शुभद्रा अधिकारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शुभद्रा अधिकारी
जन्म(१९४७-०९-०५)सेप्टेम्बर ५, १९४७[१]
असन, काठमाडौँ, नेपाल
मृत्युअगस्ट १६, २०१९(2019-08-16) (उमेर ७१)[२]
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री, नाट्यकर्मी
कार्यकालसन् १९६९– सन् २०००

शुभद्रा अधिकारी एक नेपाली चलचित्र अभिनेत्री तथा नाट्यकर्मी थिइन्।[१][३]उनले विभिन्न नेपाली चलचित्र र टेलिचलचित्रमा काम गरेकी थिइन्।[४] वि.सं. २०२१ सालमा शुभद्राले 'कची मचा' नामक नाटकमा नाट्य अभिनय गरेकी थिइन्। शुभद्राले वि.सं. २०२६ सालमा नेपाली चलचित्र 'मनको बाँध'बाट नेपाली चलचित्र क्षेत्रमा अभिनय पदार्पण गरेकी थिइन्। पहिलो चलचित्रको सफलतापछि उनलाई 'चिनो', 'कन्यादान', 'भाउजु' नामक चलचित्रले निकै चर्चित बनाएको थियो।

जीवनी[सम्पादन गर्नुहोस्]

शुभद्राको जन्म वि.सं. २००४ भदौ २० गते काठमाडौँको असनमा भएको थियो। उनको पिताको नाम बलराम र माताको नाम नुरादेवी हो। नुरादेवी कार्की गायिका थिइन् भने गायिका तारादेवी उनकी मामाकी छोरी थिइन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "सम्झनामा शुभद्रा अधिकारी", www.filmykhabar.com (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१६ 
  2. "अस्ताइन् अभिनेत्री शुभद्रा अधिकारी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१६ 
  3. "शुभद्रा अधिकारीको निधन भएको एक वर्षपछि थाहा पाउनेहरु !", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१६ 
  4. "वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन", राजनीति (नेपालीमा), २०२०-०८-१७, अन्तिम पहुँच २०२१-११-१६