चन्द्र बयलकोटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्द्र बयलकोटी जनआन्दोलन-२मा शहादत प्राप्त गर्ने शहीद हुन्। नुवाकोटका ३५ वर्षीय चन्द्र बयलकोटी वैशाख ९ गते शनिबार त्रिपुरेश्वरको सडकमा गोली लागि घाइते भएका थिए। पछि मेडिकेयर अस्पताल चाबहिलमा उपचार हुँदाहुँदै वैशाख २३ गते राति ११ बजे मृत्यु भएको हो। उनका श्रीमती कल्पना, २ छोरी मुना र कञ्चन तथा एक छोरा सुमन छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]