अनमिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अनमिन नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन हो ।

स्थापना[सम्पादन गर्नुहोस्]

सात पार्टी गठबन्धनको सरकार तथा युद्धरत नेकपा (माओवादी)ले सन् २००६ अगस्त ९ मा संयुक्त राष्ट्र सङ्घका महासचिव कोफी अन्नानलाई अनुरोध पत्र लेखे । पत्रअनुसार नेपालमा संविधान सभा निर्वाचन २०७० तथा दिगो शान्ति स्थापनार्थ संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १७४० अनुसार नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को स्थापना भएको हो ।

घटनाक्रम[सम्पादन गर्नुहोस्]

  • सन् २००६ अगस्त ९ : सात पार्टि गठबन्धनको सरकार तथा युध्दरत नेकपा (माओवादी)को संयुक्त राष्ट्रसंघका महासचिव कोफि अन्नानलाई अनुरोध पत्र लेखेका । पत्रअनुसार नेपालमा संविधानसभा निर्वाचन तथा दिगो शान्ति स्थापनार्थ गर्न नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन, अनमिनको स्थापना भएको ।
  • सन् २००७ जनवरी २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १७४० अनुसार अनमिनको स्थापना ।
  • सन् २००८ जनवरी २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १७९६ अनुसार अनमिनको म्याद ६ महिना थप ।
  • सन् २००८ जुलाई २३ : संयुक्त राष्ट्र सुरक्षा परिषदप्रस्ताव नं १८२५ अनुसार अनमिनको म्याद ६ महिना थप ।
  • सन् २००९ जनवरी २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १८६४ अनुसार अनमिनको म्याद ६ महिना थप ।
  • सन् २००९ जुलाई २३ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १८७९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
  • सन् २०१० जनवरी २१ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १९०९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
  • सन् २०१० मे १५ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १९२१ अनुसार अनमिनको म्याद ६ महिना थप ।
  • सन् २०१० सेप्टेम्बर १५ : संयुक्त राष्ट्र सुरक्षा परिषद प्रस्ताव नं १९३९ अनुसार अनमिनको म्याद ६ महिना थप ।
  • सन् २०११ जनवरी १५ : नेपालबाट अनमिन फर्कने ।