किरण गुरुङ्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किरण गुरुङ विद्यार्थी अवस्थादेखि नै राजनीतिमा होमिएका, वामपन्थी आन्दोलनमा लागेर दश वर्ष भूमिगत जीवन बिताइसक्नुभएको छ। उहाँ नेकपा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ। तनहुँ क्षेत्र नं. ३बाट संविधान सभा सभासद निर्वाचित गुरुङ २०४८ सालको आम चुनावमा पनि सोही क्षेत्रबाट विजयी हुनुभएको थियो। राजनीति नै एकमात्र पेशा भएका गुरुङले त्यसपछिका दुईवटा संसदीय निर्वाचनमा भने उम्मेदवारी दिनुभएन। निरन्तर जनताको पक्षमा लागेर राजनीति गर्दै आएकाले आफूलाई जनताले संविधानसभामा पुर्‍याएको उहाँको आकलन छ। विज्ञान विषय लिएर उच्च माध्यमिक तहसम्म अध्ययन गरेका ३८ वर्षीय सभासद किरण गुरुङ समाजसेवामा विशेष रुचि राख्‍नुहुन्छ। वामपन्थी नीति र कार्यक्रमहरूबाट नै देश र जनताले अग्रगमन प्राप्त गर्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ। राजनीति उहाँको पूर्णकालीन पेशा हो। संविधानसभामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र पिछडिएका वर्ग एवं समुदायको राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व गराउने मुद्दाहरूलाई प्रमुखतासाथ उठाउने उहाँको संकल्प रहेको छ। सबैको सहमति र सक्रियतामा निर्धारित समयभित्रै नयाँ संविधान निर्माण हुनुपर्छ र त्यसले नयाँ नेपालको ढोका खोल्नेछ भन्ने कुरामा उहाँ विशेष जोड दिनुहुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]