टुपी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टुपी टाउको बीचमा नकाटी-नखौरी राखिने रौंको शिखा हो । यसलाई टुप्पी पनि भनेको पाइन्छ । हिन्दू मान्नेहरु टुप्पी पाल्छन् ।

व्याख्या[सम्पादन गर्नुहोस्]

टुप्पी पाल्नुको कारण पनि दिन्छन् । मान्छेको शरीरमा विभिन्न तत्त्व रहेझैं पृथ्वीमा पनि विभिन्न तत्त्व छन् । पृथ्वी, जल, तेज, वायु र आकास बाहिर छन् भने यी पञ्चतत्त्व मानव शरीरमा पनि भेटिन्छन् । स्वस्थ्य मानिसले दिनरात गरेर २१ हजार ६ सय पटक सास फेर्छ । शरीरका कोष सञ्चालन गर्न मस्तिष्कमुटुको भूमिका हुन्छ । यसलाई बाहिरी तत्त्वले प्रभाव पारिरहेको हुन्छ । यसमा शरीरका नौवटा प्वालहरूको भूमिका हुन्छ । त्यसैगरी अप्रत्यक्ष द्वारका रूपमा मानिने नाभी र शिखा अर्थात् टुप्पीको पनि भूमिका हुन्छ । विज्ञानका अनुसार, आकासबाट विभिन्न खाले पारावैजनी किरण पृथ्वीमा झरिरहेका हुन्छन् । शिरको टुप्पोमा रहेको शिखाले नकारात्मक विकिरणलाई परावर्तन गर्न र सकारात्मक किरणमात्रै ग्रहण गरी शरीरमा पठाउँछ भन्ने व्याख्या गरिन्छ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]