काग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

काग
काग (कोर्वस इस्प्लेन्डस)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
कोर्वस

प्रजाती

पाठ हेर्नुहोस

काग कालो रङ्गको एक चराको नाम हो। यसलाई हिन्दी भाषा, तथा नेपालको तराई प्रदेशका भाषाहरू कौवा भनिन्छ। कागलाई संस्कृतमा काक भनिन्छ। तिहारमा (यम पञ्चकमा) पहिलो दिन कागको पूजा हुन्छ। कागलाई सबै चराहरूको बिचमा चतुर र चलाख पंक्षी मानिन्छ। ज्योतिष शास्त्रकानुसार कागलाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहक पंक्षी पनि मानिएको छ। कागहरू धेरै प्रजातीका हुन्छन्। हाम्रो मुलुकमा दुई थरिका कागहरू प्राय: भेटिएका छन्, काले काग र माले काग। भनिन्छ कागको एउटा आँखा मात्र हुन्छ। यो सत्य पनि हो कागको आँखा दुईटा भए पनि एउटा आँखाले मात्र काम गरेको हुन्छ। हिन्दू मान्यताका अनुसार कागलाई विभिन्न तान्त्रीक तथा ज्योतिष प्रयोगमा ल्याइन्छ। कागको मासु खाइदैन कुनै रोगीहरूले कागको आलो रगत र कलेजो खाएमा रोग निको हुने विश्वासका साथ कागको रगत र कलेजो खान्छन्। साथै कागहरु नेपाल लगायत का थुप्रै देशहरूमा पाईन्छन्। कतिपय ठाउँमा यदि कसैलाई चलाख र चतुर भन्नु पर्यो भने 'कस्तो काग रैछ' पनि भनिन्छ।[१]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

कागको शारीरिक अंगहरु[सम्पादन गर्नुहोस्]

काग एक पन्छी हो। एसको टाउको, आँखा, प्वाख, पखेटा, खुट्टा, घाटी, चुचुर, आदि हुन्छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


  1. "Can Crows Talk" (en-USमा), अन्तिम पहुँच २०२३-०२-०३  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०२-०३ मिति

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=काग&oldid=1186827" बाट अनुप्रेषित