चतांमरि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चटामरीबाट अनुप्रेषित)
चतांमरि
चतांमरि

चतांमरि (अङ्ग्रेजी: Chataamari) चामलबाट बनाइने रोटि हो । यो रोटि विशेष गरेर काठमाडौ उपत्यकाका नेवार समुदायमा बनाइने गर्दछ साथै यसलाई विशेष चाड तथा पर्वमा खाने गरिन्छ । नेवारीमा चटामरीको शाब्दिक अर्थ हुन्छ -"चामलबाट बनाएको रोटि" । यो चामलको पातलो रोटिमा मासु, लशुन प्याजको किमा, अण्डा र अन्य मसला राखेर बनाईन्छ । रोटिको माथि राखेको मरमसला लाई माथिबाट छोप्नेले छोपेर "बाफ"ले पकाइन्छ ।

हाल आएर चतांमरि खाजाको रूपमा समेत प्रख्यात भई रहेको छ भने विभिन्न जातिय समुदायहरूमा यो रोटि बनाइने तथा खाने गरिन्छ । काठमाडौँ उपत्यकाका विभिन्न खाजा घरहरूमा चतांमरि खाजाको परिकारको रूपमा समेत बेच्ने गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]