मिक्सोडेमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हात र खुट्टा मा मिक्सोडेमा रोग

मिक्सोडेमा (Myxoedema) शरीर गठन सम्बन्धि रोग हो जुन थाइराइड ग्रन्थिको न्यून क्रियाको कारण उत्पन्न हुन्छ।

थाइराइड रसको कमीको कारण विभिन्न आयुमा विभिन्न लक्षण देखिन्छन्। अत: आयुको अनुसार मिक्सोडीमाको विभिन्न नाम पनि हुन्। भ्रूणावस्था या शिशुकालमा हुने रोग जडवामनता (ckretinism) यौनारंभ (puberty) कालमा हुने रोग यौन मिक्सोडीमा तथा वयस्क अवस्थामा हुने वयस्क मिक्सोडीमा भनिन्छ। हुनत मिक्सोडीमा दुई प्रकारका हुन्छन्: प्रथम प्रकार थाइरइड रसको कमीको कारण थाइराइड ग्रन्थिको रोग हुन्छ, जसले यो ग्रन्थि रस बनाउनलाई आफ्नो सामान्य क्रिया गर्न पाउदैन तथा दोस्रो प्रकारमा शल्य क्रिया द्धारा जब थाइराइड ग्रन्थि काटिदिइन्छ तब रसको कमी या रसको अनुपस्थिति हुन्छ। पुरुषहरूको अपेक्षामा स्त्रिहरू यस रोगबाट अधिक पीडित हुन्छन्। एक नै वंशको रोगिहरूमा यो रोग धेरै भेटिन्छ तथा माता पिता द्धारा सञ्चारित हुन्छ। गलगाँड (goiter)को स्थानिकमारी स्थानमा आमाको शरीरमा आयोडीनको कमीबाट शिशुको थाइराइड ग्रन्थिको पूर्ण विकास न भए पछि शिशुलाई यो रोग हुन सक्छ।

शिशुकालमा मोटो छाला, मोटो स्वर, ठूलो जीब्रो, आँखाहरूको बिचमा अधिक दूरी हुनु, शिशुको बस्न, उभिन तथा बोल्नमा आफ्नो आयुका अरुहरू भन्दा धेरै समय लाग्नु, ठूलो टाउको, च्याप्टीएको नाक, मोटा मोटा ओंठहरू, खुला मुख, बाहिर झुन्डिएको जीब्रो, स्थूलता, देख्नमा मूर्ख लाग्ने आदि, यसका लक्षण हुन्। बुद्धिको विकास जड बुद्धिवाला या सुस्त बुद्धिवाला बालकको समान हुन्छ। शरीरको कपाल झर्नु, शरीरमा तापको कमी, स्मरणशक्तिको लोप, आधा पागलपन तथा चयापचय (metabolic) गतिको कमी यस रोगमा पाइन्छ। चिकित्सामा थाइराइड ग्रन्थिको निष्कर्ष (extract) दिइन्छ, जसले रसको प्राकृतिक कमी पूरा गरोस्।

रोग रोक्नको लागि, जुन प्रदेशमा गलगंड रोग पाइन्छ त्यहाँका गर्भवती स्त्रीहरूलाई आयोडीनको सेवन गराउन पर्छ। नेपालका पश्चिमी भेगमा, पहाडी भेग जस्तै हुम्लामा तथा भारत का अनेक स्थानहरू मा, जस्तै बिहारको मोतिहारी जिल्लामा गलगाँड रोग प्रचुर मात्रामा देखिन्छ। अत: त्यहाँ नुनमा आयोडीन यौगिक मिलाएर सरकारले बेच्छ। नेपालमा आयो नुन भनेर आयोडिन युक्त नुन बेचिन्छ।