चना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चना
Varieties
Left, Bengal (Indian); right, European
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. arietinum
वैज्ञानिक नाम
Cicer arietinum
L.
Cicer arietinum noir

चना गेडगुडी तरकारी अथवा दालको रूपमा खाइन्छ ।

यसका फाइदाहरु[सम्पादन गर्नुहोस्]

  • चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्त्वपूर्ण हुन्छ ।
  • रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमशः कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।
  • चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् ।
  • चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।
  • एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पु¥याउँछ ।
  • चना भिजाएको पानीले अनुहार धुने गरेमा अनुहार चम्किलो हुन्छ ।
  • रातभरि भिजाएको चनामा थोरै मह मिसाएर दिनहुँ खाने गर्नाले पत्थरीको समस्या देखापर्ने जोखिम कम हुन्छ । पत्थरीको समस्या देखापरिसकेको छ भने यसो गर्नाले स्टोन सजिलै निस्किने सम्भावना रहन्छ ।
  • चनाको पिठोको रोटी खानाले पेट सफा रहन्छ ।
  • रक्तअल्पता भएको छ भने हरेक दिन महसँग चना खाने गर्नुपर्छ । चनामा आइरन र फोस्फोरस प्रशस्त मात्रामा हुन्छ । यसले रक्तअल्पता कम गर्नुको साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ ।
  • बाडुली लागेर हैरान भएको बेला चनाको सुकेको पातको धुवाँ लिनाले बाडुली रोकिन्छ ।
  • चनाको बेसनमा बेसार मिसाई अनुहारमा लगाउने गर्नाले अनुहार चम्किलो हुन्छ ।
  • नुहाउनुअघि चनाको बेसनमा दूध अथवा दही मिसाई पेस्ट बनाएर अनुहारमा लगाउने र १०–१५ मिनेटपछि चिसो पानीले पखालेर नुहाउने गर्नाले अनुहारमा रहेका डन्डीफोरलगायत दाग, दाद आदि हराएर जान्छन् ।
  • पिसाब आइरहने समस्या छ भने भुटेको चना दिनहुँ खाने गर्नुपर्छ । सक्खरसँग चना खाने गर्नाले पिसाबमा इन्फेक्सन देखापर्ने जोखिम कम हुन्छ ।


"https://ne.wikipedia.org/w/index.php?title=चना&oldid=1173438" बाट अनुप्रेषित