रामचन्द्र चौधरी (थारु)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनताको परिवर्तन प्रतिको चाहना र एकिकृत नेकपा माओवादीले लिएको सही राजनीतिक विचारधारा नै आफ्नो विजयको कारण भएको रामचरण चौधरी बताउनहुन्छ। बर्दीया ४बाट विजयी माओवादी सभासद् चौधरी बर्दीयाका पुराना माओवादी नेता हुनुहुन्छ। सागर उपनामले चिनिने चौधरीको जन्म २०१४ बैशाखमा बर्दीया पाटाभार ५ जनकनगरमा भएको हो। किसान परिवारमा जन्मेका चौधरी सामान्य साक्षर मात्र हुनुहुन्छ।२०३७ साल देखि राजनीतिमा लागेका चौधरी, थारु समुदायबाट माओवादीमा केन्द्रीय सदस्य बन्ने पहिलो व्यक्ति हुनुहुन्छ। थारु राष्टिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत रहेका चौधरी थारुहट राज्य समितिको सेक्रेटरी पनि हुनुहुन्छ। बर्दीया, कन्चनपुर, बाँकेलगायतका जिल्लामा काम गरेका चौधरी थारु भेगका लोकप्रिय नेताको रूपमा चिनिनुहुन्छ। संविधानसभामा पिछडिएका जाती र क्षेत्रको पक्षमा आवाज उठाउने चौधरी बताउनुहुन्छ। [१]

सन्दर्भ[सम्पादन गर्नुहोस्]