अग्रवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अग्रवाल
अग्रसेनबाट अग्रवालको उत्पत्ति भएको मानिन्छ।
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
भारत, पाकिस्तान
भाषाहरू
हिन्दी, राजस्थानी, पञ्जाबी, हरियाणी
धर्महरू
बाहुल्यता: वैष्णव हिन्दु
अल्पसङ्ख्यक: जैन, इस्लाम, इसाई[१][२]

अग्रवाल वा अगरवाल भारतदक्षिण एसियामा ठूलो र प्रभावशाली समुदाय मध्ये एक हो। [३]मुलत: उत्तर तथा पश्चिम भारतमा व्यापारी समुदाय भएपनि हालका दिनमा अग्रवालहरूले विभिन्न पेशा अङ्गालेका छन्। यो समुदायका व्यक्तिहरू प्राय: सफल उद्यमी हुने गरेका छन् र यिनीहरूको भारत, नेपाल र अन्य राष्ट्रको आर्थिक विकासमा ठूलो योगदान रहेको छ।[४][५][६]

विभिन्न ग्रन्थ र किंवदन्तीहरू पहिल्याउँदै जाँदा अग्रवालहरूको उत्पति सूर्यवंशी क्षत्रिय राजा अग्रसेनबाट भएको पाइन्छ। महाराजा अग्रसेनले आफ्ना प्रजाको हितमा वानिक धर्म अङ्गालेका थिए। अग्रवालको शाब्दिक अर्थ अग्रोहाबासी हो। अग्रोहा भारतको हरियाणा प्रदेशको हिसार नजिकै पर्ने शहर हो जुन एक किव्दन्ती अनुसार महाराजा अग्रसेनले बसाएका थिए। मुख्यत: अग्रवालहरू हिन्दू धर्मको वैष्णव पन्थका अनुयायी भएपनि १४% जतिले जैन धर्म अनुसरण गरेका छन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Harrison, Selig S. (८ डिसेम्बर २०१५), India: The Most Dangerous Decades (अङ्ग्रेजीमा), प्राइसटन विश्वविद्यालयको छापाखाना, पृ: ११५, आइएसबिएन 978-1-4008-7780-5 
  2. २.० २.१ Sikand, Yoginder; Katju, Manjari (२० अगस्ट १९९४), "Mass Conversions to Hinduism among Indian Muslims", Economic and Political Weekly (अङ्ग्रेजीमा) 29 (34): 2214–2219। 
  3. "A history of the Agarwals", ६ फेब्रुअरी २०१५। 
  4. Gupta, Babu Lal (१९८७), Trade and Commerce in Rajasthan During the 18th Century (अङ्ग्रेजीमा), Jaipur Publishing House, पृ: ८८। 
  5. Das, Sibir Ranjan (२०१२), Resilience and Identity in Urban India: Anthropology of Barmer and Tehri (अङ्ग्रेजीमा), Anthropological Survey of India, पृ: १०७, आइएसबिएन 978-81-922974-9-1 
  6. Gulzar Ahmed Chaudhry (४ जुन २०१४), "Nagar Mahal – from Agarwals to Sukheras", DAWN