महालक्ष्मी अर्याल उपाध्याय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महालक्ष्मी अर्याल उपाध्याय संविधान सभा निर्वाचनको समानुपातिक तर्फमहिलाबाट प्रतिनिधित्व गरिरहेकी महालक्ष्मी अर्‍याल उपाध्याय पार्टी लागि आफूले गरेको योगदानकै कारण आफ्नो नाम समानुपातिक तर्फाट सिफारिश भएको बताउनुहुन्छ।

महालक्ष्मी अर्याल उपाध्याय नेपाली काँग्रेस भित्र डिना उपनामले चिनिनुहुन्छ। ५५ वर्षअघि मकवानपुरमा बाबु इश्वरी दत्त अर्‍याल र आमा पार्वती अर्‍यालको कोखबाट जन्मिनुभएकी डिनाले अर्थशास्त्रमा स्नातकोत्तर तह सम्मअध्ययन गर्नुभएको छ।

विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय महालक्ष्मी उपाध्यायको राजनीति मार्फत समाज सेवामा लाग्ने रुचि रहेको छ। विगतमा २०४८ साल र २०५१ सालमा मकवानपुर जिल्लाको क्षेत्र नं. २बाट दुइपटक सम्म संसदीय निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट उम्मेदवारी दिए पनि उहा दुबै पटक पराजित हुनुभएको थियो।

स्वतन्त्र विद्यार्थी युनीयन पद्मकन्या क्याम्पसकी पूर्व सभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसक्नुभएको छ। श्रीमान दिनेश उपाध्याय सग राजधानीमा बस्दै आउनुभएका महालक्ष्मी उपाध्याय संविधान सभा निर्वाचन अगाडिसम्म जलश्रोत राज्यमन्त्री हुनुहुन्थ्यो। संविधान सभामा महिला अधिकार सुनिश्चित गरिएको लोकतान्त्रिक संविधान निर्माण गर्न आफ्नो योगदान रहेन डिनाले बताउनुभयो।

[१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]