्डार पनि भरि हुनेछ। अन्य भाषाहरूको विकिमा जुन प्रगति छ त्यो छक्कै लाग्दोछ र हामी पनि किन पछि पर्ने? धेरैलाई आफ्नो भाषा, आफ्नो देश, अनि जातिको निम्ति केहि गर्छु अनि नाम कमाउँछु भन्ने त हुन्छ नैं तर कुन बाटो पहिलाएर गर्ने, कसरी कसरी गर्ने आदि कुरामा अल्झेर उनीहरूले केहि गर्न पाउँदैनन्, हामी सबैले हाम्रा साथी-भाइ, छिमेकी, बन्धुबान्धव जसलाई कम्प्यूटरको केहि ज्ञान छ भनें उनीहरूसित बसेर कुरा गर्ने र यसबारे अलिकति पनि हामीले जानेको बताई दियौं भनें भावी पुस्ताहरूले यसको स्वाद चाख्नेछन् , धन्यबाद।--
Bhawani

BikashDai, नमस्कार! विशेष मैले नेपाली विकिबुक्सविक्सनरीमा नेपाली लेख्ने सफ्टवेयर मिलाएँ अब नेपाली सजिलै लेख्न सकिन्छ, कृपा गरी त्यहाँ अनि त्यहाँ गएर पनि योगदान दिनुहोला--

Bhawani

अंक प्रयोग बारे[सम्पादन गर्नुहोस्]

नेपाली भाषा देवनागरी लिपिमा लेखिने हुँदा यसका अंक पनि देवनागरीमा नैं लेखिनु स्वाभाविक हो तर कतिपय सफ्टवेयरमा अंक लेख्न रोमन कै सहारा लिनु पर्ने हुँदा बाध्यतावश देवनागरीको ०,१,२,३,४,५,६,७,८ र ९को सट्टा 0,1,2,3,4,5,6,7,8 र 9 लेख्नु परिरहेछ। वर्तमान विद्यार्थी पींढ़िलाई हेर्दा उनीहरू नेपाली लेख्छन् तर प्रायले अंकको प्रयोग अंग्रेजी भाषा कै गर्छन्, कतिपय यस्ता नेपालीहरू पनि भेटेकोछु जसले नेपाली गिन्ती जान्दैनन्। भारतको राष्ट्रिय हिन्दी सम्मेलनले त लिपि देवनागरी चलाएता पनि अंक अंग्रेजीको प्रयोग गर्ने निर्णय लियो। नेपाली प्रज्ञा प्रतिष्ठानले के गर्नेछ त्यो त थाह भएन। भविष्यमा कुनै पनि समय नेपाली अंकको सट्टा अंग्रेजी अंक लेखिने सम्भाव्यतालाई नकार्न सकिंदैन।

अतः हामीले पनि विकिमा यसको प्रयोगबारे केहि सोच राखी यस विषयमा चर्चा गर्नु आवश्यक हो भन्ने मलाई लाग्छ। आ-आफ्ना सुझाउहरू यहाँ राख्न सबैलाई अनुरोध गर्दछु।-

Bhawani

यो पढ़्नुहोस्[सम्पादन गर्नुहोस्]

कृपया यो पढ़ेर आफ्नो विचार राख्नुहोला--

Bhawani

वार्तालाप पृष्ठबारे[सम्पादन गर्नुहोस्]

यहाँलाई मेरो निवेदन यो छ कि मैले हालैमा वार्तालाप पृष्ठहरूमा अरु विकिमा झैं सामग्री पृष्ठको सुधारको निम्ति प्रयोगकर्ताहरूलाई स्वागत सुझाउको एउटा ढाँचा बनाएको छु र यसको प्रयोग धेरै वटा पृष्ठहरूमा गरेको पनि छु। यस टेम्प्लेटलाई मेनुअल गर्दा समय खर्च हुने र यो समयमा अन्य उपयोगी कार्य गर्न सकिने भएकोले कुनै बोट (Bot)को प्रयोग गरि यो कार्य गर्न सकिन्छ। यसको निम्ति राजेशजीले मलाई सुझाउ पनि दिनु भएको छ, हालमा हाम्रा सदस्य माझका कुनै पनि बोट सक्रिय पाइन र नेपाली विकिमा सक्रिय कुनै बोट जस्तै (wikitanvirBot)को प्रयोग गराई यो कार्य गर्न सकिएला? यस बारे झलफल यहाँ गर्न अनुरोध गर्दछु।

Bhawani

Thank you for using the translator[सम्पादन गर्नुहोस्]

Bikashji, thank you for using Nepali wikipedia translator. I have created a desktop application in which you can add suggestions. You can also add suggestions in Wikipedia as well. I mean translated texts by the suggestions. Suggested translated texts. By adding suggestions we can have more accuracy. --राजेश २२:०८, १९ अप्रिल २०११ (UTC)

GaneshBot लाई समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

बिकासजी, मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBotको सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०६:४३, २७ अप्रिल २०११ (UTC)

BikashDai जी,support me here भवानी गौतम १५:२७, १४ मे २०११ (UTC)


ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे[सम्पादन गर्नुहोस्]

बिकासजी नमस्ते,

नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०५:५७, १९ मे २०११ (UTC)

धन्यवाद[सम्पादन गर्नुहोस्]

प्रिय मित्र बिकासजी,

मलाई नेपाली विकिपीडियामा ब्युरोक्र्याट बनाउन समर्थन र सहयोग गर्नुभएकोमा तपाइँलाई मुरीमुरी धन्यवाद छ।

अब हाम्रो काँधमा झन् ठूलो जिम्मेवारी आएको मैंले महसुस गरेको छु।

नेपाली विकि समुदायलाई अझ स्तरीय बनाई अगाडी बढाउनका लागि के कस्तो कार्य गर्न आवश्यक छ भन्ने विषयमा तपाँइको गहन सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेको छु। कुनैपनि विषयमा छलफल गर्न यहाँले म सँग कुनैपनि समयमा सम्पर्क वा पत्राचार गर्न सक्नुहुनेछ।--Ganesh Paudel ०१:५५, २७ मे २०११ (UTC)

Bikashji, please support me here Thanks : [१] --राजेश ११:३९, २२ मे २०११ (UTC)

बिकाशजी प्रशासकको निम्ति समर्थन गरि नेपाली विकिपीडिया सर्वप्रथम प्रशासक पदमा नियुक्ति दिलाउन जुन सहयोग गर्नुभयो त्यसको लागि मेरो यहाँलाई हार्दिक धन्यवाद -भवानी गौतम १२:१५, २६ मे २०११ (UTC)

If you have time please comment here for the progress of wiki -भवानी गौतम १४:२०, ९ जुन २०११ (UTC)

प्रारम्भिक लेखहरू[सम्पादन गर्नुहोस्]

नमस्कार, प्रारम्भिक रूपमा विकिपीडियामा यी लेखहरू हुनु अति आवश्यक रहेछ। हाम्रो विकि त प्रारम्भिक स्तरको पनि भएको रहेनछ। धेरै भाषाहरूले यो पार गरि सकेकाछ्न्। अंग्रेजीको यो पनि हेर्नुहोस्। हामीले यस तर्फ ध्यान दिने बेला भो, आफ्नो बहुमूल्य समयलाई कटौति गरि ती लेखहरूमाथि कार्य गर्न हजुरलाई अनुरोध गर्दछु। -भवानी गौतम ०१:३३, १६ जुन २०११ (UTC)

Invite to WikiConference India 2011[सम्पादन गर्नुहोस्]


Hi BikashDai,

The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011.
You can see our Official website, the Facebook event and our Scholarship form.

But the activities start now with the 100 day long WikiOutreach.

Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)

As you are part of Wikimedia India community we invite you to be there for conference and share your experience. Thank you for your contributions.

We look forward to see you at Mumbai on 18-20 November 2011

Adding rules in Nepali Wikipedia Translator[सम्पादन गर्नुहोस्]

(This is in response to your suggestion to have a feature in Nepali Wikipedia Translator to update the rules. )

Bikashji, you can directly email me the suggestions/rules by editing the rules file. I will update them. If you want to update yourself, you can update it in the svn in code.google.com/p/nepaliwikipediatranslator. , you can also post those rules in the talk pages, or anywhere in the wiki. Just copy and paste it here. I have also been maintaining the rules here: Rules --Rajesh (वार्ता) १८:१५, २० अगस्त २०११ (UTC)

विकिपीडिया:स्वशिक्षा[सम्पादन गर्नुहोस्]

प्रिय मित्र, नयाँ योगदाताहरूको लागि मैले हिन्दीबाट विकिपीडिया:स्वशिक्षा पाठ अनुवाद गरेको र यसमा अझै धेरै त्रुटि रहेको हुँदा तपाईंले पनि यहाँ क्लिक गरि ती त्रुटिहरूलाई सुधार्ने कार्य गर्नुहोला।-भवानी गौतम (वार्ता) ०८:२३, ६ सेप्टेम्बर २०११ (UTC)

BikashDaiजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! सरोज (वार्ता) ११:४९, १२ सेप्टेम्बर २०११ (युटिसी(UTC))

विचार राख्नुहोस्[सम्पादन गर्नुहोस्]

BikashDaiजी यो हेरेर आफ्नो विचार राख्नुहोस्।भवानी गौतम (वार्ता) ०७:४२, २९ अक्टोबर २०११ (युटिसी(UTC))

Files uploaded without a license[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/BikashDai (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:३४, १९ जनवरी २०१२ (युटिसी(UTC))

समर्थनको लागि[सम्पादन गर्नुहोस्]

Bikash जी नमस्कार, मैले यहाँ सिसप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! - Nirmal Dulal (वार्ता) ०८:४९, २७ जनवरी २०१२ (युटिसी(UTC))

चित्रहरूको सन्दर्भ[सम्पादन गर्नुहोस्]

बिकाशजी विकि नियम र विभिन्न देशहरूका नियम मुताबिक चित्रहरूको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरू मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरू सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरू अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरू पनि मेटाउनु पर्ने हुन्छ। यसको {{delete file|no license}} flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। भवानी गौतम (वार्ता) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))

नयाँ वर्ष २०६९को शुभकामना[सम्पादन गर्नुहोस्]

-भवानी गौतम (वार्ता) १०:३०, १० अप्रिल २०१२ (युटिसी(UTC))

--Ganesh Paudel (वार्ता) ११:४५, १० अप्रिल २०१२ (युटिसी(UTC))